Posts

एमाओवादीका जोगी

Image
कृष्ण खनाल  बुटवल/शुभारम्भ  शुक्रबार बुटवल बहुमुखीको महोल नितान्त भिन्दै थियो। एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्नको लागि भनेर केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेपछि बिहानै देखि सुरक्षा निकायका कर्मचारीहरू चाँजोपाँजो मिलाउनमा व्यस्त थिए भने एमाओवादी कार्यकर्ताहरू पनि लागिरहेको देखिन्थो। दिउँसो करिब साढे १ बजेबाट सुरु भएको एकीकृत नेकपा माओवादीको चुनावी सभामा सुरुमा एक जना केन्द्रीय सदस्यले स्वागत भाषण गरेपछि पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहड चल्यो। अवध–मधेस राज्य समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यकर्ता ओसार्नको लागि नवलपरासी, कपिलबस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानबाट दर्जनांै गाडीहरू प्रयोग गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांस मधेसी समुदायका मानिसहरू थिए। कार्यक्रममा पार्टी प्रवेशको नामावली पढ्ने जिम्मा पाएका कमल चु“दालीले लामो लिष्ट नै वाचन गरे। अध्यक्ष पुष्पकमल दाहालको हातबाट टिका लगाएर पार्टीमा प्रवेश गर्नेहरूको लामो लाईन नै लाग्यो। त्यही लाईनमा एकजना साधु अर्थात् जोगी समेत देखिए। उनी लाईनमा बसेकै बे...

दाताको रकमबाट व्याक्तीगत घडेरी

Image
कृष्ण खनाल    बुटवल, ५ भदौ ।  अपाङ्गता र कुष्टरोगी तथा विभिन्न विपन्न समुदायको लागि काम गर्ने भनेर स्थापना भएको बुटवल–५ ज्वोतिपथमा रहेको नया“ जिवनको लागि हातेमालो नामक संस्थाले विदेशीबाट आएको डोनरबाट व्याक्तिगत रुपमा  नाममा घडेरी किनेको छ ।   विदेशी संस्थाहरुले विपन्नता, अपाङ्गता र कुष्टप्रभावितहरुको लागि भनेर सहयोग गरेको रकमलाई सम्बन्धीत क्षेत्रमा खर्च नगरी ‘रिर्जभ फण्ट’ बनाएर उक्त संस्थाका अध्यक्ष, सचिव  र सदस्यले संयुक्त रुपमान जग्गा किनेका हुन । उनीहरुले करिव ४४ लाख रुपैयाबाट बुटवल देविनगर ९ ख मा  जग्गा किनी व्यक्तिगत रुपमा दर्ता समेत गरेको  प्रमाण बुटवल टुडेलाई प्राप्त भएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र गौतम, सचिव सरला भुषाल  र सदस्य खेम प्रसाद थापाले गत माघ महिनामा  ९  धुर ३ अना ४ पैसा विवरणको जग्गा किनेका हुन् ।  यसरी डोनरको रकमबाट व्याक्तिहरुले घडेर किनेपछी वास्तविक व्यायिक्तीहरु भने डोनरको सहयोगबाट लाभाविंत हुन सकेका छैन्न ।   जिल्ला मालपोत कार्यालय  रुपन्देहीमा रजिष्टेशन दर्ता नम्बर २२८४...

पशुबधशाला नभएपनि पुर्णाङ्क,सञ्चालको अवस्था अन्यौल

Image
कृष्ण खनाल  बुटवल, असार ।   बुटवलमा आधुनिक पशुबधशाला निर्माण गर्ने भनेर सुरु भएको  योजना  ५ बर्ष पुरा हुदा समेत पुरा हुन सकेको छैन । आज भन्दा करिव ५ बर्ष पहिला  बुटवल १२ रामनगरको धागो कारखाना नजिकै आधुनिक सुविधा सम्पन्न पशु बधसाला निर्माण  गर्नको लागि नेपाल सरकार र गोरखा कन्ट्रक्सनको विचमा २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ बैशाखमा बधशाला भित्रको भौतिक संरचना निर्माण गर्ने सम्झौता भएको भएपनि हाल सम्म बधशालाको निर्माको काम पुरा भएको छैन् । अहिलेसम्म पशुबधशाला काम पुरा भएको छैन । यसरी पशु बधशालानै निर्माण नभएको अवस्थामा नेपाल सरकारको कार्यासम्पादन तथा मुल्याङ्कनमा बुटवल नगरपालिकाले २ अंकभारमा २ नै अंक प्राप्त गरेको छ ।  नेपालका कुल ५८ वटा नगरपालिका मध्ये  नेपाल सरकार स्थानिय  निकाय वित्तिय आयोगको सचिवालयबाट आर्थिक बर्ष २०६८÷०६९ मा सालको प्रतिवेदन अनुसार न्युनतम शर्त तथा कार्यसम्पादन मापन परिणम अनुसार एक नम्बरमा आएको हो ।  उक्त प्रतिवेदन अनुसार कुल ९१ अंक प्राप्त गरी बुटवल नगरपालिका प्रथम भएको उल्लेख गरिएको छ । शरही आधारभुत...

अपाङ्गता भएकाहरुलाई भत्ता वितरण, बजेटभाषणमा एउटा, कार्यान्वयनमा अर्कै

Image
कृष्ण खनाल  बुटवल, ३०  साउन ।  अन्तरिम चुनावी मन्त्री परिषद्का अर्थमन्त्री शंकर कोईरालाको आर्थिक बर्ष २०७०/०७१ को बजेट भाषण बु“दा नम्बर १ सय ५६ मा सम्पुर्ण अपाङ्गता भएका व्याक्तिहरुलाई विगतका बर्षहरुमा प्रदान गर्दै आएको आरक्षण प्रणाली (कोटा सिस्टम ) लाई खारेजगरी सामाजिक सुरक्षाको भत्ता प्रदान गर्ने उल्लेख गरिएको छ ।  तर त्यसलाई प्रिन्टमा त्रुटि भएको भन्दै रातो कार्ड पाउने ‘क’ बर्ग र निलो कार्ड पाउने ‘ख’ बर्गका अपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षा अन्तर्गतको भत्ता वितरण गर्ने भनेर अहिले व्याख्या गर्न थालिएको छ । तर उक्त निर्देशन पनि जिल्ला स्तरमा आउदा ‘क’बर्गको रातो कार्ड पाएका अतिअक्तश अपाङ्गता भएका व्याक्तिहरुलाई मात्र सामाजिका सुरक्षाको भत्ता वितरण गर्नु भनेर आएको पाइएको छ। विगतका बर्षहरुमा आरक्षण प्रणाली अन्र्तगत अपाङ्गता भएका  व्याक्तिहरुलाई  सामाजिक सुरक्षा अन्र्तगतको भत्ता उपलब्ध गराउ“दै आएको थियो ।  आर्थिक बर्ष २०७०÷०७१ बाट आरक्षण प्रणाली खारेजगरेर सम्पुर्ण आपाङ्गता भएका व्याक्तिहरुलाई सामाजिक सुरक्षाको भत्ता दिने भनेर बजेट ...

कक्षा १२ को विज्ञान समुहको नजिता उत्साहजनक ग्लोरियसका सरोजको ८७.२७ प्रतिशत फर्साटिकर तिलोत्तमाको शतप्रतिशत

कृष्ण खनाल बुटवल, २९ साउन । उच्चमाध्यामिक शिÔा परिÈद्ले प्रकाशित गरेको  कÔा १२ को विज्ञान समुहको  परिक्षाफल प्रकाशन गरेको छ । २०७० बैशाख महिनाको १७ देखि २९ गते सम्म सञ्चालन भएको परिक्षामा नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत उत्र्तिण भएको उच्चमाध्यामिक शिÔा परिÈद् सानोठिमी भक्तपुरले जनाएको छ ।  यो बर्षको नतिजा गत वर्Èको भन्दा ३ प्रतिशतले बढी हो । गत बर्È कक्षा १२ को विज्ञान समुहबाट ७२ प्रतिशत परिक्षार्थी उत्र्तीण भएका थिए । देशभरबाट उक्त समुहमा नियमिततर्फ सहभागी ३३ हजार ५ सय  ६६ मध्ये  उत्र्तीण हुनेको संख्या २५ हजार २ सय ३६ छ । यसबर्ष परिषद्ले  २४ जनाको परीÔार्थीको नतिजा रद्द गरेको  जनाएको छ । एक्जाम्टेड तर्फ भने  ५१ दशमलव ४४ प्रतिशत परिक्षार्थी उतीर्ण भएका छन् । परीÔामा सहभागी ६ हजार ३ सय ४९ जनामध्ये ३ हजार २ सय ६६ जना उत्र्तीण भएका हुन । एक्जाम्टेड तर्फ ७ जना परिक्षार्थीहरुको परिक्षा फल रद्द गरिएको छ । उच्च माध्यामिक शिक्षा परिषद् बुटवलका अनुसार यस क्षेत्रको कक्षा १२ को विज्ञान समुहको नतिजा राम्रो देखिएको छ । परिषद्को बुटवल कार्यालय प्रमुख सुवास पन्...

पर्यटन प्रवद्र्धनको लागि १ सय ५१ फिटको हनुमान मुर्ति

कृष्ण खनाल  बुटवल, २७ साउन ।  बुटवलमा अन्तरिक तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटनहरु भित्र्याउने उदेश्यका साथ बुटवलमा विश्वकै सबैभन्दा  अग्लो हनुमानको मुर्ति स्थापना  हुने भएको छ । नेपाल विश्वकै सबैभन्दा अग्लो सिखर सगरमाथा भएको देश भनेर चिनिदै आएकोमा अब विश्वकै सबैभन्दाअग्लो हनुमानको मुर्ति भएको भएको देश  भनेर समेती चिनने भएको हो ।  विश्वकै अग्लो १ सय ५१ फिटको हुनुमानको मुर्ति स्थापनाको लागि संकटमोचन हनुमान धाम सेवा समितिले गुरुयोजनाको काम समेत सम्पन्न गरिसकको छ । धाम सेवा समितिका अध्यक्ष अशोक कुमार वर्माका अनुसार बुटवल–१४ तिजगढीमा हनुमानको मुर्ति स्थापनाको लागि अहिले गुरुयोजनाको  काम सम्पन्न भएको जानकारी दिए ।  उनले हनुमानको मुर्ति स्थापनाबाट यस क्षेत्रमा अन्तरिक तथा वाह्य पर्यटन आगमनका विशेष टेवा पु¥याउने बताएका छ । ‘हामीले धार्मीक सद्भाव कायम गर्नुको साथै विश्वको सामु नेपालम सबैभन्दा अग्लो हनुमानको मुर्ति छ भनेर चिनाउनको लागि समेत यो अभियान सुरु गरेका हौ ।’ उनले भने–‘यसको साथ साथै विश्वमा शान्तीको सन्देश समेत फैलाउने उदेश्य रहेको छ ।’ धामक...

युवाहरुको उदाहरणिय कार्य सिस्नो उत्पादन गर्दे युवाहरु

कृष्ण खनाल  बुटवल, २५ साउन । ‘संसार जित्ने मानिसहरुले कुनै नौलो काम गर्दैन्न तर त्यहि कामलाई नया“ ढंगले गर्दछन’ भन्ने भनाईलाई आत्मसाथ गर्दैै रुपन्देहीका केही युवाहरुले गाउ÷घरमा खेरा गईरहेको बनस्पतीलाई संकलनगरी  प्रशोधन गरेर अर्गानिक बस्तुहरु उत्पादन गरी राम्रो आम्दानी गरेर उदाहरणिय कार्य गरेका छन् ।  विभिन्न स्थानबाट बुटवलमा आई बसोवास गरेको स्नातक स्तरमा अध्यायन गर्दै आएका ६ जना युवाहरुले पहाडमा खेरा गएको  सिस्नु र पुदिनालाई शंकलन र प्रशोधन गरी धुलोको रुपमा उत्पादन गरी  मासिक रुपमा ४ देखि ५ लाख रुपैया समेत आम्दानी गर्दै आएका छन ।  बुटवल–१४ नया गाउमा साधना नेपाल ईण्डिष्ट्रीज नामको  संस्था स्थापना गरी पुर्णतया आर्गनिक सिस्नोको पाउडर, टिमुरको छोप, पुदिनाको धुलो, अदुवाको पाण्डर निर्माण गरी विक्रि वितरण गर्ने गरेको साधना नेपाल ईण्डिष्ट्रीजका अध्यक्ष हिमाल बेलवासेले  जानकारी दिए । उनका अनुसार स्नातकस्तरमा अध्यायन गर्दै आएका ६ जना युवाहरुले करिव १२ लाखको लागानीमा उक्त ईन्डष्ट्रिज स्थापना गरिएको हो ।  केही समय पहिला स्थापना भएको उक्त ईन्...