उपभोक्ताको रोजाई बन्यो माछाको मःम

कृष्ण खनाल
बुटवल, कात्तिक । 
बुटवलमाजारी तिहार महोत्सवमा अन्य स्टलहरुमा दर्शकहरुको उपस्थित त्यति सन्तोष जनक छैन । तर कृषि पेभिलियन अन्र्तगत पहिलो पटक राखिएको माछाको मःम उपभोक्ताहरुको रोजाई बन्न सफल भएको छ । पहिलो पटक मेलामा राखिएको  माछाको मःमको  परिकार बनाएर उपभोक्ताहरुलाई पु¥याउन सञ्चालकलाई हम्मे हम्मे परेको छ । सञ्चालक सन्तोष पौडेलले पहिलो पटक नयाँ परिकार भएको कारण उपभोक्ताहरुको आकर्षण बढि रहेको जानकारी दिए । उनले भने–‘माछाको मःम पु¥याउन नै हम्मेहम्मे परेको छ, हामी प्रयासरत रहेका छौं ।’ 
दैनिक  जिउदो माछा र माछाको मःम गरी करिव १६ हजार बराबरको कारोवार हुने गरको सञ्चालक पौडेलले जानकारी दिए । उनले भने –‘हामीले विश्वास माछा तथा गाई फर्म संगको संमन्वयमा  जिउदो माछा मेला स्थलबाट विक्रि वितरण गर्दै आएको छौं । ’ जिउदो माछालाई प्रतिकिलो ३ सय रुपैयाँमा विक्रि गर्दै आएको विश्वास माछा फर्मका सञ्चालक टंक प्रसाद ज्ञवालीले जानकारी दिए । 
रुपन्देहीको माछाको लागि प्रख्यात दयानगर गाविस–९ छपियामा १ हेक्टर(डेढविघा) क्षेत्रफलमा व्यवसायीक माछा पालन गरेका ज्ञवालीले मेलामा स्थानिय उत्पादनको रुपमा रहेको बैखि जातको माछा विक्रि गर्दै आएको जानकारी दिए । जिउदो माछा उपभोक्ताहरुको आँखा अगाडी नै झिकी काटेर विक्रि गर्दै आ एको उनको भनाई रहेको छ । 

प्रति किलो ३ सय रुपैयाँमा माछा  दैनिक करिव १५ किलो भन्दा बढि विक्रि हुदै आएको उनको भनाई रहेको छ । मःमको परिकारको लागि दैनिक १६ किलो भन्दा बढि प्रयोग हुदै आएको सञ्चालक ज्ञवालीको भनाई रहेको छ ।  उनले आफ्नो माछा फर्ममा कमन कार्भ, रहुँ, सिल्भर कार्भ, ग्रास गार्भ, नैनी लगायतका विभिन्न जातका माछाहरु पाल्दै आएका छन् । विगत १० बर्ष देखि माछा पाल्दै आएका उनले केही समय पहिला मात्र आधाकारिक रुपमा माछा फर्म दर्ता गरेका  हुन । 
बैखि माछा काडा नहुने माछामा पर्दछ । जसको  किमा बनाएर मःमको परिकार बनाउन सहज मानिन्छ ।  मासु तथा अन्य सुकुटी, सुप र फ्राईको लागि कार्भ जातका माछाहरु उपयुक्त मानिने कृषि प्राविधिकहरुको भनाई रहेको छ । 
फरक स्वादको रुपमा माछाको मःम रहेको कारण उपभोक्ताहरुले एक पटक उपभोग गरेपछि पुनः दोस्रो पटक पनि आउने गरेको माछाको मःम सञ्चालक गरेका सञ्चालक सन्तोष पौडेलले जानकारी दिए ।  अर्को मेला तथा महोत्सवमा माछाको फ्राई, ग्रेभि,सुकुटी लगायत मःम समेत रख्ने सोँच आफुले बनाएको  उनको भनाई रहेको छ । 
निकट भविश्यमा बुटवलमा  माछाका परिकारहरु मात्रै विक्रि गर्ने गरी ‘फिस क्याफे’ सञ्चालन गर्ने सोँच रहेको पौडेलले जानकारी दिए । उनले भने–‘यस बुटवल क्षेत्रमा छपियाको माछालाई प्रयोग गरि माछाको मात्र परिकार पाईने गरी क्याफे सञ्चालनगर्ने सोँच बनाएको छु,’ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ