सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले

कृष्ण खनाल
बुटवल, १५ असार ।
 ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला

रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ ।
केही समय पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको छ । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम केन्द्रको रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितको भवन निर्माण गरेका छन् । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनीका अनुसार अहिले सम्म करिव ३५ लाख रुपैया खर्च भएको छ । जसमा ७ लाख ३० हजार रुपैया जिल्ला विकास समिति र बुटवल उपमहानगर पालिकाले सहयोग गरेका छन् । अन्य सबै रकम दृष्टिविहिहरुले चन्दा उठाएका हुन । जसमा नेपाल नेत्रहिन संघले केन्द्रबाट ५० हजार उपलब्ध गराएको छ । 
रुपन्देही नेत्रहिन संघका अध्यक्ष निर्वतमान अध्यक्ष तथा राष्ट्रय अपाङ्ग महासंघ रुपन्देहीका अध्यक्ष आत्मराम पौडेलले को नेतृत्वमा भवन निर्माण कार्य सुरु गरिएको थियो । अहिले उक्त  भवनमा केही फिनिसिङ्गको काम बाँकी रहेको छ ।  ३ कठ्ठामा निर्माण भएको भवन लाई गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्रको रुपमा विकास गर्नको लागि अझै करिव ४० लाख रुपैया अभाव भएको रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासीनी बताउछन् । उनी भन्छन्–‘ओत लाग्ने एउटा भवन निर्माण गरेका छौ, तर गुरुयोजना अनुसार क्षेत्रीय तालिम केन्द्र बनाउनको लागि अझै ४० लाख रुपैया अभाव रहेको छ ।’ वि.स.२०५४ सालमा स्थापना भएको रुपन्देही नेत्रहिन संघको विधिवत रुपमा वि.स.२०६४ सालमा  जिल्ला  प्रशासन कार्यालय रुपन्देहीमा दर्ता  गरिएको थियो ।
रुपन्देही नेत्रहिन संघका निर्वतमान अध्यक्ष आत्मराम पौडेल का अनुसार उक्त गुरुयोजनाको निर्माण  पुरा गर्नको लागि करिव ४० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । ‘कुनै पनि सरकारी निकाय अथवा सहयोग दाताबाट सहयोग भएमा अवको करिव ५ बर्षमा पुरा गर्ने लक्ष्य लिएका छौ ।’ बुटवल टुडेसंगको कुराकानीमा भने–‘उक्त कार्य पुरा गर्नको लागि एक व्याक्ति एक ईंटा अभियान  सुरु गरेका थियौं केही हदसम्म  सार्थकता पाएको छ ।’
भवन निर्माण भैरहेको स्थानको जग्गा सार्वजनिक जग्गा हो । उक्त स्थान त्यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र स्थानिय निकायले सहमती गरेर रुपन्देही नेत्रहिन संघलाई दिने निर्णय गरेको थियो । रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन । उनीहरुबाट एक व्याक्ति एक ईंटा बराबरको सहयोग  जुटाउने अभियान रहेको छ । रुपन्देही नेत्रहिन संघ मा 3 ९५ जना दृष्टिविहिनहरु आवद्ध भएका छन ।



Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ