पर्यटन प्रवद्र्धनको लागि १ सय ५१ फिटको हनुमान मुर्ति


कृष्ण खनाल 
बुटवल, २७ साउन । 
बुटवलमा अन्तरिक तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटनहरु भित्र्याउने उदेश्यका साथ बुटवलमा विश्वकै सबैभन्दा  अग्लो हनुमानको मुर्ति स्थापना  हुने भएको छ । नेपाल विश्वकै सबैभन्दा अग्लो सिखर सगरमाथा भएको देश भनेर चिनिदै आएकोमा अब विश्वकै सबैभन्दाअग्लो हनुमानको मुर्ति भएको भएको देश  भनेर समेती चिनने भएको हो ।
 विश्वकै अग्लो १ सय ५१ फिटको हुनुमानको मुर्ति स्थापनाको लागि संकटमोचन हनुमान धाम सेवा समितिले गुरुयोजनाको काम समेत सम्पन्न गरिसकको छ । धाम सेवा समितिका अध्यक्ष अशोक कुमार वर्माका अनुसार बुटवल–१४ तिजगढीमा हनुमानको मुर्ति स्थापनाको लागि अहिले गुरुयोजनाको  काम सम्पन्न भएको जानकारी दिए ।
 उनले हनुमानको मुर्ति स्थापनाबाट यस क्षेत्रमा अन्तरिक तथा वाह्य पर्यटन आगमनका विशेष टेवा पु¥याउने बताएका छ । ‘हामीले धार्मीक सद्भाव कायम गर्नुको साथै विश्वको सामु नेपालम सबैभन्दा अग्लो हनुमानको मुर्ति छ भनेर चिनाउनको लागि समेत यो अभियान सुरु गरेका हौ ।’ उनले भने–‘यसको साथ साथै विश्वमा शान्तीको सन्देश समेत फैलाउने उदेश्य रहेको छ ।’ धामका सदस्य विष्णु प्रसाद ज्ञवालीले उक्त गुरुयोजना पुरा गर्नको लागि करिव १० देखि १५ करोड रुपैया लाग्ने अनुमान गरिएको कारण सोही अनुसार आर्थिक संकलनको लागि अहिले अभियानको रुपमा लागिएको बताउदछन ।
उनले  सोही गुरुयोजनालाई पुरा गर्नको लागि अहिले बुटवलमा वृहत गजल साझको अयोजना समेत गर्न लागिएको जानकारी दिए  । राजधानी वाहिर नेपाल र भारतका सुपसिद्ध गजल गायक÷गायिकाहरुको विशेष प्रस्तुती हुने गजल साझबाट संकलन भएको रकम हनुमानको मुर्ती  स्थापनाको लागि खर्च गरिने ज्ञवालीको भनाई छ । ‘हामी नेपाललाई गौतम बुद्धको देश, विश्वकै अग्लो सगरमाथाको देश र अव विश्वकै अग्लो हनुमानको मुर्ति भएको देश भनेर चिनाउन चाहान्छौ ।’ उनले भने–‘जसको लागि गजल साझको अयोजना गरिएको हो ।’ नेपाल भारतका स्तरिय कलाकारद्वारा सास्कृतीक समाजिक र धार्मीक एकताको सन्देश प्रवाह गर्नको यो कार्यक्रमको आयोजना गरिएको धामले जनाएको छ । अहिले धामो गुरुयोजना तयार भैसकेपछि जग्गा प्राप्त गर्ने काम समेत सुरु गरिएको छ । आर्थिकको कारण हनुमानको मुर्ति स्थापनाको लागि केही समय लागेको कारण अवको केही समयमा काम अगाडी बढ्ने धामले जनाएको छ ।
बुटवलमा पहिलोपटक अयोजना गरिएको गजल साझको लागि नेपालका चर्तित गजल गायक रामकृष्ण ढकाल, भारतका प्रदिप सक्सेना,  ईण्डीयन ल्याप्टर च्यालेन्जका एयाज भाई, भारतकी महिला गजल गायिका खुशी सिंह र स्थानिय एन्जिला रेग्मी लगायतका कलाकारहरुको विशेष प्रस्तुत रहने छ । २८ गते आज अर्थात आज  आयोजना हुने कार्यक्रममा बुटवल मिलनचोकमा रहेका सिद्धार्थ कटेजमा आयोजना हुनेछ । साझ ५ बजेदेखि ९ बजे सम्म अयोजना गरिएको गजल साझमा   डिनर सहितको  एकल व्याक्तीको लागि १५ सय रुपैया  र परिवार सहितको लागि २५ सय रुपैयाको टिकटको व्यवस्था गरिएको छ ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ