केन्द्रीय अनुगमन टोलिको बुनपामा छड्के ‘ टोलिले होर्डिङ्गबोर्डनै भेटाएन’

कृष्ण खनाल
बुटवल, ६ फागुन । सरकारी निकायबाट सञ्चालमा आएका जुन सुकै योजनाहरुको अनिर्वाय रुपमा लागत, योजनाको नाम, सुरु तथा सम्पन्न हुने मिति तथा ठेकेदारको नाम सहितको  विवरण खुलाउनु पर्ने व्यवस्था भएपनि बुटवल नगरपालिका बाट त्यस्तो नभएको पाइएको छ ।

नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमन गर्दा नगरपालिकाबाट सञ्चालनमा रहेका कुनै पनि योजनाहरुमा होर्डिङ्ग बोर्ड (विवरण सुचना पार्टी ) नभएको पाइएको हो ।

विहिवार  नेपाल सरकार संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयको केन्द्रीय टोलिले बुटवल नगरपालिको छड्के अनुगमनको क्रममा त्यस्तो तथ्य फेला पारेको हो ।

 केही दिन यता यस क्षेत्रमा छड्के अनुगमन गरिरहेको टोलिले यस अघि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालीका, जिल्ला विकास समिति र जिल्ला प्रविधिक कार्याललयको अनुगमन गरेको थियो ।  कपिवस्तु जिल्लामा र नवपरासीको जिल्ला विकास समिति र परासी नगरपालिकामा अनुगमन गरिसकेको छ ।

टोलिले विहिवार दिउसो करिव पौन १२ बजे बुटवल नगरपालिकामा अनुगमन गरिएको थियो ।
क्षेत्रीय संयोजक शिव ब रामाझि, अञ्चल संयोजक रमेश कुमार के.सी. र जिल्ला संयोजक टेकराज पन्थी र  लेखा आयोगका अर्जुन आचार्यको विशेष टोलिले गरेको अनुगमनबाट नगरपालिकाबाट सञ्चालनमा आएका अधिकांस योजनाहरुको बारेमा सर्वसाधारणहरुलाई जानकारीको लागि योजनाको नाम, लागत, योजना सुरुभएको मिति, सम्पन्न हुने मिति तथा ठेकदारको नाम उल्लेख गर्नुपर्नेमा  होर्डिङ्ग बोर्ड नै नराखिएको पाइएको हो  ।

अनुगमन टोलिमा संलग्न जिल्ला संयोजक टेकराज पन्थीले नगरपालिकबाट सञ्चालनमा आएका कुनैपनि आयोजनाहरुमा होर्डिङ्ग बोर्ड नराखिएको पाईकोले यसको लागि अबिलम्ब  सञ्चालनमा आएका योजनाहरुमा अनिवार्य रुपमा होर्डिङ्ग बोर्ड राख्नको लागि निर्देशन  दिइएको जानकारी दिए ।
उनले आन्तरिक आम्दानी न्युन रहेको नगरपालिकाले २५ प्रतिशत भन्दा बढि खर्च गर्न नपाईने भएपनि बुटवल नगरपालिकामा भने बढि खर्च गरिएको पाइएको  जानकारी दिए ।
बुटवल नगरपालीका कार्यकारी अधिकृत खिम बहादुर रायमझिले १५ दिन भित्र नगरपालिकाले टोलिले दिएको सुझाब अनुसार नै सुधार गर्ने प्रतिवद्धता जनाएको जनाइएको छ ।
 
टोलिले नगरपालिकाले कान्जी हाउस निर्माण गरी छाडा चौपायहरुको व्यवस्थापन गर्न नसकेको भन्दै यसको लागि तुरुन्त छाडा चौपाय नियन्त्रण प्रक्रिया अगाडी बढाउनको लागि निर्देशन दिएको  टोलिका जिल्ला संयोजक टेकराज पन्थीले बुटवल टुडेलाई जानकारी दिए ।

उनले भने–‘ठ“ाउ –ठाउमा छाडा चौपायको कारण सडक अवरुद्व हुने गरेको फेला पारेका छौ जसले सवारी साधान सञ्चालनमा बाधा पु¥याएको छ यसको नियन्त्रणको लागि निर्देशन भएको छ । ’
अनुगमनको क्रममा नगरपालिकका १८ जना कर्मचारिहरुको अनुपस्थीति रहेको थियो । डिजिटल सिग्नेचर(आधुनिक हस्ताक्षर मेसिन) प्रयोग गरिएको नगरपालिकामा स्वीपर र गाडी चालहरुको हाजिरी नभएको फेला परेको हो ।

नगरपालिकामा कुल २ सय ९० जना कर्मचारिहरुको दरबन्दी भएकोमा २० जना कर्मचारिको कोटा खाली रहेको छ । नगरपालकाले ई बिडिङ्ग(अनलाईन टेन्डर)को व्यवस्था र  लेखा तथा प्रशासनको आर्थिक हिसाव किताबमा कुनै त्रुटि नभेटिएको अनुगमन टोलिले बताएका छ ।
यसको अलवा बुटवल नगरपालिकाको वेभ साईट पनि पुर्णरुपमा अपडेट नभएको पाइएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती