थप तिन वटा नयाँ खानेपानी योजना

कृष्ण खनाल
बुटवल, २६ जेठ

यस बर्ष खानेपानी तथा सरसफाई डिभिजनन कार्यालय योगीकुटी र  स्थानियको संमन्वयमा थप ३ वटा खानेपानी परियोजनाहरु  अगाडी बढ्ने भएका छन् । एउटा परियोजनाको मंगलबार तिलोत्तमा नगरपालिकामा शिलन्यास गरिएको छ भने अन्य बुटवल–१३ कालिकानगर र  बुटवल–१४ नयाँ गाउँमा थप खानेपानी योजना प्रक्रियामा रहेको जनाइएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको सहज पहु“चमा पु¥याउने उद्देश्यले १९ करोड २ लाखको लगानीमा मणिग्राममा खानेपानी योजना निर्माण शुरु भएको छ । ७० प्रतिशत सरकारी र ३० प्रतिशत जनताको जनश्रम दानमा निर्माण हुने आयोजना आगामी २०७३ चैतसम्म सम्पन्न हुनेछ । तिलोत्तमा–६ मणिग्रामको निर्माण गरिने योजनाले नगरपालिकाका वडा नम्बर १, ३, ४, ५, ६, ७  वडाका एक हजार ६ सय ८४ घरधुरीमा स्वच्छ खानेपानीको पहु“च पुग्ने योजनाका इन्जिनियर गुणनिधि पोखरेल बताउछन् । उनका अनुसार  सरकारले सहर उन्मुख क्षेत्रमा स्वच्छ खानेपानीको पहु“च सबै उपभोक्तामा पु¥याउने लक्ष्य राखेकोले सोही अनुसार योजना अगाडि बढाइएको हो ।
१ सय २० किलोमिटर पाइपलाइन विस्तार गर्ने योजनाको ४ सय ५० घनमिटर ओभरहेड टयाङकी निर्माण गरी पानी वितरण गरिने छ ।  योजनाको निर्माणको ठेक्का चन्द्र एण्ड, बसन्त कस्ट्रक्सन प्रालि ललितपुरले २०७१ चैत १२ गते योजना निर्माणको ठेक्का लिएको छ ।  त्यस्तै २ वडा बोरिङ गाडिएको योजनाका जानकार जगत पौडेलले बताए । योजनाको लागि उपभोक्ताबाट एक करोड ९० लाख नगद र ३ करोड ८० लाख बराबरको श्रमदान गनुपर्नेबताइएको छ ।
यस्तै बुटवल–१३ कालिनगरको प्रगतीनगर र बुटवल–१४ नयाँ गाउमा खानेपानीको लागि यसै आर्थिक बर्षमा सर्भेको प्रक्रिया सुरु हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलले जनाएको छ । कालिकानगरमा  अहिले स्थानियहरुले आफै रकम संकलन गरी  बोरिङ्ग गाडेर लाईन आएको बेलामा मात्र खानेपानी वितरण गर्दै आएका छन् भने नयाँ गाउका उपभोक्ताहरुले आंशिक रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । यि खानेपानी आयोजना स्थानियको ३० प्रतिशत र सरकारी निकायको ७० प्रतिशत लगानी रहने छ ।


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ