दशैमा अवधीभरमा ३ हजार ३ सय ३६ सवारीसाधान कारवाहीमा ६ लाख ४९ हजार ८ सय राजश्व संकलन

कृष्ण खनाल
भैरहवा, ३ कात्तिक ।

 विगतका बर्षहरुमा जस्तै यस बर्षको दशैमापनि ट्राफिक नियम उलंघनका घटनाहरुमा कमी आएन । खासगरी दशैको विदा सुरु भएको दिन असोज २५ गते देखि कात्र्तिक १ गतेसम्म विभिन्न बाहनामा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुले  ट्राफिक नियम उलंघन गरेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
 सवारी साधानहरुको छतमा यात्रुहरु ओर्सार्ने, क्षमता भन्दा बढि यात्रुहरु बोक्ने तथा तोकिएको मापदण्ड विपरित सवारीसाधन संञ्चालन गरेको भन्दै दशंै अवधीभरमा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुलाई कावारही गरि ६ लाख ४९ हजार ८ सय राजश्व संकलन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी सुशिल यादबले जानकारी दिए ।
उनका अनुसार गत बर्षको भन्दा यस बर्ष ट्राफिक व्यवस्था चुष्त दुरुस्त बनाएको कारण केही मात्रामा भएपनि ट्राफिक नियम उलघंनका घटनाहरुमा कमी थिए । ‘ठाउ“–ठाउ“मा हामीले विशेष व्यवस्था गर्नुको साथै कारवाहीको प्रक्रिया पनि कडाईसाथ लागू गरेका थियौं जसले केही कमी आएको छ ।’–बुटवल टुडेसंगको  कुराकानीमा एसपी  यादबले भने–‘केही हदसम्म घटनामा कमी आएको हामीले पाएका छौ ।’ उनले यस क्षेत्रमा त्यस्तो कुनै ठुलो अथवा अप्रीय दुर्घटनासमेत नभएको जानकारी दिए ।
खासगरी पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लाहरुको दश“ै अवधीभरमा सबैभन्दा बढि मोटरसाईकल ले ट्राफिक नियम उलघंन गरेका घटना छन । उक्त अवधीभरमा १ हजार ४९ वटा मोटरसाईकले ट्राफिक नियम उलघंन गरेका छन भने सबैभन्दा कम २ सय ८८ वटा ट्रयाक्टरले ट्राफिक नियम उलंघनगरेर कारवाहीमा परेका छन ।  जुन तथ्याङक लुम्बिनी, गण्डकी र धौलागीरी अञ्चलको मात्र हो । लुम्बिनी अञ्चलका अर्घाखा“ची, गुल्मी, पाल्पा, कपिलबस्तु, नवलपरासी  र  रुपन्देही, गण्डकी अञ्चलका गोराख, तनहु, मनाङ्ग, लम्जुङ्ग, कास्की र स्याङ्जा, धौलागीरी अञ्चलका पर्वत, म्याग्दी, मुस्ताङ्ग र बाग्लुङ्ग जिल्लामा ट्राफिक नियम उलंघन गर्नेहरुलाई पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालयले कारवाही गर्ने गर्दछ ।

पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका सहायक लेखा अधिकृत बाबुराम कु“वरका अनुसार दशै अवधीभरमा सबैभन्दा बढि मोटरसाईकल १ हजार ४९ वटाले  ट्राफिक नियम उलघंन गरेका छन । भने मोटरसाईकल चालक कारवाहीबाट सबैभन्दा बढि २ लाख २६ हजार ६ सय रुपैया राजश्व  संकलन भएको छ । त्यस्तै ट्राफिक नियम उलघंन गर्ने दोस्रो नम्बरमा ट्रकचालक रहेको छन । सो अवधीमा कुल ७ सय ६८ वटा ट्रकचालकहरुले ट्राफिक नियम मिचेर कारवाहीमा  परेका छन । उक्त कारवाहीमा १ लाख २७ हजार ४ सय ५० रुपैया राजश्व संकलन भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको कार तथा बस का सवारी चलाक (त्रिपल एक्स) ६ सय ६६ वटाले ट्राफिक नियम मिचेका छन । उक्त कारवाहीमा १ लाख ४६ हजार ३ सय रुपैया राजश्व संकलन भएको छ ।

त्यस्तै ५ सय ६५ वटा बस चालकलेपनि  नियम विपरित नै सञ्चालनमा भएको पाइएको छ । जसको कारवाहीबाट पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले १ लाख ३९ हजार ५० रुपैया राजश्व   संकलन गर्न  सफल भएको छ । त्यस्तै ट्रयाक्टर २ सय ८८ वटाले नियम उलघंन गरेका छन । जसको कारवाहीबाट ४५ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
सार्वजानिक यातायाताका साधानहरुले ट्राफिक प्रहरी वा नेपाल प्रहरी देखेको समयमा छतमा राखेका यात्रुहरु ओर्राले र केही समय  यात्रुहरुलाई  हिडाए पछि यात्र भित्र कोचेर यात्रा गराएपछि पुन छतमा चढाउने गरेका दृश्यहरु यसपटकको दशै अवधिमा प्रष्टै देखिन्थ्यो । यती मात्र होईन एउटै सिटको टिक ४ जना सम्म मानिसहरुलाई दिएको कारण यात्रुहरुले सास्ती खेप्नुको साथै  बसको गल्लीमा उभिएर यात्रा गर्नु पर्द आक्रोशित समेत देखिएका थिए ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ