अनलाईनबाट रगत को जोरजाम

कृष्ण खनाल
बुटवल, १४ जेठ । 
तपाईँको आफन्त विरामी हुनुहुन्छ, रगत चाहियो ? वा अप्रेसनका लागि तत्काल रगत दिनुपर्ने भो? रगत खोज्दा खोज्दै हैरानीमा हुनुहुन्छ भने अब आत्तीनु पर्ने छैन । अव तपाई रगतको लागि विभिन्न संघ, संस्था वा अस्पताल चाहार्नु पर्ने र रगत दिने मानिस खोजीरहने झन्झट अब हट्ने भएको छ । त्यसको लागि तपाई अनलाईनमा बसे पुग्ने छ । 

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले अव को केही  महिना मै अनलाईनबाट नै रगतको जोरजाम गर्न सकिने व्यवस्था गर्न लागेको हो । कुनै पनि व्याक्तिलाई फ्रेस रगत चाहियो या  कुनै पनि संघ संस्थाले  रक्त संञ्चार सेवा केन्द्र संग संमन्वय गरेर रक्तदान गर्ने योजना छ भने पनि त्यो जानकारी वेभसाईडमा उपलब्ध हुनेछ । 
त्यस्तै रक्तदाता व्याक्तिहरुको प्रोफाईल, कति पटक रक्तदान गरे , र रक्तदान गर्न ईच्छुक व्याक्तिहरुको फोन नम्बर र ब्लड गु्रप सहितको विस्तृत जानकारी समेत उक्त वेभसाईटमा राखिने जनाइएको छ । 
अनलाइनबाटै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले रक्तसंचारकेन्द्रको संमन्वयमा यस्तो प्रकारको व्यवस्था गर्न लागेको नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले जानकारी दिए ।  अनलाईनबाट रगतसम्बन्धी सबै जानकारी प्रदान गर्ने सफ्टवेयर निर्माणको कार्य जारी रहेको भन्दै अध्यक्ष उदासले अवको केही महिनामा उक्त वेसाईट सञ्चालन नगरिने जानकारी दिए । उनले भने–‘हामी  प्राविधिक रुपमा तयारी गरिरहेका छौं प्राविधिकहरुलाई तालिमको लागि पठाईसकेको र  त्यसको तयारी जारी रहेको छ ।’
यस्तै महाभुकम्पको कारण रगत अभाव हुन  नदिनको लागि रक्त सञ्चार सेवा केन्द्रले ३सय रगत पठाएको जनाएको छ । विगत २ बर्ष पछि रुपन्देही रगतमा रुपन्देही आत्मनिर्भर बन्दै गएको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ । 
‘२ बर्ष पहिला लौन रक्तदान गर्नु प¥यो भन्दै दाता डाक्नु पर्दथ्यो, तर अहिले भने रक्तादानको सेडुल मिलाउन मुस्कील छ ।–अध्यक्ष उदासले भने ।  अहिले ब्लड बैंकमा १ सय ५० रगत स्टक रहेको जनाएको छ ।  

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ