Posts

बुटवल टुडे फलोअप बधशाला सञ्चालन गर्न विस्तृत प्रतिवेदन आह्वान

Image
कृष्ण खनाल बुटवल, १५ मंसिर । निर्माण भएको ५ महिना सम्म अलपत्र परेको पशु–बधशाला सञ्चालनको लागि बुटवल उपमहानर पालिकाले मासु व्यवसायी संघ रुपन्देही संग विस्तृत कार्यक्रम माग गरेको छ । बुटवल उपमहानर पालिका र मासु व्यवसयी संघ रुपन्देहीका विचमा सम्झौ ता भई सञ्चालनमा आउने गरी निर्माण भएको बधशाला बुटवल उपमहानर पालिकाको उदासिनताको कारण यतिकै अलपत्र परेको थियो । केही दिन पहिला बुटवल टुुडे दैनिकमा ‘करोडौ लगानीको बधसाला अलपत्र’ शिर्षकको समाचार प्रकाशन भएपछि बुटवल उपमहानगर पालिकाले बधसाला सञ्चालनको लागि चासो देखाएको थियो । केही दिन पहिला बुटवल उपमहानर पालिका कार्यालयमा पशु बधसालाको विषयमा जानकारी लिन गएका संवाददाता संग बुटवल उपमहारनगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले कार्यवस्थता भएको भन्दै प्रतिक्रिया दिन मानेका थिएनन् ।  तर पत्रिकामा समाचार प्रकासन भएकै दिन मासु व्यवासी संघका पदाधिकारीहरु  र बुटवल उपमहानर पालिकाका बरिष्ठ अधिकृतहरुको सहभागीतामा विशेष बैठक आह्वान गरेर मासु व्यवसायी संघलाई के कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रतिवेदन पेस गर्न आग्रह गरेको मासु...

३ महिनामा बुटवलमा ‘झुम्साखानेपानी’

Image
कृष्ण खनाल बुटवल, १३ मंसिर ।  बुटवलवासीहरुको लागि ‘ बहुप्रतिक्षत’ योजनामा रहेको पल्पाको झुम्सा खोला खानेपानी योजना निर्माणमा कुनै अवरोध नभएमा ३ महिनामा बुटवल सम्म ल्याउन सकिने खानेपानी संस्थान बुटवलले जनाएको छ । यद्यपी बर्षौ देखि ‘बुटवलमो मेलम्ची’को उपमा पाएको यो योजना ३ महिनामा पुरा हुनेमा भने स्यवम उपभोक्ताहरु नै विश्वतहुन  सकेका छैनन् । आज भन्दा करिव १९ बर्ष पहिला वि.स.२०५३ सालमा सुरु गरिएको उक्त खानेपानी आयोजनाको अहिले ७० प्रतिशत काम पुरा भएको नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट बताउछन् । उनका अनुसार अहिले खानेपानीको लागि मुलमा टैकी निर्माण देखि लिएर पहिला नै  ५ किलोमिटर पाईप विच्याइएको छ । त्यस्तै पाईप विच्याउन बाँकी करिव ३ हजार २ सय ७० मिटर मध्ये २ हजार ८७ मिटर पाईप विच्याउने काम समेत सम्पन्न भएको छ । वि.स. २०५३ सालमा ४ करोड रुपैया“ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै विलाएर गएपछि सुरु भएको  झुम्सा खोला खानेपानी आयोजना केही महिनामा पुरा हुने अपेक्षा लिइएको हो । बुटवल वासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध ...

चुनौतिका अनगिन्ती शब्दबाणखेप्दै ६ बर्ष विताईयोः पत्रकार खनाल

Image
वि.स.२०४९ सालमा अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस–३ हरेनडाँडामा जन्मीएका कृष्ण खनाल जन्मीदा नै पोलियो रोगको कारण अपाङ्गताबनेका हुन । आफु शाररिक रुपमा अपाङ्गता भएर पनि रुपन्देहीको छापा माध्यमको पत्रकारितामा विगत ६ बर्ष देखि राम्रै छवि बनाउन सफल भएका छन् । फिचर लेखनमा अलि बढि दख्खल राख्ने खनाल हाल बुटवल टुडे दैनिक मा कार्यरत रहेका छन् । तिनै पत्रकार कृष्ण खनाल संग सवल नेपाल कर्मी अमृत पाण्डेयले गरेको कुराकानी ।  पत्रकारितामा कसरी आउनु भयो ? –म सानै छँदा देखि नै रेडियो सुन्ने लत बसेको थियो । रेडियो नेपाल देखि लिएर विभिन्न एफ एप स्टेशनहरुमा आउने कार्यक्रम, समाचार म नविराईकन सुन्थे । सानो देखि नै एक प्रकारको सञ्चार कर्मी बन्ने रेडियोमा बोल्ने मेरो रहर थियो । जुन रहर अहिले सम्म पनि पुरा हुन सकेको छैन । वि.स.२०६५ सालमा श्री विश्व उच्चमाविबाट प्रवेशिका परिक्षा प्रथम श्रेणीमा उत्र्ती गरेर उच्च शिक्षाको लागि बुटवल आउनु प¥यो । एसएलसी दिएर बसेको बेला म रेडियो अर्घाखाँचीले प्रदान गरेको एक हप्ते पत्रकरिता तालिम लिएको थिए । प्रशिक्षक भरत भुषाल संग । वहाबाट प्रेरेणा पाएर पत्रकारितामा ह...

सुरु भयो च्याउको मौसम

Image
कृष्ण खनाल बुटवल, १२ मंसिर ।  चिसो मौसममा बढि मात्रामा उत्पादन हुने च्याउ तराईका लागि मुख्यता मंसिरदेखि फागुनसम्मको सम्मको अबधिलाई उपयुक्त मानिन्छ । चिसो मौसमको पहाडि क्षेत्रमा जुनसुकै महिनामा पनि च्याउ खेती हुने भएपनि तराईका किसानहरु यहि मौसमको मौका छोप्दै च्याउ उत्पादनमा लागेका छन् । तराई क्षेत्रका च्याउ उत्पादक किसानहरुलाई अहिले काम गर्न भ्याई नभ्याई छ । उनिहरु यो मौसममा जति सक्दो च्याउको उत्पादन बढाएर बढि पैसा कमाउने तयारीमा छन् । च्याउ उत्पादनका लागि कोही सामुहिक त, कोही व्यक्तिगत रुपमा च्याउ खेतीमा व्यस्त छन् ।  यिनै च्याउ खेती गर्ने किसानमध्ये वैदेशिक रोजगारीबाट फर्किएका तिन जना युवा उद्यमीहरु समुह बनाएर च्याउ खेतीमा लागिरहेका छन् । करिव १ बर्ष पहिलेलाई उनिहरु आफ्नै लगानीको लुम्बिनी च्याउ तथा कृषि फर्ममा उनीहरु व्यस्त छन् । बुटवल–१४ कलुवामा करिव ५ कठ्ठा जमिन भाडा (लिज) मा लिएर च्याउ फर्म सुरु गरेका युवाहरुको समुहमा अहिले ५ जना भएका छन् । कोही पराल उसुन्ने काम त कोही च्याउ टिप्ने काम, कोहीले च्याउ प्याकिङ्ग गर्ने र कोहीले च्याउलाई बजार सम्म लैजाने काम गर्दछन्...

अपाङ्गताभएका वालबालिकाहरुको लागि ‘समावेसी शिक्षा अभियान’

Image
कृष्ण खनाल बुटवल, ८ मंसिर ।  अपाङ्गता भएकै कारण विद्यालय शिक्षा बाट बञ्चित बालबालिकाहरुको लागि रुपन्देहीमा विशेष शिक्षा (ईन्सक्लुसीप एजुकेसन) अभियान सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार रुपन्देही र बर्दिया जिल्लामा सञ्चालन गरिएको यो  अभियान रुपन्देही जिल्लाको बुटवल उपमहानर पालिका र रुद्रपुर गाविसमा केन्द्रीत हुने छ । अभियान अन्र्तगत  सबै प्रकारका अपाङ्गता भएका वालविालकाहरुले आफ्नो अनुकुल हुने गरी घर जजिकैको विद्यालयमा गएर अन्य वालबालिकाहरु संगै पढ्ने वातावरण  सृजना हुनेछ ।  अहिले पनि रुपन्देहीका कयौ गाविसमा अपाङ्गता भएका वालवालिकाहरुलाई तिनका अभिभावकहरुले विद्यालय जानबाट बञ्चीत गर्ने गरेको पाईन्छ । शाररिक, मानसिक, बौद्धिक, दृष्टिदोष, बहिरोपन लगायतका अपाङ्गता भएका वालवालिकाहरुलाई कसरी उनीहरुलाई अनुकुल हुने विद्यालयको पहुँचमा पु¥याउन सकिन्छ भन्ने हेतुले अभियानको थालनी भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विशेष शिक्षा कार्यक्रम प्रमुख प्रशिक्षक लिलाधर पहाडी बताउछन् । उनका अनुसार अहिलेरुपन्देहीका दुई वटा क्षेत्र, बुटवल उपम...

करोड लगानीको ‘बधसाला’ अलपत्र

Image
बुटवल उपमहानगर पालिका मुकदर्शक कृष्ण खनाल बुटवल, ७ मंसिर ।  पटक पटक अवरोधका विच निर्माण सम्पन्न भएको बुटवलको ‘पशु वधशाला’ अहिले अलपत्र अवस्थामा छ । सञ्चालनको लागि बुटवल उपमहानगर पालिकाले चासो नदिदाँ पशु वधसालाको भवन अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा आपसी सम्झौतापछि पशुबधशाला सञ्चालनमा ल्याउने भनिएपनि भवन निर्माण भएको ५ महिना वितीसक्दा पनि सञ्चालनको टुङ्गो लागेको छैन । आर्थिक बर्ष २०७० र ०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दे पुरस्कृत भएको बुटवल उपमहानगर पालिकाले बधशाला संचालनमा तदारुकता नदेखाउँदा उपमहानगरपालिकाको नियतमाथि नै आशंका गरिएको छ । ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी बुटवल उपमहानर पालिकालाई गत असार महिनामा हस्तान्तरण गरेको थियो । बधसालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ । ...

पुर्वाधार विना ‘लाईसेन्स परिक्षा’

Image
कृष्ण खनाल बुटवल, ६  मंसिर ।   गत बैशाख महिनामा मोटरसाईकलको मात्र सवारी चालक अनुमती पत्र (लाईसेन्स)को परिक्षा सञ्चालन गरेको ‘सवारीचालक अनमुती पत्र लुम्बिनी’ कार्यालयले मंसिर ६ गते (आईतबार)देखि नयाँ लाईसेन्सको लागि आवेदना खुला गरेको छ ।  सवारीसाधनलाई ६ प्रकारमा विभाजनगरी सवारी चालक अनुमती पत्रको लागि आवेदन माग गरेको हो ।  लुम्बिनी अञ्चलका अलवा नेपाल भरका जो कोही नेपालीहरुले समेत परिक्षाको लागि आवदेन दिन सक्ने जनाइको उक्त कार्यालयले अहिले सम्म भाडामा लिएको जग्गा (ट्रायल सेन्टर) मा काम चलाउँदै आएको छ । हजारौ  सवारीसाधन अनुमती पत्र वितरण गरेको कार्यालयको मातहतमा आफ्नो ट्रायल छैन । एथेष्ट भौतिक संरचना विना ‘कामचलाउ’ रुपमा अस्थाथी प्रकृतीको संरचना खडा गरी परिक्षा लिन थालेको बर्षौ भएको छ । तर यसको लागि  स्थायि प्रकृतीको भौतिक संरचना बनाउन तर्फ कसैको पहल भएको देखिदैन ।  नेपाल सरकार यातायता व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमती पत्र कार्यालय लुम्बिनीका कार्यालय प्रमुख वेद प्रकास अर्यालले ट्रायल सेन्टरको लागि जग्गा अभाव भएको भन...