विकास पखिरहेको गाँउःज्यामीरे

कृष्ण खनाल 
बुटवल,१२ चैत । 

बुटवल नगरपालिका भित्र नै एउटा यस्तो बस्ती छ जहा विजुलीको त कुरै छाडौ सडक यातायातले समेत छुन सकेको छैन भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्ने कुरा रहेन अव । बुटवल नगरपालिका वडा नम्बर १४ मा एउटा यस्तो बस्ती छ  जहा न्युनतम आधाभुत विकास निर्माणको आभास त्यहाका स्थानिय जनताहरुले पाउन सकेका छैन्न । 
वि.स. २०३९ सालमा पाल्पा जिल्लाका विभिन्न स्थानहरुबाट आएका मानिसहरुको बस्ती रहेको छ उक्त गाउमा । बुटवल नगरपालिका वडा नम्बर १४ अन्र्तगत चारपाला सामुदायिक वनको  करिव मध्यभागमा रहेको ‘ज्यामिरे बस्ती’  साँचै नै उपेक्षित बनेको छ । मंगलबार उक्त स्थानमा गएको केही सञ्चार कर्मीहरुको टोलिले उक्त  बस्तीको स्तलगत अध्ययन गरेको थियो । 
बुटवल नगरपालिका  कार्यासम्पादन तथा मुल्यांकनको आधारमा अघिल्लो बर्ष नेपालकै नमुना नगरपालिका घोषणा भएको थियो । तर त्यहि नगरपालिका भित्रको एउटा बस्ती जसमा स्थानिय निकायको कुनै पनि ध्यान जान सकेको छैन ।  उक्त बस्ती प्रकृतीक रुपमा यति सुन्दर छ की त्यहा जाने जो कोहीको मन एका एक चङ्गा हुन्छ । जम्मा ८ वटा मात्र घर रहेको छ  उक्त बस्तीमा २ घर घर्तिको रहेको छ भने १ घर क्षेत्री र अन्य ५ घर गाहा समुदायको रहेको छ । 
वि.स.२०३९ सालमा उक्त स्थानमा आएर बसोबास गरिरहेका नन्दविर गाहा मगरले सञ्चारकर्मीहरु संग लामै गुनासो पोखे । ४९ बर्षिय गाहाले भने–‘नगरापलिका भित्र  रहेर पनि  सरकारको कुनै आभास पाइएन ।’  दुःख सुःख गरेर जेनतेन जिवीको पार्जन गर्र्दै आएको बताउने गहाले उक्त स्थानमा विद्यालयको पहुँच नहुदा करिव ८ किलोमिटर हिडेर विद्यार्थीहरु बुटवल–१४ तामनगरमा रहेको दुर्गा भवानी उच्च माविमा आउने गरेका छन । गाउबाट अहिले कक्षा २ मा  अध्यायरत विद्यार्थी देखि लिएर कक्षा १२ सम्म पढ्ने जम्मा ७ जना विद्यार्थीहरु  तामनगर अध्ययनको लागि आउने गरेका छन । 
पाल्पाको कोलडाँडा गाविस वडा नम्बर ६ बाट उक्त  स्थानमा बसाई सेर आएका नन्दविर गाहा मगरले उक्त स्थानमा सडक यातायातको पहुच हुन सकेकामा साच्चै उक्त स्थान नमुना गाउ बन्न सक्ने बताए । उनले भने–‘खाने पानीको कुनै चिन्ता छैन, विजुली र बाटो भए हाम्लाई अरु केही चाहिदैन ।’
विद्यालय टाढा भएको कारण  केटा केटी पढाउनको लगि समेत समस्या परेको  स्थानियको गुनासो रहेको छ । त्यहाका स्थानिय बासिन्दाहरुले कृर्षी, पशुपालन गरेर जिविको पार्जन गरेका छन । खेती पातीमा धेरै जसो दलहन बाली लगाउने गरेको उनीहरुको भनाई रहेको छ । यसको अलबा खाद्यान्न बाली धान, मकै , गहुँ समेत लगाउदै आएका छन । पशु पालनमा उनीहरुले गाई, गरु , धेरै जसो बाख्रा र कुखुरा पाल्ने गरेका छन । भैसी पाल्नको लगि त्यहा उपयुक्त वातावरण छैन कारण हो डाँठ रोगको कारण भैसी मर्ने गर्दछन । 
खेतीपातीमा पनि उनीहरु मकै तथा गहु लगाएको समयमा बाँदर खाने, गावारो रोग लाग्ने समस्याले समेत थप मारमा ज्यामिरे बस्ती रहेको छ । 
कुल ४९ जना मानिसहरुको बसोबास  रहेको उक्त स्थानमा  प्रमुख समस्याको रुपमा बाटो र विजुल रहेको पुर्व जन प्रतिनिधी तिल बहादुर रोकायले बताउदछन । अहिले तामनगरमा बस्दै आएका रोकायले ले राज्यको हेपाहा दृष्टिकोणको कारण ज्यामिरे बस्ती ओझेलमा परेको  जानकारी दिए । स्थलगत  भ्रमणको क्रममा ज्यामिरे पुगेका रोकायाले भने–‘यहा का जनसंख्या कम रहेको छ तर त्यसलाई आधार मानिनु  हुदैन ।’  उनले उक्त स्थानलाई धाम्रीक पर्यटकिय क्षेत्र निर्माणको विशेष संभावना रहेको बताए । ‘बाटो र शिक्षा, विजुली प्रमुख समस्या हो’–रोकायाले भने । 
उता उक्त स्थानकी २५ बर्षीय देवकुमारी गाहाले पनि विरामी पर्दा र छोराछोरी पढाउनको लागि २÷३ घण्टा पैदल हिडेर जानुपर्ने बाध्याता रहेको भन्दै उपयुक्त स्थान पाएमा आफुहरुलाई स्थानानतरण गरिदिनको लागि स्थानिय निकाय संग माग गरिन् । उनले भनिन्–‘छोरा छोरी विरामी हुँदा आपत हुन्छ छिटो अस्पाताल पु¥याउन सकिन्न जसले गर्दा हाम्लाई समस्या छ ।’
त्यस्तै कालेडाँडा गाविस पाल्पाबाट आएकी ५० बर्षिय राज कुमारी गाहामनगरले बजार जानको लागि दुःख भएको बताईन् । बिरामी अवस्थामा रहेकी उनले भनिन्–‘दुःख विरामी हुदा समयमै उपचार पाउन सकिन्न के गर्ने सरकारले हेरेन ।’ 
सडक यातायातको पहुच हुन सकेमा त्यहाका स्थानिय बासिन्दाहरुको मुहार फेरिने अपेक्षा लिइएको छ । 
बुटवल नगरपालिकाले अनुदानमा उक्त बस्तीकोे लागि  सोलार  दिएको छ । खानेपानीको लागि एमालेका तत्कालिन मेयर भोज प्रसाद श्रेष्ठ हुँदा पाईप दिइएको छ । तर सडक यायातात र विजुलीअहिले सम्म गाउका जनताले महसुस गर्न पाएका छैन्न । 
उक्त  बस्तीमा होम स्टे सञ्चालन र्ग सकेमा र एउटा रिर्साट निर्माण गर्न सकेका साच्चै ज्यामिरेको साच्चै विकास हुनेमा दुईमत छैन । 

तस्वीरः ज्यामिरेको एक बस्ती 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ