मेलाको कृषि पेलियनले किसानलाई सिक्ने अवसर’


हुमनाथ  न्यौपाने
संयोजक, कृषि पेभिलियन तिहार महोत्सव–२०७३
बुटवलमा अहिले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देही र केन्द्रीय कार्यालयको संयुक्त आयोजानमा  तिहार महोत्सव–२०७३ चलिरहेको छ । तिहार महोत्सवमा छुट्टै पेभिलियनको रुपमा कृषि पेभिलियन पनि निर्माण गरिएको छ । मेलाका विविध विषय तथा कृषि पेभिलियनका विषयमा केन्द्रीत रहेर कृषि वार्तामा बुटवल टुडेकर्मी कृष्ण खनालले गरेको कुराकानी । 

कृषिमा कतिवटा स्टल रहेका छन् । 
–३२ वटा
कस्तो कस्तो प्रकृतिका कृषिजन्य उत्पादन प्रदर्शनको लागि राखिएको छ रु 
–विशेष गरेर अर्गानिक तरकारी, खाद्यान्न, फलपूmल राखिएको छ । यस्तै नौलो प्रयोगको रुपमा मेलामा पहिलो पटक माछाको मःम राखिएको छ । जुन उपभोक्ताको आकर्षणको केन्द्र बनेको छ । यस्तै केराको मःमः, केराको चिप्स, अचारलगायत पनि उपभोक्ताले मन पराउनुभएको छ । च्याउको मःम र जुम्लाको स्याऊ पनि राखिएको छ । 

कृषिमा उपभोक्ताहरुको प्रमुख आकर्षण केमा छ  ?
– प्रमुख आकषणको रुपमा केराको मःम र माछाको मःम रहेको छ । किनभने यो मेलामा पहिलो पटक माछाको मःमः राखिएको कारण उपभोक्ताहरुको आकर्षण बढेको हो भने च्याउको मःम र केराका विभिन्न परिकाररु पनि रुचिको विषय बनेको छ । 

विगतमा विभिन्न संघ संस्थाले आयोजना गर्ने मेला महोत्सव भन्दा यस मेलामा कृषिमा के फरक छ  ? 
–विशेष गरीकन हामीले यहाँ विशेष कृषि अन्र्तरक्रिया कार्यक्रम आयोजना गरेका छौं । किसान, सरोकारवाला निकाय तथा  अन्य उद्योमीहरुको विचमा अन्तरक्रिया बनाई कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा हामीले अन्तरक्रिया आयोजना गरेका हौं । 

किसानलाई मेला स्थलमै तालिम पनि दिनेगरिन्छ, तपाईहरु गर्नुभएको छ  ?

–हामीले अन्य संघ संस्थाहरुले  गरेको काम भन्दा पनि फरक कार्य गर्न खोजेका छौं । यसको उदेश्य भनेको कृषिलाई कसरी माथी उठाउने,  उद्योगी व्यवसायीहरु, किसानहरु जुन टुक्रे उत्पादनमा लागीरहेका छन्, उनीहरुलाई व्यवसायीककरणरुपमा वृहत रुपमा कृषि कर्ममा सहभागी गराउनको लागि हाम्रो योजना हो । 

कृषि पेभिलियनका किसानहरुलाई विशेष छुटको व्यवस्था पनि छ कि  ?
–कृषि पेभिलियन अन्य पेभिलियन भन्दा फरक छ, त्यसकारण हामीले कृषि पेभिलियनमा सहभागी हुने किसानहरुको लागि अन्य भन्दा कृषि प्रदर्शनीको लागि निःशुल्क र व्यवसायीकहरुलाई लागि छुट पनि छ ।  उत्कृष्ठ  पेभिलियन सहभागीहरुलाई हामीले उचित पुरस्कार समेत प्रदान गर्ने सोच बनाएका छौं । पुरस्कार यति नै हुन्छ भन्ने विषयमा अझै निधो भएको छैन । 

सरकारी निकायबाट सहयोग के कस्तो छ  ?
–जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगायतले हाम्रो मेलालाई भरपुर सहयोग गर्नुभएको छ । स्टल पनि राख्नुभएको छ । जसबाट कृषि तथा पशुजन्य उत्पादनको प्रसार प्रसार तथा प्रवद्र्धनको लागि विशेष भुमिका खेलेको छ । 
अन्त्यमा  ?
किसानहरुलाई टुक्रे उत्पादनले हामीलाई जिविकोपार्जनको बाटो देखाए पनि खासमा आम्दानीको दरिलो माध्यम बन्न सक्दैन । हामीले कृषिलाई व्यवसायीकरण गर्नको लागि टुक्रे होइन, ठूलो क्षेत्रमा आधुनिक र व्यवसायीक खेती गरौं । विश्वमा हामीले आत्मनिर्भर बन्नको निम्ति कृषिलाई अगाडी बढाउनुपर्दछ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ