Posts

चेलिवेटी बेचविखनको बाटो परिर्वतन हुदै

कृष्ण खनाल भैरहवा, ९ भदौ । चार्डपर्वको मौका छोपेर रुपन्देहीमा चेलिवेटी बेचविखन बढ्दै गएकोले चिन्दा व्यक्त गर्न थालिएको छ ।  पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारि रुपन्देहीको बेलहिया नाका हुदै नेपाली चेलिहरु भारतामा बेच्नको लागि लैजाने क्रम समेत बढ्दै गएको छ । तर पछिल्लो समययमा रुपन्देहीको बेलहिया नाकामा प्रहरी प्रशासनको बढ्दो सक्रियातको कारण मानवतस्करहरुले यहाको बाटो परिर्वतन गर्न थालेका छन । उनीहरुले सुनौली नाका(बोडर) लागि ‘सजिलो एरिया’को रुपमा प्रयोग गर्दै आएकोमा रुपन्देही प्रहरी प्रमुखमा विक्रम सिंह थापा आएपछि मानब तस्कारहरुले बटो परिर्वतन गर्न थालेको छन । केही समया अगाडी बेलहिया नाकाबाट भारतमा बेच्नको लागि भनेर दोलाखाका लादु गाविसमा एकै गाउका ४ जना युवतीहरु लाई काकरभिट्टा पु¥याउदै गर्दा वडा प्रहरी कार्यालय अञ्चल पुरले पडसरीबाट ४  जना युवती सहित मानव तस्करमा संलग्न ४ जनालाई समेत प्रक्राउ गरेको थियो । यसबाट रुपन्देहीको बाटो परिर्वतन गरेर मानव तस्करहरुले अन्य बाटो ‘काकटभिट्टा’को बाटो प्रयोग गरेका थिए । ४ दिन सम्म काठमाण्डौमा राखेपछि विदेश पठाईदिने भन्दै रुपन्देहीमा ल्याएर ३ ...

संविधान सभा निर्वाचन २०७० ५ सय ४३ मतदान केन्द्रमा ३ वटा मात्र अपाङ्ग मैत्री

कृष्ण खनाल भैरहवा, १६ अशोज । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको गेटको छेवैमा ‘संविधान सभा निर्वाचनमा भाग लिऔं’ लेखिएको पोष्टर टा“सिएको छ । जुन पोस्टरमा नेपालका अधिकांस समुदायको झल्को दिने गरि ‘डमी’ (मानिसहरुको चित्र) कोरिएको छ ।  लगभग सबै जाती जनतातिहरुको झल्को दिने गरि निर्माण गरिएको चुनाव प्रचार सामग्रीमा मिसाइएको छ ह्वली चियर प्रयोग गरिकी महिला, सेतो छडी प्रयोग गरेका पुरुष, बैशाखको सहायतामा हिडडुल गर्ने मानिसहरु । तर यसरी समावेशी रुपमा तयार गरिएको निर्वाचनको पोष्टर टासिएको जिल्ला निर्वाचन कार्यालयमा कुनै काम विशेषले जादा कुनै पनि अपाङ्गता भएका व्याक्तिहर जान सक्दैन्न । किन भने उक्त कार्यालय अपाङ्ग मैत्री नै छैन । जिल्ला निर्वाचन कार्यालय भाडामा सञ्चालन गर्नुपरेको कारण अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न नसकिएको जिल्ला निर्वाचनन अधिकृत तुलसीराम ज्ञवाली बताउदछन ।‘हामी भाडामा बसेको कारण अपाङ्ग मैत्री बनाउन सकिएन ।’ उनले थपे–‘भाडामा भएको भवन कति समय प्रयोग गर्ने टुंगो नै छैन ।’ केही भाग त ह्वील चियर प्रयोग गर्न सकिने थियो नी भन्ने संवादादातको जिज्ञासामा उनले भने–‘यो हाम्रो मा...

१८ बर्षमा पनि सञ्चालनमा आउन सकेन ‘विशेष आर्थिक क्षेत्र’

कृष्ण खनाल भैरहवा, २० असोज । करिव १८ बर्ष पहिलाबाट रुपन्देहीको भैरहवामा स्थपनाहुने भनिएको ‘विशेष आर्थिक क्षेत्र’ले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका डण्डा पुल नजिक नेपाल सरकारको केन्द्रबाटनै निर्माणगर्ने भनिएको विशेष आर्थिक क्षेत्र (स्पेसल ईकोनोमी जोन) अहिले सम्म पनि सञ्चालनमा आउन नसकेको हो । नेपालका विभिन्न स्थानहरुमा आर्थिक विकासको लागि भन्दै केन्द्रमा उद्योग मान्त्रालयबाट नै सुरु गरिएको मध्ये सिद्धार्थ नगरको पहिलो आर्थिक क्षेत्र विभिन्न कारणले अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । विशेष आर्थिक क्षेत्रको लागि चाहिने प्रारम्भिक विकासका पुर्वधारहरु समेत निर्माण सम्पन्न भएको करिव एक बर्ष वित्दासमेत उक्त क्षेत्रमा कस्ता उद्योगहरु स्थानपना हुने, कति उद्योगहरु स्थापना हुने, कस्तो प्रकृतीको उद्योगहरु(साना, ठुला तथा मझौला वा घरेलु) उद्योगहरु सञ्चालनमा आउने भन्ने बारेमा अहिले सम्म कुनै पनि निक्यौल हुन सकेको छैन भने उद्योगहरु स्थापनाकोलागि टेण्डर पक्रिया पनि अगाडी बढ्न सकेको छैन । रुपन्देही जिल्लामा स्थापना भएका औद्योगीक क्षेत्रहरुमा स्थान अपुग भैरहे...

दशैमा अवधीभरमा ३ हजार ३ सय ३६ सवारीसाधान कारवाहीमा ६ लाख ४९ हजार ८ सय राजश्व संकलन

कृष्ण खनाल भैरहवा, ३ कात्तिक ।  विगतका बर्षहरुमा जस्तै यस बर्षको दशैमापनि ट्राफिक नियम उलंघनका घटनाहरुमा कमी आएन । खासगरी दशैको विदा सुरु भएको दिन असोज २५ गते देखि कात्र्तिक १ गतेसम्म विभिन्न बाहनामा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुले  ट्राफिक नियम उलंघन गरेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।  सवारी साधानहरुको छतमा यात्रुहरु ओर्सार्ने, क्षमता भन्दा बढि यात्रुहरु बोक्ने तथा तोकिएको मापदण्ड विपरित सवारीसाधन संञ्चालन गरेको भन्दै दशंै अवधीभरमा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुलाई कावारही गरि ६ लाख ४९ हजार ८ सय राजश्व संकलन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी सुशिल यादबले जानकारी दिए । उनका अनुसार गत बर्षको भन्दा यस बर्ष ट्राफिक व्यवस्था चुष्त दुरुस्त बनाएको कारण केही मात्रामा भएपनि ट्राफिक नियम उलघंनका घटनाहरुमा कमी थिए । ‘ठाउ“–ठाउ“मा हामीले विशेष व्यवस्था गर्नुको साथै कारवाहीको प्रक्रिया पनि कडाईसाथ लागू गरेका थियौं जसले केही कमी आएको छ ।’–बुटवल टुडेसंगको  कुराकानीमा एसपी  यादबले भने–‘केही हदसम्म घटनामा कमी आएक...

जिसिअले नै गरे सरकारी गाडीको दुरुपयोग छोरीलाई सरकारी गाडीमा दिनभर लुम्बिनीको भम्रण

Image
कृष्ण खनाल भैरहवा, ४ कात्तिक । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेका छन । आफु प्रमुख रहेको कार्यालयको गाडीलाई आफ्नो छोरी र छोरीका साथीहरुलाई दिनभर घुम्नको लागि लुम्बिनीमा पठाएर उनले सरकारी सम्पतीको भज्जी उडाएका हुन ।  छोरी र छोरीका साथीहरुलाई  गौतम बुद्धको जन्म स्थान  लुम्बिनीमा पठाउनको लागि उनले जिल्ला शिक्षा कायालयका सरकारी कर्मचारी ‘गाडीचालक’नै पठाएर थिए । जस्को  प्रमाण सोमबार दिउसो लुम्बिनीमा फेला परेको छ । सोमबार विहान करिव १० बजे आफु कार्यालयमा आएर जिशिअ अधिकारीले बा १ झ ९५११ नम्बरको टाटा सुमो गाडीलाई आफ्नी ‘छोरीलाई लुम्बिनीमा घुमाउनु’ भन्दै  चालक तीलक बहादुर बुढाथोकीलाई पठाएका थिए । भैरहवा बाट २१ किलोमिटर दक्षिणमा रहेको लुम्बिनीमा घुमघामको लागि आएको लुम्बिनी क्षेत्र भित्रको शान्ती स्तुुपामा नजिकै भेटिएका जिसीअ अधिकारीका छोरीले भनिन–‘बाबाले पठाउनु भो आइम्’ उनीसंगै उक्त गाडीमा एकजना चालक, जिशिअअधिकारीका एक छोरी, एक जना युवक र अन्य २ जना युवतीहरु समेत रहेको थिए ।  दिउ“सो करिब  २ बजे सम्म उक्त गाडी ...

सुखौरा सामुदायिक वनमा ‘अबैध’ समिति

कृष्ण खनाल बुटवल, १३ भदौ। उपभोक्तालाई नियममा बाँध्नका लागि बनेको सामुदायिक बनको उपभोक्ता समिति नै अबैध भएको भेटिएको छ । अबैध रूपमा जन्मिएको उक्त समितिले सामुदायिक वनमा आफ्नै बिधानविपरीत काम गर्दै आएको छ । समितिले सामुदायिक वनको संरक्षणको नाममा बिनाशजन्य गतिविधि गरिरहेको छ । व्यक्तिगत लाभका लागि पदाधिकारीहरूले लोभजन्य आर्थिक कारोबार गरिरहेका छन् । सामुदायिक वनलाई स्थानीय टाठाबाठा भनाउँदाहरूले बाँडीचँुडी खाने भाँडो बनाउँदै गएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।  रूपन्देहीको मक्रहर गाविस १ देखि ९ मा रहेको सुखौरा हरियाली सामुदायिक वनमा उपभोक्ता समितिमा यस्तै गतिबिधि भेटिएको छ । समूहले बनाएको विधानविपरीत उक्त वन उपभोक्ता समिति गठन भएको देखिएको छ । मक्रहर गाविस १ देखि ९ का बासिन्दाहरूको २०६६ सालमा आम भेला गरी निर्माण गरेको विधानलाई लत्याउादै अबैध समिति गठन भएको छ । केही महिना अघि गठन भएको समितिमा राजनीतिक सहमतिका नाममा नियम मिचेर समिति बनाइएको छ ।  वि.स.२०६६ सालमा निर्माण भएको विधानमा स्पष्टसँग कार्यसमितिमा बस्ने व्यक्ति स्थानीयस्तरमा कुनै पनि पार्टीको नेतृत्व नगरेको र कुनै पन...

विदेशको भगाई स्वदेशमा कमाई

कृष्ण खनाल बुटवल   (शुभ मंगल विशेष  ) करिव ५ बर्ष सम्म खाडी मुलुकमा पसिना बगाएपछि कपिलबस्तु जिल्ला चान्द्रौटा वार्ड नम्बर ९ का देवप्रकाश न्यौपाने अव कहिल्यै विदेशको भुमिमा गएर पसिना नबगाउने प्रण गरे । कतारमा अटो मेकानिक्कल सम्बन्धी कम्पनीका काम गरेका न्यौपानेले अहिले ५ बर्ष सम्म विदेशको भुमिका सिकेको सीप प्रयोग गरेर स्वदेशमा राम्रो आम्दानी गरेका छन् । भर्खरै मात्र २७ बर्षमा लागेका न्यौपाने युवा व्यवसायी हुन् । विदेशमा गएर पसिना बगाएपछि अहिले उनले आफ्नै लगानीमा मोटरसाईकल मर्मत गर्ने तथा  मोटरपार्टस् सेन्टर खोलेर राम्रो आम्दानी गर्दै आएका छन । ‘ पा“च बर्ष सम्म विदेशमा गएर पसिना बगाए तर अव आफ्नै देशम केही गर्नको लागि लागेको छु ।’ बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अव विदेको भमी पनि टेक्दिन ।’  कतारमा जादा उनको सुरुका दिन अत्यन्तै कष्टप्रदरुपमा विते । करण थियो उनले यहा मेकानिकलको काम पुर्ण रुपमा जानको थिएन्न । ठुला गाडीहरुको केही मात्र काम जानेका उनलाई त्यहाको प्रविधी र हवापानी वातावरणसंग घुलमिल हुन उनलाई धेरै समय लाग्यो । तर केही समय कडा परिश्रम गरेपछि उनले त्य...