गर्मि बढेपछि जनजिवन कष्ठकर

कृष्ण खनाल
बुटवल, २५ जेठ ।
केही दिन यता ह्वात्तै बढेको गर्मिको कारण यस क्षेत्र लगायत  देशका विभिन्न स्थानको जनजिवन प्रभावित भएको छ । बढ्दो गर्मि संगै चलेको तातो हावाको कारण पनि स्थानियहरुको दैनिक जिविका समेत  प्रभावित भएको छ ।
खासगरी दैनिक जिविकाक
वो लागि मजदुरी  गर्ने मजदुरहरु यसको  प्रत्यक्ष प्रभावमा परेका छन् ।  गर्मि बढेसंगै तातो हावाको वाहाव बढेपछि यस क्षनेत्रमा स्थानियहरु दिउँसको समयमा कम मात्रामा घर बाहिर निस्केमा छन् भने बजारमा चलहपहल पनि क्रमसः कम हुदै गएको छ । साझ विहानको तुनलामा दिउसो बजारमा किनमेलको लागि आाउने क्रम ठप्प भएको व्यापारीहरु बताउछन् । 
बढ्दो गर्मि र त्यस माथि नेपाल विद्युत् प्राधिकरणले गर्ने घण्टौको लोडसेडिङ्गको कारण पनि उपभोक्ताहरु थप चपेटामा परेका छन् । घरको कोठामा बस्न सक्ने अवस्था अनाएपछि रातको समयमा स्थानियहरु घरको छतमा सुत्ने गरेका छन् । गर्मीले रुघाखोकी, ज्वरो, बान्ता, झाडापखाला र कलेजोको संक्रमण बढ्ने भन्दै   चिकित्सक सचेत रहन आग्रह गरेका छन् ।
 लुम्बिनी अञ्चल अस्पतालका विशेषज्ञ डा. नन्दु पाठक ले गर्मिको समयमा झोलीलो तर पदार्थ र पानी प्रशस्त्र मात्रामा पिउनुपर्ने सल्लाह दिएका छन् । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘गर्मि बढ्यो भन्दैमा आत्तीनु पर्ने अवस्था छैन, प्रशस्त्र मात्रामा झोलीलो कुरा खानुस्,  जीवनजल पानी खाने, सितल ठाउँमा बस्ने, सीतल र सेतो कपडा लगाउने र चर्को घाम लागेको बेला बाहिर ननिस्कने गरेमा शरिरलाई राम्रो हुन्छ । ’ उनले फलफुल र जुसहरु अन्य समयमा भन्दा बढि मात्रामा खाने र खानेकुरा ताजा र पकाएर मात्र खानको लागि सल्लाह दिएका छन् ।
 गर्मि मौसमा झाडा पखला, आउँ, हैजा तथा टाईफाईड जस्ता सरुवा रोगको प्रकोप बढि हुने भन्दै यसको लागि ताजा र सफा खानेकुरा पकाएर मात्र खानको लागि थप सल्लाह दिएका छन् । मानिसहरु गर्मि भगाउनको लागि चिसो स्थान(एसी) र पानी पोखरीमा बसेर एक्कसी बाहिर गर्मि बातावरणमा आउँदा बाहिर तातो हावाको कारण विहोस हुन सक्ने भन्दै डा. पाठकले सकेसम्म बाहिर हिड्दा नदौडीकन शान्त भएर हिड्नको लागि सुझाव दिए ।
यता, जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखा काठमाण्डौका अनुसार शनिबार भैरहवामा ४३.३ डिग्री रेकर्ड तामक्रम मापन गरिएको थियो भने आईतबार केही तापक्रम घटेको छ । आईतबार दिउसो मापन गरिएको तापक्रम अनुसार ४२.५ डिग्री सेल्सीयस मापन गरिएको थियो । शनिवार दिपायलमा ४१.५, धनगढीमा ४१.३, वीरेन्द्रनगरमा ३९.२, दाङमा ३८.२ र सिमरामा ३९.८ डिग्री सेल्सियस रेकर्ड भएको छ । पूर्वी तराईका जिल्लामा पनि शनिबार गर्मी बढेको छ । शनिबार विराटनगरमा ३५.६, जनकपुरमा ४१.२ र धरानमा ३३.९ डिग्री तापक्रम रेकर्ड भएको थियो ।  महाशाखाका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढि  दिपायलमा ४४.५ डिग्री  सम्म तापक्रम रेकर्ड भएको छ । गौतम बुद्ध विमास्थल मौसम रेकर्डर राजेश झाका अनुसार आईतबार दिउसो २ बजे सम्मको न्युनतम तापक्रम २४.२ डिग्री सेल्ससियस मापन गरिएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ