भौतिक प्रगति पुरा नभएपनि लाभांवित !

कृष्ण खनाल 
 बुटवल, भदौ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीले  गत आर्थिक बर्षमा निर्माणाधीन अवस्थामा रहेको आयोजनाहरुबाट पनि लाभांवित संख्या जनसंख्या उल्लेख गरी बार्षिक प्रगति प्रतिवेदन बनाएको पाइएको छ । 
गत आर्थिक बर्ष २०७२÷०७३ मा खानेपानी डिभिजनबाट सञ्चालन गरिएका आयोजनाहरुमा भौतिक पुर्वाधार निर्माण अर्थात भौतिक प्रगति नै पुरा नगरी लाभांवित जनंख्याको विवरण उल्लेख गरिएको छ । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालाय रुपन्देहीले गत आर्थिक बर्षमा कुल २८ करोड ८ लाख ४१ हजार बजेट विनियोजना गरेकोमा कुल २५ करोड ६६ लाख, ८२ हजार रुपैयाँ खर्च गरेको छ ।
 जसबाट  २ वटा मात्र आयोजना शिर्षकमा काम पुरा भएर लाभांवित  जनसंख्याको विवरण राखिएको छ । भने ३ वटा मात्र कार्यक्रमहरुको भौतिक प्रगति १ सय प्रतिशत देखाइएको छ । उक्त आर्थिक बर्षमा कुल ४० वटा आयोजनाहरुमा डिभिजन कार्यालयले काम गरेको थियो । तर बजेटको शिर्षमा भने लेखा प्राणाली अनुसार ८ वटा बजेट उपशिर्षकका खर्च र भौतिक प्रगतिको विवरण राखिएको छ ।
गत आर्थिक बर्षमा सम्पन्न भएको योजनाको बार्षिक प्रगति विवरण पुस्तीकामा उल्लेख गरिए अनुसार कुल ८ वटा बजेट उप शिर्षकमा बजेट विनियोजना गरिको थियो । जसमध्ये उच्च÷मध्यम स्तरिय ठुला खानेपानी योजना र खानेपानी तथा सरसफाई कार्यक्रममा अन्र्तगत काम पुरा भै लाभांवित जनसंख्याको विवरण पनि उल्लेख  गरिएको छ । तर उक्त कार्यक्रमको पनि कुल भौतिक प्रगतीमा भने जम्मा ९३.९ र अर्कोमा ८७.६६ प्रतिशत राखिएको छ ।
उच्च ÷मध्यम स्तरिय  ठुला खानेपानीका आयोजनामा लो बजेट उप शिर्षक ३४७८०५–४ मा कुल ७ करोड ३० लाख रुपैयाँ विनियोजन भएकोमा कुल ६ करोड ३९ लाख ९१ हजार रुपैयाँ खर्च भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तिलोत्तमा–२ योगीकुटीका ईन्जीनियर गुणानीधि पोखरेल बताउछन् ।
 उनका अनुसार उक्त  शिर्षकमा बार्षिक वित्तीय प्रगति जम्मा ८७.६६ प्रतिशत र भौतिक प्रगति ९३.९ प्रतिशत उल्लेख गरिएको छ । जसबाट कुल ८ हजार २ सय ९० जना व्याक्ति लाभांवित भएको जनाइएको छ । यद्यपी पुरै भौतिक भने पुरा भएको छैन । 
ईन्जीनियर पोखरेलका अनुसार कुनै पनि परियोजना पुर्णरुपमा सम्पन्न भएपछि मात्र लाभांवित जनसंख्याको विवरण राखिन्छ । 
आम सर्वसाधारणले बुझ्ने गरी पुरै कार्य सम्पन्न भएको योजना अर्थात १०० प्रतिशत भौतिक प्रगति भएपछि मात्र कुनै पनि क्षेत्रका बासिन्दाहरु लाभांवित हुन्छन् । तर डिभिजन कार्यालयले भने एउटा ९३.९ र अर्को ९६.५ प्र्रतिशत भौतिक प्रगति भएको कार्यक्रममा लाभांवित जनसंख्या ७ हजार ५८ जना किटान गरेर उल्लेख गरेको छ ।    
गत आर्थिक बर्षमा बजेट शिर्षक ३४७८०२–४ अन्र्तगत खानेपाती तथा सरफाईका लागि कुल ८ करोड ८९ लाख ४१ हजार रुपैयाँ विनियोजना भएकोमा कुल ७ करोड ८३ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ । जसबाठ कुल ८८.११ प्रतिशत मात्र रकम खर्च गरिएको छ । तर उक्त  आयोजनाहरुबाट कुल ९६.५ प्रतिशत मात्र भौतिक प्रगति भएको बार्षिक प्रगति पुस्तीकामा उल्लेख गरिएको छ ।

मोतिपुर, सैनामैना र करैया मक्रहर खानेपानी सुरक्षा योजनामा बजेट शिर्षक ३४७१७१–४  अन्र्तगत  कुल १२ लाख विनियोजन भएकोमा सबै रकम खर्च गरिएको छ ।
यस्तै अर्को खानेपानी पुर्नस्थापना आयोजनामा कुल ३५ लाख  रुपैया बजेट विनियोजन भएकोमा  कुल २६ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरिएको छ ।
यस्तै मुर्गिया ढल निर्माण तथा प्रसोधन आयोजनामा कुल १ करोड ४७ लाख रुपैयाँ विनियोजना भएकोमा कुल १ करोड २९ लाख ८५ हजार रुपैयाा खर्च गरी ८८.३३ प्रतिशत वित्तीय र ९४.९३ प्रतिशत भौतिक प्रगति देखाइएको छ ।
यस्त्ै राष्ट्रिय सुचना व्यवस्थापन तथा अनुगमन आयोजना अन्र्तगत ८० हजार,  विनियोजना भएकोमा ७५ हजार खर्च गरिएको छ । वातावरणीय सरसफाई आयोजना –पुर्ण सरसफाई कार्यक्रमको लागि कुल ५५ लाख बजेट विनियोजन भएकोमा कुल ४४  लाख ७५ हजार खर्च भएको छ । जसबाट कुल ८१.३६ प्रतिशत वित्तीय र ९५.२३ प्रतिशत भौतिक प्रगति भएको छ ।
खानेपानी तथा सरसफाई सह लगानी आयोजनाको लागि कुल बजेट ९ करोड ५० लाख रुपैयाँ विनियोजन भएकोमा कुल ९ करोड ४० लाख ९६ हजार रुपैयाँ खर्च गरिएको छ । जसबाट कुल ९८.९६ प्रतिशत वित्तीय र ९८.९६ प्रतिशत भौतिक आम्दानी भएको देखिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवालीले अघिल्लो आर्थिक बर्षमा पुरा नभएका आयोजनाहरु चालु आर्थिक बर्षमा सम्पन्न हुने गरेको कारण भौतिक तथा वित्तीय प्रगति पुरा नदेखिएको जानकारी दिए । उनका अनुुुसार कुनै पनि आयोजना पुरा भएपछि मात्र लाभांवित जनसंख्या तोकिएर लेखिन्छ । तर कुनै कुनै योजनाहरुमा खानेपानी सुरु भएपनि आभेरहेण्ड टैंकी नबनेको अवस्थमा आंशिक लाभावित भनेर उल्लेख गरिन्छ ।  उनले भने–‘कुनै पनि आयोजना सम्पन्न भएपछि भौतिक प्रगती लक्ष्य अनुसार के कती भयो भनेर उल्लेख गरिन्छ, आयोजनाका भारति प्रगत(हाल सम्मको) र बार्षिक  प्रगति(त्यो आर्थिक बर्षमा) के–केती भयो भन्ने विषय प्रगति विवरणमा उल्लेख गरिन्छ ।’ डिभिजन प्रमुख ज्ञवालीका अनुसार सेमलार खानेपानीको कार्य पुर्णरुपमा सकिएको छ भने देवसिद्ध खानेपानी, पश्चिम अमुवा खानेपानी, आँपखोला खानेपानी आंशिक रुपमा सम्पन्न भएका  योजनाहरु हुन्छ । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ