करोड लगानीको ‘बधसाला’ अलपत्र

बुटवल उपमहानगर पालिका मुकदर्शक
कृष्ण खनाल
बुटवल, ७ मंसिर । 

पटक पटक अवरोधका विच निर्माण सम्पन्न भएको बुटवलको ‘पशु वधशाला’ अहिले अलपत्र अवस्थामा छ । सञ्चालनको लागि बुटवल उपमहानगर पालिकाले चासो नदिदाँ पशु वधसालाको भवन अलपत्र परेको हो । बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा आपसी सम्झौतापछि पशुबधशाला सञ्चालनमा ल्याउने भनिएपनि भवन निर्माण भएको ५ महिना वितीसक्दा पनि सञ्चालनको टुङ्गो लागेको छैन । आर्थिक बर्ष २०७० र ०७१ गरी दुईपटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दे पुरस्कृत भएको बुटवल उपमहानगर पालिकाले बधशाला संचालनमा तदारुकता नदेखाउँदा उपमहानगरपालिकाको नियतमाथि नै आशंका गरिएको छ । ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी बुटवल उपमहानर पालिकालाई गत असार महिनामा हस्तान्तरण गरेको थियो ।
बधसालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् । खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।

पहिलो चरणमा पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले वधसाला निर्माणको काम गरेको थियो । तर पछि ठेकेदारले समयमा काम नगर्दा र बजेट अभाव हुँदा बधशाला समयमै निर्माण हुन सकेको थिए । पहिलो चरणको काम २०६५ फागुनमा भवन निर्माण सम्झौता र ०६६ वैशाखमा बधशालाभित्रको भौतिक संरचना निर्माण गर्ने विषयमा गोरखा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो तर ठेकेदार सम्पर्क विहिन  भएपछि निर्माण कार्य रोकिएको थियो ।

पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले वधसालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उपमहानगरपालिकालाई संरक्षकको भूमिका दिई दोस्रो चरणको ठेक्का लगाएपछि बधशाला निर्माण भएको थियो । उपमहानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो ।  
एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण भएको हो ।
करिव डेढ करोड रुपैयाँ लागतमा  निर्माण गरिएको पशुवधसाला यस क्षेत्रको एक मात्र आधुनिक पशु बध गर्ने स्थान हो  । तर यसलाई समयमा नै सञ्चालन गर्नको लागि सम्बन्धीत निकायले चासो नदिदाँ अस्वस्थकर  खुल्लारुपमा काटीएको मासु उपभोक्ताहरुले उपभोग गर्न बाध्य छन् । बुटवल उपमहानगर पालिकाका बरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले  बधशाला चाँडै सञ्चालनमा आउने बताए । ‘अब मासु व्यवसायी संघ र हाम्रो विचमा सम्झौता भएपछि सञ्चालनमा ल्याउनको लागि काक सुरु हुन्छ ।’– बरिष्ठ ईन्जीनियर श्रेष्ठले भने । 
मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले लामो समयपछि सञ्चालनमा आउन लागेको बधशालाले बुटवलमा अझ स्वच्छ मासु उपभोत्तासम्म पुग्ने आशा व्यक्त गरे । उनले आफुहरुलाई बुटवल उपमहानगर पालिकाले संघ मार्फत पशुपवशाला सञ्चालन गर्न दिएमा जतिसको छिटो सञ्चालन गर्ने जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा अध्यक्ष पौडेलले भने–‘हामी संघ मार्फत वधशाला सञ्चालन गर्न तयार छौं तर नगरपालिकाले चासो दिएन । ’
अहिले निर्माण सम्पन्न भएको भनिएको पशु पधसालामा न्युनतम पुर्वाधारहरु समेत निर्माण नभएको भन्दै अध्यक्ष पौडेलले ‘गोदाम घर’ को रुपमा जस्तै बधसाला निर्माण भएको प्रतिक्रिया दिए । उनले अहिले जे जस्तो अवस्थामा रहेको छ तस्यलाई विभिन्न अपुरा भौतिक पुर्वाधारहरु निर्माणको लागि  आफुहरु तयार रहेको समेत जानकारी दिए । पशु चौपाय राख्नको लागि स्थान,  पशुबधबाट निस्कीएको फोहर व्यवस्थापनको लागि केन्द्र निर्माण र वायोग्यास समेत निर्माणको लागि आफुहरु तयार रहेको र यसको लागि नगरपालिकाले पीपीपी मोडलमा लैजानुपर्ने धारणा उनको रहेको छ । 
बुटवलमा बधशाला नबनेकै कारण दैनिक दुई हजार पाँच सय पशुपन्छीहरू अस्वस्थकर रूपमा बध गरिँदै  आएको छ ।  मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागाभैँसी तथा पाँच बंगुरवटाको मासु बिक्री गरिन्छ भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । डेढ करोड मध्ये ६० लाख बुटवल नगरपालिकाले लगानी गरेको छ ।  बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक Ôेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो । 
पशुपंÔी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएर सञ्चालनमा आएको छ ।  
केही  समय अगाडी बुटवलमा गरेको अनुसन्धान तथा अनुगमनमा पछि निकालिएको एक प्रतिबेदनले बुटवलका ३ सय १५ मासु पसल अस्वस्थकर रहेको उल्लेख छ भने खसीको मासु भन्दै ९० प्रतिशत बाख्रीको  मासु बेच्ने गरेको माशु व्यवसायी संघले गरेको अध्यायन प्रतिवेदनमा उल्लेख गरेको छ ।
 बधशालाको अभावमा बुटवलका मासु व्यवसायीहरुले पशु चौपायाहरु बसपार्क, गोलपार्क, देविनगर लगायतका खुल्ला ठाउँमा काट्ने गरेका छन् ।  खुल्ला रुपमा पशुको बध गर्दा अस्वस्थकर मासु खानु परेको उपभोक्ताहरुको गुनासो रहेको छ भने नगरक्षेत्र नै प्रदुषित बन्ने गरेको छ ।  रुपन्देहीमा दैनिक ३ देखि ४ सय खसी बोका, २० टन कुखुरा, २ हजार किलो माछा र रांगा पाडा २ हजार किलो खपत हुने मासु व्यवसायी संघले जनाएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ