Posts

रुपन्देही डेंगुको उच्च जोखिममा, ७ बर्षमा ३ सय ४८ मा संक्रमण, ४ को मृत्यु

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  रुपन्देही र छिमेकी जिल्लाहरुमा डेंगुबाट संक्रमित विरामीहरु भेटिएपछि जिल्ला डेंगुको उच्च जोखिम रहेको पाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार यो बर्ष ७ जनामा डेंगुको सक्रमण देखिएको छ ।  आर्थिक बर्ष २०६७÷०६८ साल देखि हाल सम्म ३ सय ४८  जनामा डेगुको सक्रमण देखिएको हो भने केही दिन यता २ जना विरामीमा डेगु देखिएको छ । शंक्रमित २ जना विरामीहरुको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपाचार भैरहेको छ ।  जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाह भन्छन्–‘छिमेकि जिल्लाहरुमा डेगुंको शक्रमण देखिएको प्रमाणीत भएसंगै रुपन्देही जिल्ला पनि उच्च जोखिमा रहेको छ ।’जिल्ला जनस्वाथ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०६७÷०६८ देखि हाल सम्म कुल ३ सय ४८ जनामा डेंगु रोगको शंक्रमण देखिएको छ । जसबाट ४ जनाको मृत्यु समेत भएको छ ।  तथ्यांक अनुसार २०६७÷०६८ मा कुल २ सय ९० जनामा डेगु शक्रमण देखिएकोमा ४ जनाको ज्यान गएको थियो भने २०६८÷०६९मा कुल ५ जना ०६९÷७०मा २५ जना, ७०÷०७...

उपभोक्ताको रोजाई बन्यो माछाको मःम

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  बुटवलमाजारी तिहार महोत्सवमा अन्य स्टलहरुमा दर्शकहरुको उपस्थित त्यति सन्तोष जनक छैन । तर कृषि पेभिलियन अन्र्तगत पहिलो पटक राखिएको माछाको मःम उपभोक्ताहरुको रोजाई बन्न सफल भएको छ । पहिलो पटक मेलामा राखिएको  माछाको मःमको  परिकार बनाएर उपभोक्ताहरुलाई पु¥याउन सञ्चालकलाई हम्मे हम्मे परेको छ । सञ्चालक सन्तोष पौडेलले पहिलो पटक नयाँ परिकार भएको कारण उपभोक्ताहरुको आकर्षण बढि रहेको जानकारी दिए । उनले भने–‘माछाको मःम पु¥याउन नै हम्मेहम्मे परेको छ, हामी प्रयासरत रहेका छौं ।’  दैनिक  जिउदो माछा र माछाको मःम गरी करिव १६ हजार बराबरको कारोवार हुने गरको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने –‘हामीले विश्वास माछा तथा गाई फर्म संगको संमन्वयमा  जिउदो माछा मेला स्थलबाट विक्रि वितरण गर्दै आएको छौं । ’ जिउदो माछालाई प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि गर्दै आएको विश्वास माछा फर्मका सञ्चालक टंक प्रसाद ज्ञवालीले जानकारी दिए ।  रुपन्देहीको माछाको लागि प्रख्यात दयानगर गाविस–९ छपियामा १ हेक्टर(डेढविघा) क्षेत्रफलमा व्यवसायीक माछा पालन गरेका ज्ञव...

मेलाको कृषि पेलियनले किसानलाई सिक्ने अवसर’

Image
हुमनाथ  न्यौपाने संयोजक, कृषि पेभिलियन तिहार महोत्सव–२०७३ बुटवलमा अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही र केन्द्रीय कार्यालयको संयुक्त आयोजानमा  तिहार महोत्सव–२०७३ चलिरहेको छ । तिहार महोत्सवमा छुट्टै पेभिलियनको रुपमा कृषि पेभिलियन पनि निर्माण गरिएको छ । मेलाका विविध विषय तथा कृषि पेभिलियनका विषयमा केन्द्रीत रहेर कृषि वार्तामा बुटवल टुडेकर्मी कृष्ण खनाल ले गरेको कुराकानी ।  कृषिमा कतिवटा स्टल रहेका छन् ।  –३२ वटा कस्तो कस्तो प्रकृतिका कृषिजन्य उत्पादन प्रदर्शनको लागि राखिएको छ रु  –विशेष गरेर अर्गानिक तरकारी, खाद्यान्न, फलपूmल राखिएको छ । यस्तै नौलो प्रयोगको रुपमा मेलामा पहिलो पटक माछाको मःम राखिएको छ । जुन उपभोक्ताको आकर्षणको केन्द्र बनेको छ । यस्तै केराको मःमः, केराको चिप्स, अचारलगायत पनि उपभोक्ताले मन पराउनुभएको छ । च्याउको मःम र जुम्लाको स्याऊ पनि राखिएको छ ।  कृषिमा उपभोक्ताहरुको प्रमुख आकर्षण केमा छ  ? – प्रमुख आकषणको रुपमा केराको मःम र माछाको मःम रहेको छ । किनभने यो मेलामा पहिलो पटक माछाको मःमः राखिएको कार...

तिहार महोत्सवको बाल उद्यानमा के के खेल्ने, के घुम्नेर?

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  अहिले बुटवलमा जारी तिहार महोत्सवमा वाल उद्यानमा पनि विगतका मेलाहरुमा भन्दा फरक फरक बस्तुहरु राखिएका छन् । ति सबै कुरा मेलामा जाने जो कोहीलाई पनि जानकारी नहुन सक्छ । तर विगता मेलाहरुमा भन्दा फरक केही मनोरञ्जनका साधानहरु राखिएका छन् । नेपालमै पहिलो पटक र्दुइ तल्ला भएको स्टीलले छाएको मौतका कुवा राखिएको छ । जुन यस क्षेत्रका लागि  नयाँ हो भने  विगतमा मेलाहरुमा एक साईडमा मात्र रेन्जर खेल राखिएकोमा अहिले दबै साईडमा खेल्न मिल्ने गरी रेन्जर पनि राखिएको छ ।  सोनी हरिष ईमजमेन्ट कम्पनी कम्पनी काठमाण्डौका हरिष भट्टलेका अनुसार  मेलामा रोटेपिङ्ग, नाउ, क्रस झुला, ब्रक डान्स, जादु, नागीन, बच्चाहरुकोलागि ३० वटा जति बच्चाहरुको , जम्मा ३८ वटा आईटम  राखिएको छ । मेलामा वाल उद्यानको सम्पूर्ण जिम्मा लिएका भट्ट भन्छन्–‘दर्शहरुले बढि मन जितेको युवा पुस्ताहरुले मन पराएको रेन्जर हो, पहिलो पटक हामीले ल्याएका छौ । मौतका कुवा पनि  आर्कषण कै केन्द्र छ ।’ उनी थप्छन्–‘बच्चाहरुको लागि स्वीमिङ्ग खेल पनि महत्वपूर्ण छ,जुन बुटवलमा पहिलो पटक ल्याएका...

फुर्सदको समय सदुपयोग गरी घरमै रोजगारी

Image
कृष्ण खनाल बुटवल, कात्तिक ।  खाली रहेको समयलाई सुदपयोग गर्ने हो भने दैनिक जिविको पार्जनको लागि अर्काको मुख ताक्नु पर्दैन । महिनाभरमा घरमै समयको सदुपयोग गरियो भने मनग्य नै आम्दानी गर्न सकिन्छ । सोही उदाहरण पेश गरेकी छिन् रुपन्देहीको सैनामैना–५ कुस्माकी स्थानिय परिया थरुले । कुस्मा चौकमा सानो पसल सञ्चालन गरेकरी थारुले पसल संग संगै स्थानिय खेरा गएको खर(बाबियो)बाट कलात्मक ढकिया निर्माण गरी राम्रो आम्दानी गरेकी छिन् । विहास साँझ घरको कामा व्यस्थ हुने उनले दिउसोको समया पसल(खोका)मा बसेको समयमा ढकिया बुन्दै आएकी छिन् । बनबाट बा बियो काट्ने देखि लिएर त्यसलाई सुकाउने, सानो ठुलो आकार विभाजन गर्ने र ढकिया बुन्ने सबै काम एक्लै गर्दै आएकी उनले ढकियालाई विभिन्न रङ्गमा रङ्गाउने काम समेत आफै गर्दै आएकी छिन्  ।उनी भन्छिन्–‘पसलमा ग्राहक नआएको बेला यसैमा भुल्ने गरेकी  छु ।’ बनमा खेरा गएको बाँबियोलाई काटेर घरमा सुकाएपछि ढकिया बुन्न सुरु गर्ने उनको भनाई रहेको छ । उनका अनुसार दैनिक एक वटा सम्म बुन्न सकिन्छ । सानो र ठुलो आकारमा गरी दुई प्रकारका ढकिया बुन्दै आएका छिन् उनले । सानो ढकिया...

सिस्नो बेचर मासिक ८ लाख !, ७१ जना प्रत्यक्ष रोजजगार

Image
कृष्ण खनाल बुटवल, कत्तिक ।  गाउँघरमा खेरा गैरहेको सिस्नोलाई बेचेर दाङ्गका केही महिला उद्यमीहरुले राम्रो आम्दानी गरेका छन् । खेरा गएको सिस्नुलाई हस्तकलाको माध्यमबाट विभिन्न बस्तु निर्माण गरी स्वरोजगार बन्नुको साथै राम्रो आम्दानी गरेका हुन ।  बुटवलमा जारी तिहार महोत्सवमा सि स्नोबाट बनेका विभिन्न बस्तुको विक्रिका लागि आएकी प्रेम नि.श.अल्लो(पुवा)धागो तथा तयारी पोशाक उद्योगकी अध्यक्ष प्रेम कुमारी पुनका अनुसार सिस्नो प्रजातिको अल्लोबाट बनेका विभिन्न बस्तु उत्पादन गरी समुहले राम्रो आम्दानी गरेको हुन् । द्वन्द्वको समयमा गाउँबाट विस्तापित भई रोल्पाको राङ्गकोट गाविसबाट दाङ्ग झरेका पुन  परिवारले सुरु गरेको  सिस्नोलाई प्रशोधन गरी विभिन्न प्रकारका  हस्तकलाका सामाग्रीहरु विक्रि वितरण बाट मासिक ८ लाख रुपैयाँ सम्म आम्दानी गर्नेै गरेको अध्यक्ष प्रेम कुमारी पुनले जानकारी दिईन् । उनले उद्योगबाट आफुमात्र स्वरोजगार नभई अन्य  महिला उद्यमीहरुलाई रोजगार समेत दिन सफल भएको जानकारी दिईन् ।  २३ बर्ष सम्म शिक्षण पशामा सलंग्न भएकी पुन वि.स.२०५८ सालमा दाङ्ग जिल्ला झरे...

मापदण्ड मिच्दै गाडी कुदाउँदा एकातिर बनाउँदै, अर्कोतिर भत्किदै

Image
कृष्ण खनाल   बुटवल, ७ कार्तिक । सडकमा मापदण्ड विपरीतका गाडी चल्दा सडकको आयु छोटिँदै गएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिँदा पिच भएका चिल्ला लोभलाग्दा सडक महिनादिनमै भत्किने गरेका छन् । यसको उदाह रण बुटवल बेलहिया व्यापारीक सडकको अवलोकन गरे पुग्दछ ।  निर्माणाधीन बुटवल–वेलहिया व्यापारिक सडकमा गुड्ने आधाभन्दा बढि यातायातका साधनहरूले ओभरलोड बोक्ने गरेको कारण सडक बिग्रीदै गएको हो । बुटवलदेखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाकासम्म अहिले फोरलेन सडक निर्माण भैरहेको छ । निर्माणाधिन सडकको केही खण्ड पुरा भएको भएपनि ओभरलोड बोक्ने गाडीको कारण सडक पहिला नै विग्रीएको बेलहिया बुटवल व्यापारिक मार्ग परियोजनाका इन्जिनियर लिला बहादुर भण्डारी बताउँछन् ।  उनी भन्छन्–‘ओभरलोडले सडकको आयु कसरी र कति क्षति गर्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ, जिल्ला प्रसासन सँग पनि यस विषयमा कुरा भएपनि अझै ओभरलोड बोक्ने गाडीहरू रोकीएका छैनन् ।’ परियोजानका ईन्जीनियर भण्डारीका अनुसार हाल वेलहिया–बुटवल सडकमा सुनौली भन्सार नाकाबाट नेपाल भित्रने मालवाहक सवरी साधनले ल्याउने लोड ५५ हजार किलोदे...