Posts

भौतिक प्रगति पुरा नभएपनि लाभांवित !

Image
कृष्ण खनाल    बुटवल, भदौ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीले  गत आर्थिक बर्षमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुबाट पनि लाभांवित संख्या जनसंख्या उल्लेख गरी बार्षिक प्रगति प्रतिवेदन बनाएको पाइएको छ ।  गत आर्थिक बर्ष २०७२÷०७३ मा खानेपानी डिभिजनबाट सञ्चालन गरिएका आयोजनाहरुमा भौतिक पुर्वाधार निर्माण अर्थात भौतिक प्रगति नै पुरा नगरी लाभांवित जनंख्याको विवरण उल्लेख गरिएको छ ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय रुपन्देहीले गत आर्थिक बर्षमा कुल २८ करोड ८ लाख ४१ हजार बजेट विनियोजना गरेकोमा कुल २५ करोड ६६ लाख, ८२ हजार रुपैयाँ खर्च गरेको छ ।  जसबाट  २ वटा मात्र आयोजना शिर्षकमा काम पुरा भएर लाभांवित  जनसंख्याको विवरण राखिएको छ । भने ३ वटा मात्र कार्यक्रमहरुको भौतिक प्रगति १ सय प्रतिशत देखाइएको छ । उक्त आर्थिक बर्षमा कुल ४० वटा आयोजनाहरुमा डिभिजन कार्यालयले काम गरेको थियो । तर बजेटको शिर्षमा भने लेखा प्राणाली अनुसार ८ वटा बजेट उपशिर्षकका खर्च र भौतिक प्रगतिको विवरण राखिएको छ । गत आर्थिक बर्षमा सम्पन्न भएको योजनाको...

अञ्चल अस्पताल बुटवल, प्रसुती सेवा लिने महिला बढ्दै

Image
कृष्ण खनाल बुटवल  यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सबैभन्दा बढि महिलाहरुले सेवा लिने गरेको पाइएको छ । गत आर्थिक बर्षमा  अस्पतालको (बहिरङ्ग सेवा) बिभागमा गत आर्थिक वर्षमा १ लाख २५ हजार ५ सय ५५ जना सेवाग्राहीले उपचार सेवा लिएकोमा ४७ हजार ६ सय ९६  सेवाग्राही महिलाहरुले सेवा लिएका छन् ।  यी महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको संख्या १६ हजार ३ सय ५० रहेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अन्य बिभागमा सेवा लिने महिलाहरुको संख्या ३१ हजार ३ सय ४६ र हेका छन् । भने पुरुष सेवाग्राहीहरुको संख्या ७७ हजार ८ सय ५९ जना रहेका छन् ।  यस्तै यस अस्पतालको ईमेरजन्सी (आपतकालीन सेवा) बिभागमा गत आर्थिकवर्षमा ४३,०७७ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । मेडिकल रेर्डर अधिकृत  रेग्मी भन्छन्–‘जसमध्ये २०,५७९ सेवाग्राही महिला देखिन्छन’ महिलाहरु मध्ये स्त्री तथा प्रसूति विभागमा सो सम्बन्धि महिला सेवाग्राहीको दर्ता संख्या ९ हजार ६ सय ५७ रहेको छ । ...

खबर बोक्नेको खबर

Image
कृष्ण खनाल बुटवल, भदौ ।  पत्रपत्रिका प्रकाशन भएपछि आम पाठकहरुसम्म पुर्या उने काम पत्रिका वितरकले गर्दछन् । न घाम, न पानी, न जाडो त न गर्मी उनिहरु घर दैलोसम्म पत्रिका पुर्याउन खटिइरहेका हुन्छन् । रुपन्देही लगायत विभिन्न जिल्लामा पत्रिका वितरण गरेरै त्यस्ता व्यक्तिहरुले फरक परिचय र मनग्ये आम्दानी समेत गर्दै आएका छन् । विहान झिसमिसेमै उठेर पत्रिका संकलन गरिपाठकहरु ओच्छायानबाट नविउझिदै घर घर मा पत्रिका पु¥याउने कतिपय वितरकहरुले दुई दर्जन पत्रपत्रिकाहरु वितरण गर्ने गर्दछन् । जसबाट उनीहरुले करिव ४० हजारसम्म महिनामा आम्दानी गर्दै आएको पाइएको छ ।  पछिल्लो समयमा विभिन्न छापा माध्यमका संञ्चार संस्थाहरुले वितरकहरुलाई सेवा सुविधा पनि वृद्धि गरेका छन् । जसको कारण उनीहरुको जीविकोपार्जनको लागि सहज बन्दै गएको छ । यहाँ यस्तै वितरकहरु प्रतिनिधित्व हुनेगरि चर्चा गर्दछौं ।  जीवलाल काफ्ले –उमेरले ३७ बर्षमा लागेका जीवलाल काफ्ले बुटवलका पुराना पत्रिका वितरक हुन । तेल्घा–१ पाल्पामा जन्मीएका काफ्लेले पत्रिका वितरण गर्न थालेको करिव १२ बर्ष पुगेको छ । वि.स.२०६१ सालमा बुटवलको मेचीकाली ...

कृषिमा प्रदेश नम्बर पाँच कुन जिल्ला के मा आत्मनिर्भर ?

Image
कृष्ण खनाल बुटवल, डेस्क,  संघीय प्रदेश अन्र्तगत नेपाललाई ७ प्रदेशमा विभाजन गरी प्रारम्भीक खाका सार्वजनिक भएको छ । प्रदेश नम्बर ५ अन्र्तगत नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, सल्यान, रोल्पा, रुकुम ,बाँके र बर्दिया जिल्ला परेका छन् । यि १३ वटा जिल्ला कृषि उत्पादनको हिसावले के कती सक्षम छ त  भन्ने विषयमा चर्चा गरिएको छ ।  रुपन्देहीः खाद्यान्न विउ, धान, माछा र दुध रुपन्देही जिल्ला खाद्यान्नको विउ उत्पादन, धान उत्पादन र माछा पालन र दुध उत्पादनमा आत्भनिर्भर रहेको छ ।  जिल्लामा उत्पादन भएका खाद्यान्न अहिले जिल्लाको माग आपुर्ती भई अन्य जिल्लामा पनि निर्यात हुदै आएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार जिल्लामा बार्षिक रुपमा २  हजार ५ सय मेट्रिक टन  बराबरको खाद्यान्न् विउ उत्पादन हुने गरेको छ । जल्लामा मसुरोको विऊ बार्षिक ४ मेट्रिक टन  उत्पादन हुने गरेकोजिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा बताउछन् ।  उनी भन्छन्–‘करिब ...

‘दुध उत्पादन बढाउन घाँस खेतीमा जोड दिनुपर्छ’

Image
मेघराज भण्डारी निर्वतमान केन्द्रिय अध्यक्ष, नेपाल डेरी एशोसियन पहिला आफै व्यवसायीक फम स्थापना गरेका मेघराज भण्डारीले दुधको लागत बढि भएपछि  गाई पाल्न छोडे ।  गाई भैसी पाल्न छोडेपछि उनले अहिले  बुटवल–८ मा पवित्रा डेरी उद्योग  स्थापना गरी दुध प्रसोधन, प्याकेजिङ्ग गरी बजारी करण गर्दै आएका छन् । दुधजन्य परिकार उत्पादन र बजारीकरण गर्दै आएका भण्डारी संग समग्र नेपालमा दुधउत्पादन र बजारीकरणको संभावनाको विषय बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी  ।  के मा व्यस्त हुनुहुन्छ ?  –केही बर्ष पहिला मेरो मैले व्यवसायीक रुपमा गाई भैसी पालन गर्दथे तर अहिले आफ्नै डेरी उद्योग स्थापना गरेको छु, यसैमा व्यस्थ छु ।  नेपालमा दुधको अवस्था कस्तो पाउनुभएको छ ?  –म नेपाल डेरी एशोसियसनको केन्द्रीय अध्यक्ष हुँदा नेपालमा दुधको उृत्पादन, वितरण र बजारीकरणको अवस्थाको बारेमा जान्ने मौका पाए । नेपालको कुल ग्रास्थ उत्पादनमा दुधको योगदान करिव ९ प्रतिशत रहेको हाम्रो तथ्यांक छ ।  देशभर कति किसान यो व्यवसायमा छन् ?  –करिव ४ लाख ५० हजार किसानहरुले व्...

यातायातको गल्तीले सेवाग्राहीलाई सास्ती

Image
कृष्ण खनाल बुटवल, २६ साउन । कपिलवस्तुको वरकुलपुर का नारायण प्रसाद भुषालले अघिल्लो हप्ता सवारी चालक अनुमती पत्र(लाईसेन्स)को परिक्षा दिएर नाम निस्कीयो । अघिल्लो बुधवार देखि उनी सवारी चालक अनुमती पत्रकै लागि बुटवल कार्यालयका धाएको धाएै छन् ।  भौतिक पुर्वधार तथा यातायता मन्त्रालय, सवारीचालक अनुमती पत्र कार्यालय बुटवलमा बुधवार देखि लाईसेन्स लिन बसेका उनी बुधवार सम्म पनि झमेला खेप्न बाध्य भए । कारण उनको गाविसको नाममा अग्रेजीमा गलत लेखिएको थियो ।  गाविस वरकुलर–७ नेपालीमा लेखिएकोमा कर्मचारीको लापरवाहीले बारक्ककुलपुर, कपिलवस्तु लेखिएको थियो । जुन गाविस कपिलवस्तुमै छैन । उनी भन्छन्–‘ल भोली आउ सच्चाईदिन्छु भन्दै एक हप्ता भयो धाएको, कहिले नेट छैन भन्छ, कहिले टाईम भेईयो, भोली आउ भन्दै टारिरहेका छन् । ’ कपिलवस्तु देखि  आउदा जाँदा धेरै समय लाग्ने र काम सकेर मात्रै जाने भन्दै होटलमा बसेको उनको भनाई रहेको छ ।  उनको बाबुको नाम जंगसर भुषाल स्पष्ट रुपमा प्रवेश पत्रमा लेखेका छन् । तर उनको बुबाको नाम चालक अनुमती पत्रमा जगसार भुषाल  लेखेर आयो ।  उनी मात्र होईन्, ...

माछाका भुरा बेचर बार्षिक ७० लाख

Image
कृष्ण खनाल  बुटवल,  साउन ।  कृषि क्षेत्रमा अन्य व्याक्तिहरुले भन्दा फरक कार्य गर्ने हो भन्ने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रामेश्वर मण्डल । वि.स.२०७० सालमा देशभरीका उत्कृष्ठ ह्याचरी किसानको रुपमा राष्ट्रपति पुरस्कार सम्मानबाट समेत पुरस्कृ त भैसकेका मण्डलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ टिकुलीगढमा नमुना व्यवसायीक माछा ह्याचरी स्थापना गरेका छन् । बर्षमा उनले  करिव १२ करोड माछा ह्याचरी गर्दछन् भने करिव २५ देखि ३० लाख  वटा माछा फिङ्गरिङ्ग गर्ने गर्दछन् ।  उनको ह्याचरीमा उत्पादन भएका माछा नेपालको पुर्वमा बारा जिल्ला देखि पश्चिममा कञ्चनपुर सम्म जाने गर्दछ । वि.स. २०५७ सालमा आफ्नो  र नजिकै जग्गा भाडामा लिएर व्यवसायीक माछा ह्याचरी स्थापना गरेका उनले ७ प्रजातिका माछाको बच्चा उत्पादन गर्दै आएका छन् । २ विघा १० कठ्ठा एक स्थानमा र अर्को स्थानमा ५ विघा क्षेत्रफल उनले माछाको ह्याचरी विक्रिबाट नै किनेका छन् ।  ५ विघा क्षेत्रफलमा उनले २१ वटा माछा पोखरी निर्माण गरेका छन् । पहिला खाने माछा पालन गरेका उनले अन्य व्याक्त...