Posts

सुखौरा सामुदायिक वनमा ‘अबैध’ समिति

कृष्ण खनाल बुटवल, १३ भदौ। उपभोक्तालाई नियममा बाँध्नका लागि बनेको सामुदायिक बनको उपभोक्ता समिति नै अबैध भएको भेटिएको छ । अबैध रूपमा जन्मिएको उक्त समितिले सामुदायिक वनमा आफ्नै बिधानविपरीत काम गर्दै आएको छ । समितिले सामुदायिक वनको संरक्षणको नाममा बिनाशजन्य गतिविधि गरिरहेको छ । व्यक्तिगत लाभका लागि पदाधिकारीहरूले लोभजन्य आर्थिक कारोबार गरिरहेका छन् । सामुदायिक वनलाई स्थानीय टाठाबाठा भनाउँदाहरूले बाँडीचँुडी खाने भाँडो बनाउँदै गएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।  रूपन्देहीको मक्रहर गाविस १ देखि ९ मा रहेको सुखौरा हरियाली सामुदायिक वनमा उपभोक्ता समितिमा यस्तै गतिबिधि भेटिएको छ । समूहले बनाएको विधानविपरीत उक्त वन उपभोक्ता समिति गठन भएको देखिएको छ । मक्रहर गाविस १ देखि ९ का बासिन्दाहरूको २०६६ सालमा आम भेला गरी निर्माण गरेको विधानलाई लत्याउादै अबैध समिति गठन भएको छ । केही महिना अघि गठन भएको समितिमा राजनीतिक सहमतिका नाममा नियम मिचेर समिति बनाइएको छ ।  वि.स.२०६६ सालमा निर्माण भएको विधानमा स्पष्टसँग कार्यसमितिमा बस्ने व्यक्ति स्थानीयस्तरमा कुनै पनि पार्टीको नेतृत्व नगरेको र कुनै पन...

विदेशको भगाई स्वदेशमा कमाई

कृष्ण खनाल बुटवल   (शुभ मंगल विशेष  ) करिव ५ बर्ष सम्म खाडी मुलुकमा पसिना बगाएपछि कपिलबस्तु जिल्ला चान्द्रौटा वार्ड नम्बर ९ का देवप्रकाश न्यौपाने अव कहिल्यै विदेशको भुमिमा गएर पसिना नबगाउने प्रण गरे । कतारमा अटो मेकानिक्कल सम्बन्धी कम्पनीका काम गरेका न्यौपानेले अहिले ५ बर्ष सम्म विदेशको भुमिका सिकेको सीप प्रयोग गरेर स्वदेशमा राम्रो आम्दानी गरेका छन् । भर्खरै मात्र २७ बर्षमा लागेका न्यौपाने युवा व्यवसायी हुन् । विदेशमा गएर पसिना बगाएपछि अहिले उनले आफ्नै लगानीमा मोटरसाईकल मर्मत गर्ने तथा  मोटरपार्टस् सेन्टर खोलेर राम्रो आम्दानी गर्दै आएका छन । ‘ पा“च बर्ष सम्म विदेशमा गएर पसिना बगाए तर अव आफ्नै देशम केही गर्नको लागि लागेको छु ।’ बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अव विदेको भमी पनि टेक्दिन ।’  कतारमा जादा उनको सुरुका दिन अत्यन्तै कष्टप्रदरुपमा विते । करण थियो उनले यहा मेकानिकलको काम पुर्ण रुपमा जानको थिएन्न । ठुला गाडीहरुको केही मात्र काम जानेका उनलाई त्यहाको प्रविधी र हवापानी वातावरणसंग घुलमिल हुन उनलाई धेरै समय लाग्यो । तर केही समय कडा परिश्रम गरेपछि उनले त्य...

योजना अघि बजेट पछि

कृष्ण खनाल बुटवल, ११ भदौ । बेलैमा काम भएको भए यतिखेर बुटवल खानेपानी सुदृढीकरण आयोजना पूरा भएको दुई वर्ष भइसक्थ्यो । नगरबासी खानेपानीको हाहाकारबाट मुक्त भइसक्थे ।  आयोजनाको पहिले छनौट भएको मुहानमा समस्या, टेण्डर प्रक्रिया र बजेट निकासामा भएको ढिलाईले खानेपानी आयोजना पूरा हुने समय अनिश्चित छ । २० करोड रूपैयाँको यो आयोजना सुरु भएको चार वर्ष बितिसकेको छ । धेरै आयोजनाको अवस्था बुटवल खानेपानी सुदृढीकरण आयोजनाको जस्तै छ । बुटवललाई नमुना शहर बनाउन अघि सारेका आयोजना कतिपय सुस्त गतिमा अघि बढेका छन् । कतिपय धमाधम भइरहे पनि बेलैमा सकिने छाँटकाँट छैन ।  पाँच वर्षअघि बुटवलमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने ठूलै हल्ला चल्यो । सिटीहलका लागि काम अघि बढ्न सकेको छैन । आर्थिक बर्ष २०७०÷७१ मा सरकारले सिटी हल बनाउनको लागि निश्चित बजेट विनियोजन गरेको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । एउटा अन्तर्राष्ट्रिय स्तरको हल र अन्य दुईवटा साना सिटीहल सहित विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने भनेर नक्सा समेत स्वीकृत भैसकेको बुटवल नगरपालिकाले जनाएको छ ।  ‘बुटवल मण्डप गुरुयोज...

फुटबलमा समर्पित गाउँ,प्रत्येक घरबाट गच्छे अनुरुपको सहयोग

Image
कृष्ण खनाल बुटवल, १७ भदौ ।  एक महिनासम्म सिं गाउ“ नै फुटबलमा समर्पित हुन्छ । ‘हामीलाई त यो दशंै आए जस्तो हो ।’ अधिकांश स्थानीयको साझा भनाइ हो यो । आर्थिक रुपमा सबल भएको परिवारले नगद र नहुनेले श्रम दिएर सहयोग गर्दछन ।  यो परम्परा चलेको आज होईन करिब २७ बर्ष भन्दा बढी नै भैसक्यो । बुटवलबाट केही किलोमिटर दक्षिण लागेपछि आउने  रुपन्देहीको आनन्दवन गाविस वडा नम्बर–६ मा रहेको कुञ्जलापुर गाउ“ले आफ्नो पहिचान नै फुटवल गा“उ बनाएको छ । यो सिंङ्गो गाउँमा अबको करिब एक महिना मेला पर्व आएजस्तो हुनेछ । करिब २७ बर्ष अघिदेखि निरन्तररुपमा आयोजना हुँदै आएको झरना रनि· शिल्ड फुटबल प्रतियोगिता आयोजनामा सिंगो  गाउँ नै  समर्पित भएर लागेको छ । करिब २ सय ५० घरधुरी रहेको उक्त  गाउ“का प्रत्येक घरबाट कम्तिमा  ३ सय रुपैयाँ संकलन गरिएको छ  फुटबल आयोजना गर्नको लागि ।  राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता हुने प्रतियोगिताको सुरुवात  वि.स.२०२७ सालमा भएको जानकारहरु बताउँछन् ।  झरना क्लबका  संस्थापक खेलाडी ६० बर्षीय पदम बहादुर थापा ...

एमाओवादीका जोगी

Image
कृष्ण खनाल  बुटवल/शुभारम्भ  शुक्रबार बुटवल बहुमुखीको महोल नितान्त भिन्दै थियो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नको लागि भनेर केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपछि बिहानै देखि सुरक्षा निकायका कर्मचारीहरू चाँजोपाँजो मिलाउनमा व्यस्त थिए भने एमाओवादी कार्यकर्ताहरू पनि लागिरहेको देखिन्थो। दिउँसो करिब साढे १ बजेबाट सुरु भएको एकीकृत नेकपा माओवादीको चुनावी सभामा सुरुमा एक जना केन्द्रीय सदस्यले स्वागत भाषण गरेपछि पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहड चल्यो। अवध–मधेस राज्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यकर्ता ओसार्नको लागि नवलपरासी, कपिलबस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानबाट दर्जनांै गाडीहरू प्रयोग गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांस मधेसी समुदायका मानिसहरू थिए। कार्यक्रममा पार्टी प्रवेशको नामावली पढ्ने जिम्मा पाएका कमल चु“दालीले लामो लिष्ट नै वाचन गरे। अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गर्नेहरूको लामो लाईन नै लाग्यो। त्यही लाईनमा एकजना साधु अर्थात् जोगी समेत देखिए। उनी लाईनमा बसेकै बे...

दाताको रकमबाट व्याक्तीगत घडेरी

Image
कृष्ण खनाल    बुटवल, ५ भदौ ।  अपाङ्गता र कुष्टरोगी तथा विभिन्न विपन्न समुदायको लागि काम गर्ने भनेर स्थापना भएको बुटवल–५ ज्वोतिपथमा रहेको नया“ जिवनको लागि हातेमालो नामक संस्थाले विदेशीबाट आएको डोनरबाट व्याक्तिगत रुपमा  नाममा घडेरी किनेको छ ।   विदेशी संस्थाहरुले विपन्नता, अपाङ्गता र कुष्टप्रभावितहरुको लागि भनेर सहयोग गरेको रकमलाई सम्बन्धीत क्षेत्रमा खर्च नगरी ‘रिर्जभ फण्ट’ बनाएर उक्त संस्थाका अध्यक्ष, सचिव  र सदस्यले संयुक्त रुपमान जग्गा किनेका हुन । उनीहरुले करिव ४४ लाख रुपैयाबाट बुटवल देविनगर ९ ख मा  जग्गा किनी व्यक्तिगत रुपमा दर्ता समेत गरेको  प्रमाण बुटवल टुडेलाई प्राप्त भएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र गौतम, सचिव सरला भुषाल  र सदस्य खेम प्रसाद थापाले गत माघ महिनामा  ९  धुर ३ अना ४ पैसा विवरणको जग्गा किनेका हुन् ।  यसरी डोनरको रकमबाट व्याक्तिहरुले घडेर किनेपछी वास्तविक व्यायिक्तीहरु भने डोनरको सहयोगबाट लाभाविंत हुन सकेका छैन्न ।   जिल्ला मालपोत कार्यालय  रुपन्देहीमा रजिष्टेशन दर्ता नम्बर २२८४...

पशुबधशाला नभएपनि पुर्णाङ्क,सञ्चालको अवस्था अन्यौल

Image
कृष्ण खनाल  बुटवल, असार ।   बुटवलमा आधुनिक पशुबधशाला निर्माण गर्ने भनेर सुरु भएको  योजना  ५ बर्ष पुरा हुदा समेत पुरा हुन सकेको छैन । आज भन्दा करिव ५ बर्ष पहिला  बुटवल १२ रामनगरको धागो कारखाना नजिकै आधुनिक सुविधा सम्पन्न पशु बधसाला निर्माण  गर्नको लागि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको भएपनि हाल सम्म बधशालाको निर्माको काम पुरा भएको छैन् । अहिलेसम्म पशुबधशाला काम पुरा भएको छैन । यसरी पशु बधशालानै निर्माण नभएको अवस्थामा नेपाल सरकारको कार्यासम्पादन तथा मुल्याङ्कनमा बुटवल नगरपालिकाले २ अंकभारमा २ नै अंक प्राप्त गरेको छ ।  नेपालका कुल ५८ वटा नगरपालिका मध्ये  नेपाल सरकार स्थानिय  निकाय वित्तिय आयोगको सचिवालयबाट आर्थिक बर्ष २०६८÷०६९ मा सालको प्रतिवेदन अनुसार न्युनतम शर्त तथा कार्यसम्पादन मापन परिणम अनुसार एक नम्बरमा आएको हो ।  उक्त प्रतिवेदन अनुसार कुल ९१ अंक प्राप्त गरी बुटवल नगरपालिका प्रथम भएको उल्लेख गरिएको छ । शरही आधारभुत...