पशुबधशाला नभएपनि पुर्णाङ्क,सञ्चालको अवस्था अन्यौल



कृष्ण खनाल 

बुटवल, असार । 
बुटवलमा आधुनिक पशुबधशाला निर्माण गर्ने भनेर सुरु भएको  योजना  ५ बर्ष पुरा हुदा समेत पुरा हुन सकेको छैन । आज भन्दा करिव ५ बर्ष पहिला  बुटवल १२ रामनगरको धागो कारखाना नजिकै आधुनिक सुविधा सम्पन्न पशु बधसाला निर्माण  गर्नको लागि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको भएपनि हाल सम्म बधशालाको निर्माको काम पुरा भएको छैन् । अहिलेसम्म पशुबधशाला काम पुरा भएको छैन । यसरी पशु बधशालानै निर्माण नभएको अवस्थामा नेपाल सरकारको कार्यासम्पादन तथा मुल्याङ्कनमा बुटवल नगरपालिकाले २ अंकभारमा २ नै अंक प्राप्त गरेको छ । 
नेपालका कुल ५८ वटा नगरपालिका मध्ये  नेपाल सरकार स्थानिय  निकाय वित्तिय आयोगको सचिवालयबाट आर्थिक बर्ष २०६८÷०६९ मा सालको प्रतिवेदन अनुसार न्युनतम शर्त तथा कार्यसम्पादन मापन परिणम अनुसार एक नम्बरमा आएको हो । 
उक्त प्रतिवेदन अनुसार कुल ९१ अंक प्राप्त गरी बुटवल नगरपालिका प्रथम भएको उल्लेख गरिएको छ । शरही आधारभुत सेवा व्यवस्थापन शिर्षक अन्र्तगत कुल १८ अंक आएकोमो मासु तथा पशु बधशालाको व्यवस्था मा भारती अंक २ मा २ नै प्राप्त गरेको छ । तर बुटवलनगरपालिका भित्र पशुबधशालाको व्यवस्थानै नभई पुर्णाङ्क प्राप्त गर्नु आफैमा अचम्मको कुरा भएको छ । 
उता, बुटवल नगरापालिकका योजना अधिकृत राम प्रसाद आर्याल ले यसको  कहिलेबाट पशुवधशाला सञ्चालन हुने हो ।  अहिले के कति काम सम्पन्न भैईसकेको छ भन्ने विषयमा आफुलाई विस्तृत जानकारी नभएको बताए ।  केही समय अगाडी बुटवल नगपालिकामा कसरी पशुबधशाला सञ्चालन गर्ने भन्ने विषयमा  छलफल भएको र आफु उक्त छलफलमा सहभागी हुन नपाएको कारण आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । उनले यसको बारेमा नगरपालिकका बरिष्ठ ईन्जीनियर गौतम रौनीयारलाई सम्पर्क गर्नको लागि आग्रह गरेका थिए । तर, बुटवल नगरपालिकका बरिष्ठ ईन्जिनियर रौनियारले पनि अहिले बुटवल नगरापालिका संग बजेट नभएको कारण काम पुरा हुन नसकेको जानकारी गराए र उनले यसको बारेमा विस्तृत जानकारी नभएको बताएका छन । 
बुटवलमा पशु बधसाला निर्माणको लागि सुरुमा ५ करोडको बजेट माग गरिए पनि तत्कालको लागि डेढ करोडको लागानीमा बधशाला निर्माण शुरु गरिएको थियो ।  

डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो । पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएको जनाईएको छ । तर बुटवलका बासिन्दाहरुले भने बधसालाको अभावमा उपभोत्ताहरुले अस्वथ्य मासुखाना बाध्य छन ।
 केही  समय अगाडी बुटवलमा गरेको अनुसन्धान तथा अनुगमनमा पछि निकालिएको एक प्रतिबेदनले बुटवलका ३ सय १५ मासु पसल अस्वस्थकर रहेको उल्लेख छ भने खसीको मासु भन्दै ९० प्रतिशत बाख्रीको  मासु बेच्ने गरेको माशु  व्यवसायी संघले गरेको अध्यायन प्रतिवेदनमा उल्लेख गरेको छ । 
बुटवलमा बधशाला नबनेकै कारण  दैनिक बध हुने २५ सय पशुंपÔीहरु अस्वस्थकर रुपमा बध गरिएका छन् । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक २ सय वटा खसी, २ हजार वटा कुखुरा,४० वटा रागाभैसी तथा ५ वटा बंगुर र करिव ५ सय केजी बराबरको माछा बध गरिन्छ । त्यस मध्ये करिव ७५ प्रतिशत मासु अस्वस्थकर रहेको पशुचिकित्कसकहरु बताउछन् । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ