रुपन्देहीका ४० प्रतिशत हाटबजार शौचालय विहिन



कृष्ण खनाल
बुटवल, १८ फागुन ।
सन् २०१७ सम्म रुपन्देही जिल्लालाई खुला दिशा मुक्त जिल्ला बनाउने अभियान अहिले जारी रहेको छ । सार्वाजजिनक सौचालय निर्माण नगरी खुला दिशा मुक्त अभियान बनाउनु खोज्दा अपुरो हुने सरोकारवालाहरुको भनाई रहेको छ ।खुला दिशा मुक्त क्षेत्र बनाउने अभियानमा सर्वजनिक स्थान खासगरी साप्ताहिक र नियमित रुपमा लाग्ने हाटबजारमा सौचालय निर्माण नहुदा खुला दिशा मुत्त m अभियान बाधक बन्न सक्ने देखिएको छ ।

जिल्लामा अहिले ४ हजार संगठीतरुपमा हाटबाजार व्यवसायीहरु रहेका छन भने अशंगठीत रुपमा करिव १५ हजार व्यवसायीहरु संगठीत रहेका हाटबजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा अहिले रहेका १ सय १९ वटा साप्ताहिक र पाक्षिक रुपमा लाग्ने हाटबजारहरु मध्ये जम्मा ४० प्रतिशत हाटबजार हरुमा मात्र सार्वजनिक सौचालय रहेको छ ।

अन्य करिव ६० प्रतिशत हाटबजारहरुमा सार्वजनिक सौचालय छैन । जसको कारण जिल्लालाई खुला दिशा मुक्त घोषणा गर्नको लागि हाटबजारहरुमा सार्वजनिक सौचालय जस्ता पुर्वाधारहरुको विकास नभएसम्म चुनौती हुनेपुर्ण हुने हाटबजार व्यवसायी संघका संस्थापक अध्यक्ष बाबुराम ज्ञवाली बताउदछन । हाट बजार व्यसायी संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीका अनुसार जिल्लामा सञ्चालनमा आएका हाटबजार सञ्चालनको लागि न्युनतम मापदण्डका विकास निर्माणका कार्य भएका छैन्न ।

जसको कारण हाट बजार व्यवसायीहरुले पटक पटक विभिन्न समस्याहरु झेल्दै आएका छन । उनले भने–‘हावा हुरी आउदा, चर्को घाम लागाउदा र पानी पर्दा व्यवसाय नै बन्द गर्ने अवस्था आएको छ ।’ उनले तप प्रष्टाउदै भने–‘हामीले प्रत्येक पटक कर तिर्दै आएका छौ तर यसको बदलामा कुनै पनि पुर्वाधारहरु बनाएन्न जसको कारण हामी मारमा प¥यौं ।’

हाट बजार व्यवसायीहरुले आफुहरुबाट कर संकलन गर्ने गरेको भएपनि हाटबजार संञ्चालनको लागि न्युनतम आधारभुत पुर्वाधारहरु निर्माण नगरिदा रुष्ट बनेका छन । जिल्लामा सञ्चालनमा आएका १ सय १९ वटा हाटबजारबाट दैनिक रुपमा करिव २ करोड ५० लाख बराबरको कारोबार हुने गरेको छ । कुनै कुनै स्थानहरुमा हाटबजार व्यवसायीहरुबाट अवैद्य रुपमा रसिद काट्दै स्थाथनिय क्वलहरुले रकम असुल्ने गरेका आरोप हाटबजार व्यवसायीहरुको रहेको छ ।
जसको लागि स्थानिय प्रशासन संग पटक पटक आफुहरु अन्यायमा परेको भन्दै उजुरी गरेपनि त्यसको सुनुवाई नभएको हाट बजार व्यवसायी संघ रुपन्देहीले जनाएको छ । उता, हाटबजार व्यसायी संघ रुपन्देहीले ‘व्यवसायी सुरक्षा तथा राहात कार्यक्रम’ मार्फत व्यवसायीहरुलाई आर्थिक सहयोग गर्ने उदाहरणीय कार्य गरेको छ ।

अहिले सम्म एक जना व्यसायी बराबार ३ हजार देखि ५ हजार रुपैया सम्म सहयोग गरेको छ । संघमा आवद्ध व्यवसायीहरुको कसैको मृत्यु भएमा, घाईत भएमा वा कुनै अफ्ठारोमा परेमा सहयोग गर्दै आएको हो । अहिले सम्म यस्ता व्यवसायी १७ जनलाई करिव ७५ हजार रुपैया बराबरको रकम सहयोग गरेको छ ।

रुपन्देही जिल्लामा आज भन्दा करिव १० बर्ष भन्दा पहिला भारतमा उत्पादित तरकारी करिव ९० प्रतिशत नेपालमा खपत हुने गरेको र नेपालबाट उत्पादित तरकारी करिव १० प्रतिशत मात्र हाटबजारहरुमा विक्रि हुने गरेको तथ्यांकमा पाईन्छ । तर यसको ठिक १० बर्ष पछि करिव ७० प्रतिशत तरकारी स्वदेशी र अन्य ३० प्रतिशत तरकारी(आलु, प्याज लगायत) भारतबाट आयात हुने गरेको हाट बजार व्यवसायी संघले जनाएको छ ।

आज पाँचौ अधिवेसन
बुटवल, १७ चैत । हाट बजार व्यवसायी संघ रुपन्देहीको आज आठौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेसन बुटवलमा हुदै छ । बुटवलमा रुपन्देही व्यापार संघको सभाहलमा हुने कार्याक्रममा प्रमुख अतिथीको रुपमा क्षेत्रीय कृर्षी निर्देशक धर्मदत्त बराल आउने कार्यक्रम रहेको संघले जनाएको छ । विहान १० बजेबाट कार्यक्रम सुरु हुने छ । यसको साथै साधारण सभा तथा अधिवेसन समेत भएकोले आगामी कार्याकालको लागि नयाँ कार्यसमिति समेत गठन हुने आयोजकको भनाई रहेको छ ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ