Posts

वातावरणीय मुल्यांकन प्रतिवेदन : अनुगमन संयन्त्र अभाव

Image
कृष्ण खनाल बुटवल, १८ जेठ । उद्योग, कलकारखाना तथा परियोजना संञ्चालनको लागि  अनिवार्य प्रस्तुत गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन(ईआईए) एक पटक पास भएपछि अनुगमन नै नहुने गरेको पाइएको छ । कुनै पनि व्याक्ति संघ–संस्था तथा फर्मले आफ्नो उद्योग, कलकारखाना तथा फर्म र परियोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पेस गरेपछि त्यसको सुक्ष्मरुपमा अध्ययन गरेर उद्योग, कलकारखाना, व्यवसायीक फर्म र परियोजना संञ्चालनको सम्बन्धीत निकायले अनुमती दिने गर्दछ ।  रुपन्देहीमा यसरी वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन पास भएरस्थापना भएका उद्योग, कलकारखाना तथा फर्मले निश्चित समय पछि नविकरण गर्नुपर्ने मा यसको नियमनकारी निकायको आभावको कारण हचुवाको भरमा सम्बधीत कार्यालयहरुले ईआईए नविकरण गर्ने गरेको पाइएको हो ।  वातारण संरक्षण नियमावली २०५४ को नियम ३ को अनुसूचि २  अनुसार ७५० हेक्टर भन्दा वढी वन क्षेत्र व्यवस्थापनका लागि एउटै समुदायलाई हस्तान्तरण गर्दा वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गरी नेपाल सरकार विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने ...

दृष्टिविहिन क्रिकेट खेलाडीको पिडा : सुन्दै–छाम्दै, खेल्दै–रमाउँदै

Image
कृष्ण खनाल बुटवल, १६ ।  ‘ बलिङ्ग बलिङ्ग’, ब्याट्समेन रेडि, किपर रेडी,–एस एस एस’ भनेपछि  बलिङ्ग हुन्छ । त्यो पनि हावामा होईन  भुईमा गुडाएर। बल भुईमा घिसारिदै  खल्र्याङ्ग, खुर्लुङ्ग गर्दै ब्याटस्मेन कहाँपुग्छ , अनि व्याडम्यनले बल लााई  व्याटको सहायतले  हिर्काउछन् । बल टाढा जान्छ  । आवाज कै आधारमा किपरहरुले बल समात्न दौडन्छन् । यता ब्याट्स मेनले रन लिन दौडिन्छन् ।    पहिलो पटक यस्तो प्रकारको  खेलकुद हेरेका जो कोहीलाई पनि लाग्न सक्छ । के यो क्रिकेट प्रतियोगीता हो र भनेर जिज्ञासा पनि पैदा हुने गर्दछ । तर बास्तवमा  माथि उल्लेख गरिएका दृश्यहरु क्रिकेट प्रतियोगीता कै हो । तर यो  क्रिकेट प्रतियोगीता सामान्य नभएर विशेष क्षमता भएका व्याक्तिहरुले खेल्ने प्रतियोगीता हो । अर्थात  यो प्रतियोगीता हो  दृष्टिविहिनहरुले खेल्ने प्रतियोगीता हो । शनिवार बुटवल उप–महानगरपालिका–१४ दवई खेल मैदानमा यस्तो दृष्यिहरु देखिए ।  विभागीय टिम त्रिभुवन आर्मिक्लव काठमाण्डौ र  लुम्बिनी नेत्रहिन क्रिकेट संघ रुपन्देहीका विचमा खेलाडी...

अनलाईनबाट रगत को जोरजाम

Image
कृष्ण खनाल बुटवल, १४ जेठ ।   तपाईँको आफन्त विरामी हुनुहुन्छ, रगत चाहियो ? वा अप्रेसनका लागि तत्काल रगत दिनुपर्ने भो? रगत खोज्दा खोज्दै हैरानीमा हुनुहुन्छ भने अब आत्तीनु पर्ने छैन । अव तपाई रगतको लागि विभिन्न संघ, संस्था वा अस्पताल चाहार्नु पर्ने र रगत दिने मानिस खोजीरहने झन्झट अब हट्ने भएको छ । त्यसको लागि तपाई अनलाईनमा बसे पुग्ने छ ।  नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले अव को केही  महिना मै अनलाईनबाट नै रगतको जोरजाम गर्न सकिने व्यवस्था गर्न लागेको हो । कुनै पनि व्याक्तिलाई फ्रेस रगत चाहियो या  कुनै पनि संघ संस्थाले  रक्त संञ्चार सेवा केन्द्र संग संमन्वय गरेर रक्तदान गर्ने योजना छ भने पनि त्यो जानकारी वेभसाईडमा उपलब्ध हुनेछ ।  त्यस्तै रक्तदाता व्याक्तिहरुको प्रोफाईल, कति पटक रक्तदान गरे , र रक्तदान गर्न ईच्छुक व्याक्तिहरुको फोन नम्बर र ब्लड गु्रप सहितको विस्तृत जानकारी समेत उक्त वेभसाईटमा राखिने जनाइएको छ ।  अनलाइनबाटै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तसंचारकेन्द्रको संमन्वयमा यस्तो प्रकारको व्यवस्था गर्न लागेको नेपाल रेडक्रस सोसाईटी र...

सडकमा बार लागेपछि भित्री बाटोमा माईक्रो

Image
कृष्ण खनाल बुटवल, १२ जेठ । बुटवलल–वेलहिया सिक्सलेन सडक निर्माण संगै सडक किनारामा ‘सडक सुरक्षा बार’ लगाइएपछि पश्चिम नेपाल बस व्यवसायी संघ बुटवले भित्री सडकमा  मिनी माईक्रो सञ्चालनमा ल्याएको छ । विगतका दिनहरुमा  बुटवलको  गोलपार्क देखि योगीकुटी पुलसम्म सानो हाईस सञ्चालन गर्दै आएको संघले थप ५ वटा मीनि माईक्रो सञ्चालनमा ल्याएको हो ।  संघले अहिले बुटवलको सिद्धबाबा देखि शारदास्कुल सम्म दैनिक रुपमा मिनी माईक्रो सञ्चालनमा ल्याएको हो । बुटवल यातायाता व्यवसायी समितिले उक्त रुटमा सिटी माईक्रो सञ्चालनको लागि अवधारण ल्याए पनि नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट बुद्ध सर्किट नयाँ थप गाडी दर्ता गर्न रोक लगाए पछि उक्त अवधारण पनितुहिएको छ । चितवन र अन्य जिल्लाहरुमा सञ्चालनमा आएको भ्यान आकारको ‘सिटी माईक्रो’ बुटवलमा सञ्चालन नहुने निश्चित भएको छ ।  नगर क्षेत्रका यात्रुहरुलाई सहज रुपमा यात्रा गराउनको लागि भनेर ल्याएको योजना बुटवल यातायतात व्यवसायी समितिले दर्ता प्रक्रियामा नै रोक लागे पछि हात झिकेको छ । बुटवल यातायतात व्यवसासायी समितिका अध्यक्ष डिल बहादुर थापा भन्छ...

विपत्तीको फाईदा उठाउने तस्कर पक्राउ

Image
कृष्ण खनाल बुटवल,११ जेठ ।   देश महाविपत्तीमा रहेको बेला मौका छोपी काठ तस्करगर्ने तस्करीहरु फन्दामा परेका छन् । रुपन्देहीको देवदह नगरपालिका–सितलनगर जीजीकै चिरान काठ तस्करी गरि ल्याउदै गर्दा  सितलनगर सेक्टर बन, ईलका बन कार्यालय र बुद्ध समुदायिक वन देवदहको संयुक्त गष्तीटोलीले ति काठ तत्करलाई पक्राउ गरेको हो । ७ जनाको समुहमा रहेका काठतस्करहरुले सालको चिरान काठ बोकेर आउदै गर्दा आईतबार राती १ बजेको समयमा संयुक्त  गष्ती टोलीले काठ सहित नियन्त्रणमा लिन सफल भएको सेक्टर बन कार्यालय सितलनगरका प्रमुख सहायक वन अधिकृत सत्येन्द्र नारायण सिंहले जानकारी दिए । उनका अनसरा देवदह नगरपालिका–६ का राजु खत्री, अर्जुन खत्री, धन बहादुर रोका, ईन्द्र बहादुर गुरुङ्ग, ठोगु गुरुङ्ग देवदह नगरपालिका–७ का शिव  खत्री क्षेत्री र नवलपरासी जिल्लाको सुनवल नगरपालिका ७ घर बताउने सुकै थारुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएइको छ । उनीहरुको साथबाट ८ थान चिरान सालको काठ  प्राप्त भएको हो । सितलनगर सेक्टर वन कार्यालय प्रमुख सहायक वन अधिकृत सिंहका अनुसार भुकम्पछि  देश शोमा रहेको ...

ब्रेलमा परनिर्भरता हटाउन ‘ट्याब प्रविधी’

Image
कृष्ण खनाल बुटवल, १० जेठ ।  मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विकट जिल्ला कालिकोटबाट काठमाण्डौ गएर उच्च शिक्षा अध्यययन गर्दै गरेकी पुर्ण दृष्टिविहिन विद्यार्थी नन्दा सिंहले अध्ययनको क्रममा थुपै्र ठक्कर खानुप¥यो ।  ाठमाण्डौमा रहेको नेत्रहिन पुर्नस्थापना कार्यक्रम अन्र्तगतको महिला छात्रावासमा बसेर उनी पशुपती उमाविमा कक्षा १२ मा पढ्दै आएकी छिन् ।  कहिले ब्रेल पेपरको अभाव त कहिले ब्रेल पुस्तकको अभाव र कहिले अडियो पुस्तक को अभाव । यस्तै अभाव झेल्दा झेल्दै कक्षा १२ सम्म पुगेकी सिंह ले अव भने त्यस्तो अभाव को सामना गर्नुपर्ने छैन ।   कारण अब उनको हातमा विशेष प्रविधि भएको ट्याब्लेट प्राप्त भएको छ । कक्षा ९ सम्म पढ्दा दातृ निकायले उपलब्ध गराएको ब्रेल पुस्तकबाट अध्यन गरिकी उनी कक्षा ११ र १२ मा भने अडियो पुस्तकबाट अध्यायन गर्दै आएकी थिईन् । ति पुस्तका प्राप्त मात्रमा थिएनन् । अव उनलाई न त रेकर्ड गरिएका पुस्तक नै आवश्यक हुनेछन् न त कुनै ब्रेल पुस्तक नै  ।  अपाङ्गता अधिकार र विकासका लागि कृयाशिल नेपाल नामक दृष्टिविहिनरुकै गैर सरकारी संस्थाले उनी जस्तै ...

फुच्चे गाविस सचिवको सफलता : २१ बर्षमा साढे २ हजारको सेवक

Image
कृष्ण खनाल   बुटवल, ९ जेठ ।  पाल्पा जिल्ला सदरमुकाम देखि ४३ किलोमिटर टाढा रहेको छ  देवीनगर गाविस ।  २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ । सोही मानिसहरुको प्रशासनिक सेवामा सहयोगीको  भुमिका निर्वाह गरेका छन् एक २१ बर्षिय किशोरले ।  ति २१ बर्षिय किशोर हुन  गाविस सचिव कमल लम्साल । गुल्मी जिल्लाका घमिर गाविस वडा नं. २ स्थायी घर भएका लम्साल २०७१ असोज २७ देखि देवीनगर गाविसमा गाविस सचिवको रुपमा कार्यरत रहेका छन् । ६ सय २८ घर धुरी रहेको उक्त  गाविसमा  पुरुष १ हजार ३ सय २४ र महिला १ हजार ६ सय ६५  गरी कुल २ हजार ९ सय ८९ जना मानिसको बसोबास रहेको छ ।  २०७० साल माघ महिनाको २१ गते  पाल्पा जिल्लाकै बाकवान गाविसबाट गाविस सचिवको काम सूरु गरेका उनी २०७० सालमा लोकसेवा  आयोग  उत्र्तिण गाविस सचिव बनेका हुन । गाउमा हुने जुन सुकै कार्यक्रममा उनी प्रमुख अतिथीको रुपमा आमन्त्रीतहुने गर्दछन् ।  गाउका स्थानियका विचमा परिचित भएपनि अन्य स्थानबाट जाने जो कोही पनि पपिहला उनी नै गाविस सचिव हुन भनेर पत्याउन  ग्राहे हुन्छ ।...