Posts

रुपन्देहीका ४० प्रतिशत हाटबजार शौचालय विहिन

Image
कृष्ण खनाल बुटवल, १८ फागुन । सन् २०१७ सम्म रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला बनाउने अभियान अहिले जारी रहेको छ । सार्वाजजिनक सौचालय निर्माण नगरी खुला दिशा मुक्त अभियान बनाउनु खोज्दा अपुरो हुने सरोकारवालाहरुको भनाई रहेको छ ।खुला दिशा मुक्त क्षेत्र बनाउने अभियानमा सर्वजनिक स्थान खासगरी साप्ताहिक र नियमित रुपमा लाग्ने हाटबजारमा सौचालय निर्माण नहुदा खुला दिशा मुत्त m अभियान बाधक बन्न सक्ने देखिएको छ । जिल्लामा अहिले ४ हजार संगठीतरुपमा हाटबाजार व्यवसायीहरु रहेका छन भने अशंगठीत रुपमा करिव १५ हजार व्यवसायीहरु संगठीत रहेका हाटबजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा अहिले रहेका १ सय १९ वटा साप्ताहिक र पाक्षिक रुपमा लाग्ने हाटबजारहरु मध्ये जम्मा ४० प्रतिशत हाटबजार हरुमा मात्र सार्वजनिक सौचालय रहेको छ । अन्य करिव ६० प्रतिशत हाटबजारहरुमा सार्वजनिक सौचालय छैन । जसको कारण जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नको लागि हाटबजारहरुमा सार्वजनिक सौचालय जस्ता पुर्वाधारहरुको विकास नभएसम्म चुनौती हु...

नेत्रहिन संघको भवन निर्माणको लागि ‘एक एक व्याक्ति एक इँटा’ अभियान

Image
कृष्ण खनाल  बुटवल, २५ चैत ।   रुपन्देहीमा अपाङ्गता भएका व्याक्तिहरुले भवन निर्माणको लागि उदाहरणिय कार्यको सुरुवात गरेका छन । अहिले निर्माणधिन रुपमा रहेको रुपन्देही नेत्रहिन संघको पूर्णतया अपाङ्गमैत्री भवन निर्माणको लागि एक जना अपाङ्गता भएका व्याक्तिहरु बापत एउटा ईंटा बराबरको सहयोग अभियान  सुरु गरिएको हो ।  यसको अगुवा रुपन्देही नेत्रहिन संघका अध्यक्ष आत्मराम पौडेलले गरेका छन् । वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ल  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो । विभिन्न सरकारी निकाय तथा व्याक्तिगत रुपमा चन्दा संकलन गरेर भवन निर्माणको लागि ढलान कार्य सम्पन्न भएको भएपनि अन्य  भवन निर्माण पुरा गर्नको लागि  अहिले आर्थिक अभाव देखिएको छ ।  बुटवल–१४ तामनगरमा करिव ३ कठ्ठा क्षेत्रफलमा अहिले रुपन्देही नेत्रहिन संघको भवन निर्माणधिन अवस्थामा छ ।  ४ वटा कोठा र एउटा तालिम  हलको समेत निर्माण गरिने उदेश्य लिइएको उक्त भवनको अहिले सम्म ढलान कार्य मात्र पुरा भएको छ ।  ...

रुपन्देहीमा द्वन्द्व पिडीतको १ करोड ५७ लाख भन्दा बढि रकम पाउन बाँकी

Image
कृष्ण खनाल बुटवल, १५ चैत । नेपाल सरकार र तत्कालिन  नेकपा माओवादी विचमा भएको विस्तृत शान्ती सम्झौता भएको पनि करिव ७ बर्ष वितिसकेको छ । तर रुपन्देही जिल्लामा सरकारले द्वन्द्व पिडीतहरुलाई दिने भनेको राहत अहिले सम्म पनि पुर्ण रुपमा पाउन सकेका छैन्न । वि.स.२०६३ मंसिर ८ गते नेपालमा वृस्तृत शान्ती सम्झौता भएको थियो । जसमा द्वन्द्वको समयमा मृत्यु भएका  प्रत्येक व्याक्तिहरुको परिवारलाई राहत स्वरुप नगद १० लाख रुपैया दिने उल्लेख भएको थियो । तर रुपन्देही जिल्लामा सरकारी तथ्यांक अनुुसार १ सय ५१ जना  व्याक्तिरुको मृत्यु भएको थियो । जस मध्ये १ सय ५१ ज्ना मृतकको परिवारले अहिले सम्म पनि सरकारले तोकेको १० लाख रुपैया पाएका छैन्न । स्थानिय शान्ती समिति रुपन्देहीका सचिव प्रेम ज्ञवालीका अनुसार रुपन्देही जिल्लामा द्वन्द्वको कारण १ सय ५१ जना  मानिसहरुको मृत्यु भएको थियो । उनका अनुसार द्वन्द्वको समयमा मृत्यु भएका, वेपत्ता भएका घाईते भएका, तथा सम्पतीमा क्षती पुगेका व्याक्तिहरु सबैले राहत नभएको भन्ने अवस्था छैन । बुटवल टुडे संगकको कुराकानीमा उनले भने–‘रात नै नपाएको अवस्था छैन, सरका...

ज्यामिरेका विद्यार्थीको पिडा

Image
तिन घण्टा पैदल हिडेर विद्यालय कृष्ण खनाल  बुटवल, १३ चैत ।   बुटवल नगरापलिका  वडा  नम्बर १४ ज्यामिरे बस्तीकी २५ बर्षिय देव कुमारी गाहालाई अहिले आफु जस्तै छोरी अशिक्षीत होलानी भन्ने चिन्ता लागेको छ ।  २ सन्तानकी आमा बनेकी देवकुमारी गाहा का काखमा २ बर्षको छोरा छ भने अर्को छोरी भर्खरै मात्र ५ बर्षमा लागेकी छिन । ५ बर्षमा लागेकी छोरी छाँया गाहा र उनको छोरा देव बहादुर गाहा लाई आफुले जस्तै विद्यालयको मुख देख्न नपाउने हुन कि भन्ने चिन्ताले उनलाई रातमा निद्रा समेत लाग्दैन । कहिलेकाही त आफ्ना श्रीमान संग उनले भन्ने गर्दछिन–‘यो जग्गा बेचेर कतै तल (तामनगर) तिर गएर बसौ छोरा छोरीको भविश्य त बनाउन प¥यो नी ।’ यसरी देवकुमारी गाहा एउटा प्रतिनिधी पिडा हो । उस्तै ज्यामिरे बस्तीका अधिकांस मानिसहरुको पिडा यस्तै रहेको छ । श्रीमान खेती किसानीमा व्यस्त रहने र आफु पनि घरको चुलो चौको र पशुपालनमा व्यस्त हुने भएको कारण छोराछोरीहरुलाई पढाउन गाहा परिवारले पाएको छैन । कारण हो नावलक छोरील गाउमा पढ्ने स्कुल छैन ।  ५ बर्षीय उनीकी छोरी अध्यायनको लागि तामनगरमा करिव ३ घण्टा पैदल...

विकास पखिरहेको गाँउःज्यामीरे

Image
कृष्ण खनाल  बुटवल,१२ चैत ।  बुटवल नगरपालिका भित्र नै एउटा यस्तो बस्ती छ जहा विजुलीको त कुरै छाडौ सडक यातायातले समेत छुन सकेको छैन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्ने कुरा रहेन अव । बुटवल नगरपालिका वडा नम्बर १४ मा एउटा यस्तो बस्ती छ  जहा न्युनतम आधाभुत विकास निर्माणको आभास त्यहाका स्थानिय जनताहरुले पाउन सकेका छैन्न ।  वि.स. २०३९ सालमा पाल्पा जिल्लाका विभिन्न स्थानहरुबाट आएका मानिसहरुको बस्ती रहेको छ उक्त गाउमा । बुटवल नगरपालिका वडा नम्बर १४ अन्र्तगत चारपाला सामुदायिक वनको  करिव मध्यभागमा रहेको ‘ज्यामिरे बस्ती’  साँचै नै उपेक्षित बनेको छ । मंगलबार उक्त स्थानमा गएको केही सञ्चार कर्मीहरुको टोलिले उक्त  बस्तीको स्तलगत अध्ययन गरेको थियो ।  बुटवल नगरपालिका  कार्यासम्पादन तथा मुल्यांकनको आधारमा अघिल्लो बर्ष नेपालकै नमुना नगरपालिका घोषणा भएको थियो । तर त्यहि नगरपालिका भित्रको एउटा बस्ती जसमा स्थानिय निकायको कुनै पनि ध्यान जान सकेको छैन ।  उक्त बस्ती प्रकृतीक रुपमा यति सुन्दर छ की त्यहा जाने जो कोहीको मन एका एक चङ्ग...

ग्रमिण भेगमा पशु खोपमा जनचेतना जाग्दै

Image
कृष्ण खनाल बुटवल, ९ चैत ।  मानपकडी गाविस वडा नम्बर २ मैनीहवाका भगोतीराम यादबले बर्षौ देखि नै  बाख्रा तथा भैसी पाल्दै आएका छन । व्यवसायीक रुपमा बाख्रा र घरको गर्जो टार्नको लागि भैसी पाल्दै आएका छन । केही बर्ष पहिला उनलाई पशुमा खोप लागउनुपर्दछ भन्ने चेतना थिएन । तर विगत दुई बर्ष यता उनले नियमित रुपमा नै आफुले पालेका पशु, भैसी र बाख्रालार्यइ खोप लगाउने गरेका छन ।  विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा रहेको मानपकडी गाविसको पशु सेवा केन्द्र मानपकडीमा उनी आफुले पालेका ७ वटा बाख्रा लिएर उपस्थित भएका थिए । उनले आफ्नो पशुमात्र होईन यसो छिमेमा वरपरका आफन्त तथा छिमेकीहरुलाई  पशुमा नियमित खोप लगाउनको लागि आग्रह गर्ने गर्दछन ।  विहिवार खोप केन्द्रमा भेटिएका उनले भन्दै थिए–‘पशुहरुमा पुर्ण खोप लगाइएको भने रोग लाग्ने वात नै हुदैन ।’ उनले केही बर्ष पहिला खोपको बारेमा खासै जानकारी नभएको भएपनि अहिले भने नियमित रुपमा आफुले पालेका पशुहरुको नियमित खोप लाउदै आएको जानकारी गराए ।  विहिवार पिपिआर रोगबाट बचाउनको लागि मानपकडी पशु सेवा केन्द्रमा मानपकडी ग...

मानपकडी चौथो पुर्ण खोप गाविस

Image
कृष्ण खनाल  बुटवल,७ चैत ।  ‘खोप लगाउन पाउनु बालबालिकाको अधिकार हो ।’ भन्ने नाराका साथ रुपन्देही जिल्ला पूर्ण खोप युक्त जिल्ला बनाउने अभियानमा जिल्ला जनस्वाथ्य कार्यालय लागेको छ । सोही अभियान अन्र्तगत विहिवार रुपन्देही जिल्लाको पश्चिम–दक्षिणमा रहेको मानपकडी गाविस पुर्ण खोप युक्त  गाविस घोषणा गरिएको छ । ७ हजार ७६ जना बालबालिका रहेको गाविसमा १ बर्ष देखि २ बर्ष सम्मका १ सय १८ जना वालवालिकाहरुले  सम्पूर्ण खोप  लगाएपछि पुर्ण खोप गाविस घोषणा गरिएको हो । विहिवार मानपकडी गाविसमा एक बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीका  बरिष्ठ जनस्वाथ्य अधिकृत तथा कार्यालय प्रमुख ऋषिप्रसाद लामिछानेले पुर्ण खोप गाविस घोषणा गरेका थिए । उनले जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले पूर्ण खोप  युक्त गाविस भएको प्रमाण पत्र मानपकडी  गाविसका सचिव रुद्रमणी गिरीलाई प्रदान गरेका थिए । मानपकडी स्वाथ्य चौकीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ जिल्ला जनस्वाथ्य अधिकृत ऋषि प्रसाद लामिछानेले पूर्ण खोप गाविस बनाउनमा एक्लै संभाव नभएको भन्दै यसको ल...