‘दुध उत्पादन बढाउन घाँस खेतीमा जोड दिनुपर्छ’

मेघराज भण्डारी
निर्वतमान केन्द्रिय अध्यक्ष, नेपाल डेरी एशोसियन
पहिला आफै व्यवसायीक फम स्थापना गरेका मेघराज भण्डारीले दुधको लागत बढि भएपछि  गाई पाल्न छोडे ।  गाई भैसी पाल्न छोडेपछि उनले अहिले  बुटवल–८ मा पवित्रा डेरी उद्योग  स्थापना गरी दुध प्रसोधन, प्याकेजिङ्ग गरी बजारी करण गर्दै आएका छन् । दुधजन्य परिकार उत्पादन र बजारीकरण गर्दै आएका भण्डारी संग समग्र नेपालमा दुधउत्पादन र बजारीकरणको संभावनाको विषय बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानी  । 
के मा व्यस्त हुनुहुन्छ ? 
–केही बर्ष पहिला मेरो मैले व्यवसायीक रुपमा गाई भैसी पालन गर्दथे तर अहिले आफ्नै डेरी उद्योग स्थापना गरेको छु, यसैमा व्यस्थ छु । 
नेपालमा दुधको अवस्था कस्तो पाउनुभएको छ ? 
–म नेपाल डेरी एशोसियसनको केन्द्रीय अध्यक्ष हुँदा नेपालमा दुधको उृत्पादन, वितरण र बजारीकरणको अवस्थाको बारेमा जान्ने मौका पाए । नेपालको कुल ग्रास्थ उत्पादनमा दुधको योगदान करिव ९ प्रतिशत रहेको हाम्रो तथ्यांक छ । 
देशभर कति किसान यो व्यवसायमा छन् ? 
–करिव ४ लाख ५० हजार किसानहरुले व्यवसायीक रुपमा डेरी एशोसियनसंग आवद्व हुनुहुन्छ भने  । कतिपय अझै पनि व्यवसायमा आवद्ध  हुनुहुदैन । हाम्रो प्रयास जारी रहेको छ । 

दुग्धजन्य पद्धार्थमा कति लागानी रहेको पाउनुभएको छ ? 
–नेपालमा दुधको संभावना भएको देश हो । जालस्रोतको धनी भएजस्तै दुध उत्पादनमा पनि नेपालले फड्को मार्न सक्छ । मारिरहेको छ । यसमा करिव १५ करोड रुपैया बराबरको लगानी रहेको छ ।     नेपालभरमा करिव २० हजार व्याक्तिहरले प्रत्यक्ष रुपमा डेरी  व्यवसायमा आवद्व भएर रोजगारी प्राप्त गरेका छन् । 

डेरी व्यवसायीबाट किसानहरुले खास लाभ लिन सकेनन् भन्ने गुनासो छ नी ? 
–त्यसको होईन, हामीले किसान र उपभोक्ताहरुको विचमा पुलको काम गरेका छौं । गाउमा उत्पादन भएको दुधले उचित बजार नपाएको अवस्थामा हामीले बजारीकरणमा सहजीकरण गरेका छौ । व्यवसायीक भएपछि केही नाफा होला तर किसानमुखि योजनाका साथ हामी अगाडी बढाएका छौं । यहिले नेपालमा दैनिक करिव  ३ करोड रुपैयाँ सहरदेखि गाउ सम्म पुग्ने गरेको छ । त्यो सबै डेरी व्यवसायबाट हो । किसानले दुध विक्रिबाट नै राम्रो आम्दानी गरेका उदाहरण छन् । 
दैनिक कति दुध उत्पादन हुन्छ ? 
– नेपाल डेरी एशोसियसनको तथ्यांक अनुसार नेपालमा  दैनिक ४७ लाख दुध उत्पादन हुने गरेको छ । हामी दुधमा आत्मनिर्भर बनेका छौं । तर सरकारी निकायबाट घोषण हुन बाँकी रहेको छ ।  हिउदका ३ महिना  दुध  अलि समस्या हुन्छ । यद्यपी त्यो ३ महिना कभर गर्न सकेमा बाह््रै महिनामा हामी दुधमा अत्मनिर्भर बन्छौं । 
 किसानले दुधको उत्पाद बढाउन के गर्नुपर्दछ  सुझाव के छ ? 
–घाँसमा आधाररित पशुपालन नै हो । हरियो घाँसको खेती विना कुनै पनि पशुले बढि दुध दिदैन । यसको लागि किसानहरुले घाँसमा आधारित  पशुपालनमा जोड दिनुपर्दछ । हरियो घाँसको प्रयोग बढ्दै जाँदा पशुले पनि राम्रो दुध दिन्छ । जसको कारण किसानको आम्दानीमा बृद्धि हुन्छ । घासँमा आधारित पशु पालन गर्नुनै आजको आवश्यकता हो । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ