श्रम शोषण भयो ? श्रम कार्यालय जानुस

कृष्ण खनाल
बुटवल,७ असार ।  
तपाई उद्योग, कलकारखाना तथा विभिन्न व्यवसायीक प्रतिष्ठानमा काम गर्ने मजदुर हो ? त्यहा नेपाल सरकारले तोकेको न्युुनतम पारिश्रमीक समेत नपाएर काम गर्न बाध्य हुनुभएको छ  ?  पटक पटक कम्पनी तथा सम्बन्धीत निकायमा खबर गर्दा समेत वास्ता गर्र्दैन्न भने तपाईलाई न्यायन दिलाउने अर्को निकाय पनि रहेको छ । त्यो निकाय हो नेपाल सरकार अन्र्तगतको श्रम कार्यालय । कतीपय मजदुरहरु कुन निकायमा उजुरी गरेमा न्याय पाईन्छ भन्ने विषयमा समेत अनविज्ञ रहेको पाईन । लुम्बिनी र राप्ती अञ्चल कार्यालय कार्यक्षेत्र रहेको श्रम कार्यालय बुटवलमा रहेको छ । का

र्यालयमा  सूचना पार्टीमा नै कतिवेला कुन उद्योग, कलकारखाना र व्यवसायीक फर्म संग वार्ता गर्ने भन्ने विषयमा मिति सहितको सूचना नै टाँसीएको छ । 
यदि कुनै पनि फर्ममा कार्यरत रहेका कर्मचारीहरुले तोकिएको सेवा सुविधा पाएनन्, पटक पटक भन्दा पनि व्यवस्थापनले अटेरी ग¥यो भने उद्योगी, व्यवस्थापन र मजदुरका विचमा वर्ता गरेर संमन्वयकारी भुमिका निर्वाह गर्ने र अटेरी गर्ने निकायलाई कारवाहीको लागि समेत सिफारिस गर्न सकिने उक्त कार्यालयको भनाई रहेको छ । 
केही समय पहिला उक्त कार्यालयमा जाँदा रणअम्बिीका आँखा अस्पताल, भैरहवा, सुमी डिष्टीलरी,पुनः रण अम्बिीका आँखा अस्पताल र लुम्बिनी चिनी उद्योगमा बर्ता गर्ने समय र मिति निर्धारण गरेर सूचना पेटीमा टाँसीएको थियो । 
श्रम कार्यालय बुटवलमा प्रमुख वेद प्रकाश उपाध्यका अनुसार नेपाल सरकारले प्रत्येक दिन मजदुरल पाउने तलव ३ सय १८ रुपैया तोकेको छ । मासिक रुपमा  ५१ सय बेसिक तलव र  ४९ सय मङ्गी भत्ता कुल ९ हजार ६ सय रुपैया प्रत्येक मजुदुर महिनामा काम गरेबापत पाउनु पर्दछ । तर कम ज्यालामा काम  लगाउने , मजुदुरलाई समयमा तलव नदिने जस्ता काम व्यवस्थापनको पक्षाबाट भएमा कारवाही गरिने उनको भनाई हरेको छ । उनी भन्छन्–‘ सरकारले तोेकेको भन्दा कम ज्यालमा काम लगाउन पाईदैन, तर यहा अदक्ष र  सिकारु कर्मचारी भनेर लामो समय सम्म पनि काम लगाउने गरेको पाईन्छ, जुन गैरकानुनी कार्य हो ।’
श्रम ऐन २०४८ र नियमावली २०४९ ले श्रम कार्यालयलाई मदस्यताता गर्नको लागि अख्तियारी प्रदान गरेकोले सोही अनुसार नै आफुहरुले २ वटा अञ्चालनमा कार्य गर्दै आएको उनको भनाई रहेको छ । व्यवस्थापन पक्षले मजदुरको कुरा नसुनेको कारण महिनामा २ देखि ४ वटा सम्म यस्तो प्रकारको उजुरी दर्ता हुने गरेको श्रमकार्यालय बुटवले जनाएको छ । समयमा ८ वटा भन्दा बढिमात्रामा  उजुरी पर्ने  गरेको पाईन्छ ।  एक बर्षमा करिव ३० जना भन्दा बढि वकालत र सोही अनुसार अनुगमन समेत गर्ने गरेको श्रम कार्यालयको भनाई रहेको छ । 
अधिकांस गुनासाहरु सेवा सुविधाको विषयमा आउने गरेको छ । बालश्रम शोषण भए नभएको विषयमा समेत श्रम कार्यालयले हेर्ने गरेको छ । कुनै पनि बाल मजदुरलाई कुनै पनि उद्योग, कलकारखाना, तथा व्यवसायीक प्रतिष्ठानमा काममा लगाइएमा न्युनतम १० हजार जरिमाना सहित ३ महिना कैद र अधिकतम १ बर्ष कैद र  ५० हजार रुपैया सम्म जरिमाना हुन्छ । हुने कानुनत व्यवस्था रहेको छ । लुम्बिनी राप्ती अञ्चलमा ३ सय १ वटा उद्योगहरु रहेका छन् । जसमा मजदुरको संख्या १६ हजार ५ सय ५६ कार्यरत रहेका छन् । ट्रेड युनियनको संख्या ७६ वटा रहेको छ । भने ३० जना बाल मजदुरलाई बेला बेलामा अनुगमन गरेर उद्वार समेत गर्ने गरेको छ । ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ