योजना अघि बजेट पछि


कृष्ण खनाल
बुटवल, ११ भदौ ।
बेलैमा काम भएको भए यतिखेर बुटवल खानेपानी सुदृढीकरण आयोजना पूरा भएको दुई वर्ष भइसक्थ्यो । नगरबासी खानेपानीको हाहाकारबाट मुक्त भइसक्थे । 
आयोजनाको पहिले छनौट भएको मुहानमा समस्या, टेण्डर प्रक्रिया र बजेट निकासामा भएको ढिलाईले खानेपानी आयोजना पूरा हुने समय अनिश्चित छ । २० करोड रूपैयाँको यो आयोजना सुरु भएको चार वर्ष बितिसकेको छ । धेरै आयोजनाको अवस्था बुटवल खानेपानी सुदृढीकरण आयोजनाको जस्तै छ । बुटवललाई नमुना शहर बनाउन अघि सारेका आयोजना कतिपय सुस्त गतिमा अघि बढेका छन् । कतिपय धमाधम भइरहे पनि बेलैमा सकिने छाँटकाँट छैन । 
पाँच वर्षअघि बुटवलमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने ठूलै हल्ला चल्यो । सिटीहलका लागि काम अघि बढ्न सकेको छैन । आर्थिक बर्ष २०७०÷७१ मा सरकारले सिटी हल बनाउनको लागि निश्चित बजेट विनियोजन गरेको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । एउटा अन्तर्राष्ट्रिय स्तरको हल र अन्य दुईवटा साना सिटीहल सहित विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने भनेर नक्सा समेत स्वीकृत भैसकेको बुटवल नगरपालिकाले जनाएको छ । 
‘बुटवल मण्डप गुरुयोजना’ नाम दिएर पूर्वाधार विकासको काम अगाडि बढाउने भनिएको उक्त आयोजनाको काम द्रूत गतिमा अगाडि बढ्न सकेको छैन । बुटवल मण्डपलाई पर्खाल लगाएर घेर्नुबाहेक अन्य निर्माणको काम अघि बढेको छैन । केही वर्ष पहिला सार्वजनिक गरेको नक्सा अनुसार निर्माण गर्ने भनेको बुटवल मण्डप गुरुयोजनाको जग्गाको क्षेत्रफल भन्दा बढी क्षेत्र ओगट्ने भएको कारण विवादमा समेत तानिएको छ । बुटवल नगरपालिकाले निर्माण गरेको गुरुयोजना पहिला स्वीकृत नगरिएको र पछि सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको गुरुयोजना यथार्थ क्षेत्रफल भन्दा बढी भएको कारण गुरुयोजना स्वीकृत भई काम अघि बढ्न सकेको छैन । ‘गुरुयोजनाअनुरूप काम सुरु हुन नसक्नुको प्रमुख कारण समयमै बजेट प्राप्त नभएकोले हो’, बुटवल नगरपालिकाका अधिकृत रामप्रसाद अर्यालले भने । 
सिटी हलको लागत ७८ करोड रूपैंया अनुमान गरिएको छ । केही वर्ष अघि बुटवल नगरपालिकाले नक्सा समेत सार्वजनिक गरेको थियो । चालु आर्थिक बर्ष २०६९÷०७० मा केन्द्रीय सरकारसँग ५० करोड रूपैयाँ र अघिल्लो आर्थिक बर्ष २०६८÷०६९ मा ५० करोड रूपैयाँ र आर्थिक २०६७÷०६८ मा पनि ५० करोड रूपैया बुटवल नगरपालिकाले केन्द्रसँग माग गरेको थियो । राष्ट्रिय योजना अयोगले आयोजना स्वीकृत गरी नगरपालिकाले माग गरेको रकम विनियोजन गर्न चासो नदिएको बुटवल नगरपालिकका योजना अधिकृत अर्यालको भनाइ छ । 
बुटवल मण्डपमा नगरपालिकाले अहिलेसम्म पर्खाल लगाउन, खानेपानीको बोरिङ्ग गाड्ने, विद्युतीकरण गर्ने र समान्य ग्राभेल गर्ने काममा साढे २ करोड रूपंैया लगानी गरिसकेको छ । बुटवलमा पर्यटन पवद्र्धन गर्न बुटवल नगरपालिकाले हिलपार्क गुरुयोजना अघि सारेको दसक नाघेको छ । बजेटको अभावले हिलपार्क गुरुयोजनामा विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । ‘बजेट अभावले हिलपार्कमा गर्न खोजेका काम अघि बढाउन सकिएको छैन–बुटवल नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका हिलपार्क विकास परिषदका पुर्वअध्यक्ष भोज प्रसाद श्रेष्ठले भने । 
हिलपार्क गुरुयोजना अन्र्तगत हिलपार्क–लक्ष्मीनगर गुरुयोजनाको लागि आर्थिक वर्ष २०६९÷०७०मा ५० लाख र सोही आर्थिक बर्षमै हिल हारवेस्टीङ्ग पोण्ड हिल पार्कको लागि ५० लाख रूपैया केन्द्रीय निकायसंग बुटवल नगरपालिकाले बजेट माग गरेको थियो । 
त्यस्तै बुटवलको अर्को आयोजना आकाशे पुल निर्माण पनि अघि बढ्न सकेको छैन । अहिले त्यसको संभाव्यता अध्ययन भैरहेको छ । बर्सेनी हुने सवारीसाधनको बढ्दो चाँपलाई मध्यानगर गर्दै आकाशे पुल निर्माणको आयोजनालाई अघि बढाउन खोजिएको हो । बुटवलको राजमार्ग चौराह, मिलनचोक र अस्पताल लाईनमा लगायतका स्थानहरूमा आकासेपुल निर्माण गर्ने योजना छ । उक्त योजनाको लागि आर्थिक वर्ष २०६८÷०६९ मा १ करोड रूपैंया माग गरिएको भएपनि बजेट प्राप्त नहुंदा उक्त योजना पनि आश मात्रको योजना बन्न पुगेको हो । 
बुटवल नगरपालिका अनुसार उक्त योजनाको आर्थिक वर्ष २०६७÷०६८ मा १ करोड र लागि चालु आर्थिक बर्ष २०६९÷७० मा केन्द्रीय सरकारसँग बजेट माग गरिएको भएपनि अहिले सम्म बजेट प्राप्त हुन सकेको छैन । त्यस्तै समयमै बजेट प्राप्त नहँुदा प्रभावित बनेको आयोजना हो बुटवल–१३ देवीनगरमा रहेको एन्फा एकेडेमी स्टेडियम निर्माण । बुटवल नगरपालिकाका योजना अधिकृत रामप्रसाद अर्यालले प्रत्येक बर्ष नगरपालिकाले योजना बनाउँदा केन्द्रसँग बजेट माग गर्दै आएको छ । नगरपालिकाले गत आर्र्थिक बर्ष २०६८÷०६९मा २ करोड रूपैयाँ माग गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०६७÷०६८ मा २ करोड र २०६८÷६९ मा २ करोड र गत आर्थिक वर्ष २०६९÷७० मा पनि २ करोड रूपैयाँ नगरपालिकाले माग गरेको थियो । 
अर्को कागजमा मात्रै सीमित भएको आयोजना हो बुटवलको बेलवास–नुवाकोट–झुम्सा शान्ति मार्ग । चालु आर्थिक वर्षमा ३ करोड, अघिल्लो आर्थिक वर्ष २०६८÷६९ मा ५ करोड र आर्थिक वर्ष २०६७÷०६८ मा ५ करोड रूपैयाँ नगरपालिकाले सरकारसँग माग गरेको थियो । शान्तिमार्गको चर्चा मात्रै भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबाको पहिरोका कारण दजर्नौ मानिसले ज्यान गुमाउनु परेको छ । जुन सडकलाई बुटवल–पाल्पा सडकको विकल्प सडकको रूपमा लिइएको छ । बुटवलको राजमार्ग चौराहा देखि धागो कारखाना सम्मको सडक चारलेन सडकको रूपमा विस्तार गर्ने योजना पनि अहिले सम्म सुरु हुन सकेको छैन । बर्सेनि करोडौं रूपैयाँ केन्दमा माग गरेपनि नआएपछि उक्त योजना पनि अलपत्र परेको छ ।
बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सभा हल, ६ लेनको सडक, हिलपार्क उद्यान , आकाशेपुल र स्टेडियमको विकास गर्न सके बुटवल नमूना सहरको रूपमा विकास हुनेछ । ‘अघि सारिएका यी आयोजना समयमै पूरा गर्न सरोकारवाला निकायले ध्यान दिन सके बुटवल साच्चिकै नमुना सहरको रूपमा विकसित हुने छ स्थानीय खिम प्रसाद श्रेष्ठले भने । 
http://butwaltodaynews.com/index.php?listId=1336

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ