चेलिवेटी बेचविखनको बाटो परिर्वतन हुदै

कृष्ण खनाल
भैरहवा, ९ भदौ ।

चार्डपर्वको मौका छोपेर रुपन्देहीमा चेलिवेटी बेचविखन बढ्दै गएकोले चिन्दा व्यक्त गर्न थालिएको छ ।  पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारि रुपन्देहीको बेलहिया नाका हुदै नेपाली चेलिहरु भारतामा बेच्नको लागि लैजाने क्रम समेत बढ्दै गएको छ ।
तर पछिल्लो समययमा रुपन्देहीको बेलहिया नाकामा प्रहरी प्रशासनको बढ्दो सक्रियातको कारण मानवतस्करहरुले यहाको बाटो परिर्वतन गर्न थालेका छन । उनीहरुले सुनौली नाका(बोडर) लागि ‘सजिलो एरिया’को रुपमा प्रयोग गर्दै आएकोमा रुपन्देही प्रहरी प्रमुखमा विक्रम सिंह थापा आएपछि मानब तस्कारहरुले बटो परिर्वतन गर्न थालेको छन ।
केही समया अगाडी बेलहिया नाकाबाट भारतमा बेच्नको लागि भनेर दोलाखाका लादु गाविसमा एकै गाउका ४ जना युवतीहरु लाई काकरभिट्टा पु¥याउदै गर्दा वडा प्रहरी कार्यालय अञ्चल पुरले पडसरीबाट ४  जना युवती सहित मानव तस्करमा संलग्न ४ जनालाई समेत प्रक्राउ गरेको थियो । यसबाट रुपन्देहीको बाटो परिर्वतन गरेर मानव तस्करहरुले अन्य बाटो ‘काकटभिट्टा’को बाटो प्रयोग गरेका थिए । ४ दिन सम्म काठमाण्डौमा राखेपछि विदेश पठाईदिने भन्दै रुपन्देहीमा ल्याएर ३ दिन सम्म एक घरमा राखेका थिए । भैरहवाको पडसरीमो एक घरमा राखिरहेको अवस्थामा वडा प्रहरीले काकटरभिट्टा लैजाने तरखर गर्दा पक्राउ गरेको थियो । वडा प्ररही कार्यालय अञ्चल पुरका प्रमुख डिल्लीनारायण पाण्डेले पछिल्लो समयमा मानव बेचविखनको बाटो केही परिर्वतन हुदै गएको बताए ।  उनले रुपन्देहीमा पछिल्लो समयमा प्रहरी प्रशासनले सुरक्षामा कडाई गरेपछि तस्करहरुले पनि बाटो परिर्वतन गरेका बताएका छन । 
गत हप्ता तिन दिन्नमा मात्र १० जना नेपाली चेलीहरुको हरुको भैरहवाबाट उद्धार गरिएको थियो । गएको शुक्रबार र शनिवार ३÷३ जना गरी ६ जनाको माईती नेपालले उद्धार गरेको हो भने आईतबार वडा  प्रहरी कार्यालय अञ्चल पुरले  ४ जना चेलिहरुको उद्धार गरेको थियो ।
माईती नेपाल शाखा प्रमुख प्रभा खनालले पछिल्लो समया अनेक वाहनामा चेलिवेटि बेविखनका विभिन्न तरिकाहरु अपनाउदै गएको बताएकी छिन । उनले विभिन्न भारतिय सिनेमा खेलाईदिने बाहनामा  समेत चेलिबेटीहरु बेच विखन हुदै आएको बताईन ।
केही दिन अगाडी दोलखा लादु गाविस वडा नं. २ बस्ने २७ वर्षिय कृष्ण घिमिरे, रुपन्देही पडसरी–१ का छुबहादुर गुरुङ र झापा सतासी गाविस–५ निबासी २८ वर्षिय मुकेश शाहलाई प्रहरीले पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको छ । बेचबिखनका लागि लैजान लागिएका युवतीहरु एउटै गाउका १७ देखि २० वर्ष उमेरका थिए । उनीहरु माईती नेपालको सरक्षणमा रहेका छन । उनीहरुलाई आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेका छन । 
केही दिन अगाडी माईती नेपालले पनि भारतमा सिनेमा खेलाउन जैजाने भन्दै बेचविखनको लागि लैजादै गर्दा भारतिय प्रहरीको सहयोगमा ६ जना पोखराका  चेलीहरुलाई उद्धार गरिएको माईती नेपालकी अध्यक्ष प्रभा खनालले जानकारी दिएका थिईन ।
प्रहरीले पक्राउ गरेका मध्ये घिमिरे आफ्नै गाउँका छिमेकी रहेको युवतीहरुले बताएका छन् ।  उनीहरुलाई भैरहवाको नाका बाट  भारततर्फ पठाउनको लागि संभव नभएपछि मानव तस्कररुहले काकट्भिट्टा पु¥याउने प्रयास गरिएको छ । ‘हामीलाई दिल्ली हुँदै दुबई लैजाने भनेर ल्याइएको हो, काँकडभित्ता जाने भन्ने थाहा थिएन”–उद्दार गरिएकी एक तामाङ्ग थरकी युवतीले प्रहरी संग बताएकी थिईन ।
युवतीहरुलाई दिल्ली लैजाने भनेर भैरहवा बसपार्कबाट काँकडभित्ताको टिकट काटिएको थियो । उनीहरुलाई अभियुक्त घिमिरेले दुबई पठाउने भन्दै दोलखाबाट काठमाडौं ल्याएका थिए ।
  उनीहरुलाई काठमाडौंको ठमेलमा रहेको आफ्नो डेरामा उनले घरबाहिर ननिस्कन भन्दै चार दिनसम्म राखेका थिए । काठमाडौं एअरपोर्टबाट दिल्ली लैजाने बताएका उनले उमेर नपुगेकाले एअर पोर्ट छिर्न दिएन भनेर बसबाट रुपन्देहीको पडसरीस्थित शोभा गुरुङको घरमा ल्याएका थिए ।
  उनको घरमा तीन दिन राखेपछि शोभाका श्रीमान् छुबहादुर गुरुङले चारैजना युवतीको काँकडभित्ताको टिकट काटी मुकेश शाह मार्फत पठाउने तयारी गरेका थिए । त्यसक्रममा प्रहरीले युवतीहरुलाई गुरुङकै घरबाट गाडी चढ्न निस्कंदै गर्दा उद्दार गरेको हो । प्रहरीका अनुसार शोभा यसअघि बेचबिखनकै अभियोगमा जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परी छुटेकी थिइन् । “सुरक्षित तरिकाले भारत पु¥याउन काँकडभित्ताको नाका प्रयोग गर्न खोजेको देखिन्छ”–वडा प्रहरी कार्यालय अञ्चलपुरका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले भने ।
  पीडित युवतीहरुले आफूहरुको राहदानी गाउँकै छिमेकी अभियुक्त घिमिरेले काठमाडौंबाट बनाइदिएको बताएका छन् । पक्राउ परेका मध्ये गुरुङले भैरहवाबाट काँकडभित्ता पठाएबापत प्रतिव्यक्ति ४० हजार रुपैयाँ दिने गरी सहमति बनेको बताए । प्रहरीले अभियुक्तहरुलाई थप अनुसन्धानका लागि आइतबारै जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । उनीहरुलाई मानव बेचबिखन ऐन अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक पाण्डेले बताए ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ