घटेन पाका पुस्तामा फुडवलको क्रेज

कृष्ण खनाल
बुटवल, २४ जेठ । 
अघिल्लो सोमबारबाट बुटवलमा सुरु भएको १८ औं तिलोत्तमा गोल्ड कपको उद्घाटन खेल देखि नै नरबहादुर थापा नियमित प्रष्पिर्धा हेर्न आएका छन् । ४५ बर्षिय थापा घरको सिडीबाट खसेर ढाडको समस्या झेल्दै आएका छन् । 
ह्वील चियरको सहायताले खेल मैदानमा आउने उनलाई सहयोगीहरुले नै फुडबल मैदानमा उपस्थित गराउँछन् । ‘गेम खेलेको राम्रो रमाईलो लाग्छ, पहिना सानो छदा आफै खेलिन्थे अहिले खेतीपाती तिर लागेपछि के खेल्नु ’–संवाददातासंगको कुराकानीमा उनले भने । बुटवल–१३  देवीनगर रङ्गशाला नजिकै घर भएका थापा यस भन्दा पहिला  भएको लिगमा समेत नियमित रुपमा दर्शको रुपमा सहभागी हुदै आएको बताए । 
उनी जस्तै तिलोत्ता नगरपालिका संकरनगरका दिलिप  गुरुङ्ग पनि उमेरले ४१ काटेका व्याक्ति हुन । उनी पनि अहिले बुटवलमा जारी १८ औं तिलोत्तमा  गोल्ड कप हेर्नको लागि नियमित रुपमा सहभागी हुदै आएको बताउछन् । उनी भन्छन्–‘उमेरले पाको भईयो तर खेल हेर्न हेर्न भने छुट्टै मज्जा आउछ ।’ उनले थपे–‘आनन्दबन हुने गरेको  झरना कप आयोजना हुँदा समेत नियमित रुपमा सहयोग पु¥याएका थियौं, फुडबल भनेपछि हुरुकै हुन्छु ।’
यि केही उदाहरण मात्र हुन । अहिले  बुटवलमा जारी रहेको तिलोत्तमा गोल्ड कपमा अधिकांस पाका पुस्ताहरु दर्शकको रुपमा सहभागी हुदै आएका छन् । ५ जनाको टिम बनाएर  रुपन्देहीको देवदहबाट आएको भुपु सैनिकहरुको टोली मध्येका एक क्षेत्र बहादुर थापाले भने–‘पुलिसको  जीवन जहिले पनि काम मै, यसो रमाईलो पनि गरौ भनेर आएको ।’   उनीहरु जस्तै समुह÷ समुह बनाएर फुटवल प्रतियोगीता हेर्ने आउनेहरुको संख्या तन्नेरी पुस्ताकै हाराहारमा केही उमेर पुगेका पाका पुस्ताहरु समेत रहेका छन् ।  
भूकम्पपीडितलाई सहयोग जुटाउने उद्देश्यसहित सुरु भएको गोल्डकप  उद्घाटन खेलमा  आज आर्मी क्लव र धरान फुटबल भिडेका थिए । ८ वटा टोलीको सहभागीता रहेको प्रतियोगीतामा विहिवार नेपाल प्रहरी र झापा एघारको विचमा भएको थियो भने शुक्रवारको खेल  सोना रुपन्देही एघार र  दाजिलिङ्ग एघारको विचमा भएको थियो । शनिवारको प्रतिस्पार्धा दोस्रो सेमिफाईनलमा नेपाल आर्मी क्लव काठमाडौ र झापा ११ का बीचमा भएको थियो । जसमा आर्मि विजयी भएको छ । २५ गते फाईनलमा रुपन्देही ११ र आर्मिका विचमा  हुनेछ । प्रतियोगितामा  विजेता हुनेले ३ लाख ७५ हजार १ सय ११ तथा उपविजेताले २ लाख ५० हजार १ सय ११ प्राप्त गर्ने छन् ।  
तस्वीरः फुडवल प्रतियोगीता हेर्न ह्वीलचियरमा आएका देवीनगका नरबहादुर थापा  । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ