धमिलो पानी बेच्दै खानेपानी संस्थान

कृष्ण खनाल
बुटवल, ७ असार । 
सामान्य तया बर्खालाग्यो भनेपानीको समस्या टर्छ । तर बुटवल बासीहरुलाई भने बर्खा लाग्नलाग्यो भने खानेपानीकै समस्या सताउने
गरेको छ । कारण नेपाल खानेपानी संस्थानद्वारा वितरण गर्ने धमिलो पानी । एकतर्फ धमिलो पानी अर्को तर्फ गन्हनाउने पानीको कारण केही दिन देखि बुटवलबासीहरु आजित भएका छन् ।
बुटवलको मैत्रीपथ, दिपनगर,सुख्खानगरमा क्षेत्रमा अप्रयाप्त त्यसैमा पनि धमिलो पानी आउन थालेपछि त्यस क्षेत्रका स्थानिय उपभोक्ता आजित भएका छन्  । विगतका बर्षहरुमा बर्खा सुरु भएपपिछ झम झम पानि प¥यो भने मात्र धमिलो पानी आउने गरेकोमा अहिले बर्सातको सिजन सुरुहुन भन्दा पहिला नै धमिलो र गहनाउने पानी आउन थालेको बुटवल–८ मैत्रीपथका एक उपभोक्ता बताउछन् । 
नेपाल खानेपानी संस्था बुटवल शाखाले तिनाउ खोलाबाट पानी तानेर वितरण गर्दै आएको कारण बर्सात सुरु हुनसाथ बुटवल वासीहरुले यस्तो खालको समस्या झेल्दै आएका छन् ।  जुन समस्याको दिर्घकालिन समाधानको बाटो खोजिएको छैन । 
नेपाल खानेपानी संस्थान बुटवल शाखा कार्यालयका ईन्जीनियर अजय कुमार शाहले तिनाउ खोलाको पानी तानेर वितरण गर्दे गरेको कारण हल्का धमिलो हुन सक्ने बताउछन् । उनले अहिले बुटवलमा पानी नपरेपनि तिनाउ खोलाको मुहान पाल्पा लगायतका क्षेत्रमा पानी परेको कारण संस्थानले पानी कम मात्रामा तानेको र प्रशोधन गरेर खानेपानी वितरण गर्दै आएको बताएका छन् । 
उनले भने–‘अहिले तिनाउ नदी धमिलो भएकोले हामीले कम पानी तानेर उपभोक्तालाई वितरण गर्दै आएका छौ, धमिलो र गन्हानाउने पानी  वितरण भएको भन्ने कुरा होईन । ’ उनले संस्थानको टंकीबाट शुद्ध पानी वितरण गरेको  दावि गरे पनि उपभोक्ताको घरमा भने धमिलो र गन्हाउने पानी आउने गरेको छ । ईन्जीनियर शाह भन्छन्–‘बाटोमा कतै पाईप लिग भएर घरमा धमिलो गएको हुन सक्छ ।’
उनले लोड सेर्डिङ्गको कारणले पनि पानि प्रयाप्त मात्रामा तान्न नसकिएको कारण केही समस्या भएको दावि गरेका छन् । अहिले बुटवलको दिपनगरका विभिन्न स्थानमा टैैैंकर मार्फत खानेपानी वितरण गरिएको उनको भनाई रहेको छ । 
बुटवलमा खानेपानीको समस्या हुनु कुनै नौलो कुरा होईन । अहिले  दैनिक १ करोड ६० लाख देखि १ करोड ९० लाख लिटर खानेपानी संस्थानले वितरण गर्दै आएको छ । जुन अप्राप्त हो । खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक  ७० लाख लिटर र ११ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय  कार्यालयका अनुसार झण्डै २ लाख ५०  हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ । जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड  ५० लाख लिटर पानी अपुग रहेको छ ।  
करिब १३ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया“ महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण  गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।  
बुटवलको  खानेपानी समस्याको दिर्घकालिन समाधानको रुपमा लिइएको पाल्पाको झुम्सा खेला योजना बुटवल वासीहरुको ‘आश मात्रै’ को योजना बन्न पुगेको छ । १९ करोड ५६ लाख रुपैया“ लागत झुम्सा खोला खानेपानी आयोजना२०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको  थियो ।  तर अलिहे ७२ साल असार लाग्दा समेत खानेपानीको आयोजना पुरा हुन सकेको छैन । अहिले मुहानमा स्थानियले विभिन्न माग राखेर अवरोध गर्दै आएका छन् । 
तस्वीरः 
बुटवल–८ मैत्रीपथमा एक उपभोक्तामा घरमा नेपाल खानेपानी संस्थानले वितरण गरेको धमिलो खानेपानी । तस्वीरः कृष्ण खनाल/बुटवल ।  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ