Posts

लागुऔषध विरुद्व ‘जाग्दै समुदाय’

Image
कृष्ण खनाल बुटवल, १७ माघ ।  सैनामैना नगरपालिका–४ भाटाको एक घरमा केही समय पहिला परिवारले एउटा मन्दिर निमार्ण  ग¥यो । गाउँका सबैलाई खबर गरियो । मन्दिरको उद्घाटनको दिन भव्य पुजा समेत लगाईने भयो । सोही अनरुप विभिन्न टोल–टोलबाट आफन्त तथा आमन्त्रीत मानिसहरु उक्त घरमा भेला भए । हर्षका साथ भेला भएका निम्तालुहरु घरमा पुग्दा भने त्यहाको बातवरण नै अर्कै थियो । सबै सोकमग्न थिए, कसैको मुहारमा हासो थिएन् केवल नैरस्यता मात्र थियो ।  कारण हो जुन घरमा मन्दिर निर्माण गरिएको  थियो भव्य पुजाआजा सहित रमाईलो गर्ने योजना थियो । तर त्यहि घरका एक छोरा अघिल्लो दिन लागुपदार्थ (ड्रग्स) सेवन गर्दा डोज बढि भएर उनी सदाकै लागि संसार छाडेका थिए । जसको कारण  मन्दिर उद्घाटनको लागि आयोजना गरिएको पुजामा उपस्थिती भएका सबै निम्तालु मलामी बनेर फर्किए ।  यो  सैनामैना नगरपालिका अन्र्तगत भाटा गाउमा भएको एउटा प्रतिनिधि घटना हो । पछिल्लो समयमा लागु औषध प्रयोगकर्ताहरुको बढ्दो विकृतीको एउटा रुप थियो यो । यसरी त्यस्तै घटना अव सैनामैना नगरपालिका भित्र नघटोस भनेर त्यहा स्थानिय, आमा समुह, विद...

गरे के हुन्न ? १२ ठाउँ काम, ३५ हजार दाम

Image
कृष्ण खनाल बुटवल, १५ माघ ।  केही दिन पहिला बुटवल–८ मा एक महिलाले बच्चा जन्माईन् । ‘लौन  आन्टीले छोरा पाईन्, यसो बच्चालाई सेक्ने,  कपडा धुने र सरफाई गर्ने मान्छे चाहियो ।’  श्रीमानले भन्दै थिए । अर्की एक महिलाले  भनिन्–‘यहा मान्छे  पाउन ग्राह््रो छ, मुर्गियामा छिन् दिनको साढे ३ सय हो ।’ यति भएपछि श्रीमान् ढुक्क भए र मुर्गियाबाट बस चढेर दैनिक एक महिला बुटवल आउछिन्, बच्चाको हेरचाह, गर्छिन्, तेल लगाईदिने, सेक्छीन र जान्छीन् । काम गर्नको लागि लाज नमान्ने उनी जस्ता रुपन्देहीमा केही महिलाहरुले महिनेत गरि मासिक ३५ हजार रुपैयाँ भन्दा बढि आम्दानी गर्दछन्  ।  तिनै मध्येकी एक हुन, गुल्मी जिल्लाको रिडीमा जन्मीएकी, मिना पाटामगर । ३१ बर्षिय पाटामगरले  बुटवलका विभिन्न १२ स्थानमा सरसफाई गर्ने काम गर्दछिन् । उनको आम्दानी रहेको छ ३५  हजार ।  अहिले बुटवल–१३ देविनगरमा बस्दै आएकी उनी केही समय पहिला दुर्घटनाको कारण श्रीमान गुमाएर एकल भएकी थिईन् । तर उनलाई परिवार पाल्नको लागि  एक छोरा र छोरीकी आमा रहेकी पाटामगरले बुटवलका  ८ वटा ल्याब,...

फेसबुक स्टाटसले विपन्नलाई विद्यार्थीलाई सहयोग

Image
कृष्ण खनाल  बुटवल, १३ माघ ।  अग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिखका दिन  रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक स्थानियले फेसबुकमा एउटा स्टाटस रखिन् । सबैले नयाँ बर्षको शुभकामना दिदै भरिएको फेसबुको वालमा उनको एउटा फरक खाले स्टाटस थियो । अग्रेजीमा  बाडिँएको उक्त फेस बुक स्टाटस थियो–‘हामीले यो नयाँ बर्ष लाई यसरी मनाउँदा कस्तो होला,  बुटवलको एक विद्यालयमा अध्यायनरत ३ जना विद्यार्थीहरु आर्थिक अभावको कारण  शिक्षाको न्यानो घामबाट बञ्चित हुदै छन्, कृपया उनीहरुको लागि केही सहयोग गरौं ।’ यो स्टाटस बाढेकी थिईन् स्थानिय यशोदा थापाले । ५ वटा कमेन्ट र मात्र ७५ लाईक पाएको उनको स्टासको प्रभाव  ठिक एक महिनापछि परेको छ ।  विद्यार्थीको तस्वीर सहित पोष्ट भएको स्टास पढेपछि कतारबाट रमेश  काउचाले उक्त विद्यार्थीहरुको लागि ५ हजार नगद सहयोग गरेका छन् । केही समय पहिला बाबा  गुमाएका विद्यार्थी हिमाल आले नहरपुर माविमा कक्षा ८ मा पढ्छन् भने पर्वत आले बुद्धनगरमा रहेको मायादेवी जनजागृती सामुदायिक प्रावि कक्षा ३ मा पढ्छ् र अविसा आले कक्षा १ मा पढ्छीन्...

सन्र्दर्भ ६२ औं विश्वकुष्ठरोग दिवस, अङ्गभङ्ग नहुन समयमै सचेत

Image
कृष्ण खनाल बुटवल, ११ माघ ।  लोहरी चौधरी जन्मदा सामान्य नै थिईन् । सबैले उनका आमा बुबालाई भन्ने गर्दथे–‘लक्ष्मी जस्तो छोरी जम्माईछस् । ’ यसो भनिरहदा उनका आमा बुबा समेत मख्खा थिए  । उनी हुर्कदै गईन् । उमेरमा १६ बर्ष लाग्दा उनको शरिरको हात र खुट्टामा समेत लाटो फुर्सो दाग देखा प¥यो । पहिला त उनले त्यसलाई वास्ता गरिन्न् । जसको कारण उनको लाटो  फुस्रो दाग विस्तारै बढ्दै गयो, पछि उनको हात र खुट्टा समेत पाक्न थाले ।  यस्तो अवस्था आएपछि  उनको परिवारले उपचार भन्दा पनि झाक्री तर्फ लागे ।  उनको शरिका अङ्गहरु थप सड्दे  गएका थिए तर परिवारले उनको उपचार भन्दा बढि लामा झाक्रिमा लाग्यो । पछि आमाले सुनको गहाना बेचेर भएपनि उनको उपचारको लागि पोखरा लगिन् ।  २ बर्षपछि उनमा भएको लाटो फुस्रो दाग सबै निको भयो तर हातको औला भने काट्नु पर्ने अवस्था आयो । उनलाई कुष्टरोग लागेको थियो  जुन समयमा नै पहिचान नहुदाँ उनले हातको औला सदाको लागि गुमाउनु प¥यो ।  उपचार पश्चात उनी पुर्ण निको भईन् । उनी भन्छीन्–‘हात र खुट्टाको औला  काटेर फाल्नुपर्ने भयो, पुरै शरिर...

जिल्ला शिक्षा कार्यालयलाई ढाट्दै अवैध विद्यालय

Image
कृष्ण खनाल बुटवल, १०  पुस ।  जिल्ला शिक्षा कार्यालय रुपन्देहीले लामो समय देखि अवैध विद्यालयहरु बन्द गराउन सकेका थिएन् ।  केही समय  पहिला  जिल्ला शिक्षा कार्यालयले  १ सय ३७ वटा अवैध विद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयलाई बोधार्थ पत्र काटी अनुमती विनाका विद्यालय बन्द गराउनको लागि निर्देशन गरेको थियो ।   जिल्ला शिक्षा कार्यालय लाई लामो समयदेखि नटेरेका अवैध विद्यालयले अख्तियारलाई बोधार्थ पत्र काटेको देखेपछि धमाधाम अवैध विद्यालय बन्द गरेको र स्वीकृत विनाका कक्षाहरु समेत बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालय र अख्तियारमा समेत बुझाएका  थिए  ।  यसरी ति विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयको अस्वीकृत विनाका माथिल्लो कक्षा बन्द गरेको र अवैध विद्यालय समेत बन्द गरेको बताए पनि अधिकांस अवैध विद्यालयहरुले  जिल्ला शिक्षा कार्यालयलाई ढाटेको पाइएको छ  ।  अवैध विद्यालय बन्द गरेको पत्र जिल्ला शिक्षा कार्यालयमा बुझाए पनि लुम्बिनी ग्यालेक्स बोर्डिङ्ग स्कुल  रायापुर–६ ले  कक्षा ५  खुलेयाम र...

छोरा छोरीले पकाउने अभिभावकले खाने

Image
कृष्ण खनाल बुटवल, ९ माघ ।  जो कोहि अभिभावकहरुलाई पनि विहान उठ्दा एक प्रकारको हतार नै हुन्छ । विद्यालय जाने  छोराछोरीको लागि समयमै खाना तयारगरी खुवाएर समयमै विद्यालय पठाउनु अझ दिउँसको खाजा समेत तयार गरेर पठाउनु ।  अझ निजी विद्यालयहरुमा त विहान १० बजेको विद्यालयमा ९ वा साढे ९ बजे तिर नै विद्यालयमा पु¥याउनु पर्ने बाध्यता रहेको छ । तर शुक्रवार एक विद्यालयमा फरक दृश्य देखियो । जहा विद्यार्थी छोराछोरीहरुले पकाएर आफ्नै अभिभावकहरु, आफ्नै सार्थीहरुलाई र शिक्षक शिक्षिकाहरुलाई समेत खुवाउदै थिए र आफ्नो परिकारको बारेमा प्रतिक्रिया समेत लिदै थिए ।  उक्त दृश्य बुटवल–१०  सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग उच्च माविका  विद्यार्थीहरुले आयोजना गरेको फुड फेष्टीभल अर्थात खाना महोत्सवको दृश्य थियो । कुनै  विद्यार्थीहरु सेलरोटी पकाउदै थिए भने कुनै विद्यार्थीले मःमको लागि पिठो बेल्दै थिए, कुनै विद्यार्थीहरुले नेवारी खानको परिकार तयार गर्दै थिए ।   भर्खरै मात्र किचनबाट नाङ्गलोभरी सेल रोटी ल्याएर स्टलमा खनाउदै गर्दै कक्षा ९ ‘डि’ सेक्सनी पुजा श्रेष्ठ भन्दै थिईन...

शहकारीमा बढ्दै बेतिथी

Image
कृष्ण खनाल बुटवल, ७ माघ । आत्म सहयोग, स्वयत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय ऐक्यवद्धता, ईमान्दारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरुको हेरचाह सहकारीका मुल्य मान्यताहरु हुन । तर यि मुल्य मान्तयालाई कुल्चीदै सहकारी संस्थाहरुमा वेतिथी बढ्दै गएको विश्लेषण गर्न थालिएको छ । खासगरी कमब्याजमा सहुलियतमा समुह भित्र ऋण(कर्जा) प्रवाह गरी समुहभित्रका  सदस्यहरुलाई आर्थिक उपार्जनमा लगाई आर्थिक समृद्धि तर्फ लम्कीने भन्दै स्थापना भएका सहकारी संस्थाहरुले पछिल्लो समयमा ‘मिनी बैंक तथा फाईनान्स’ को काम गरिरहेका छन् ।  सहकारी ऐन २०४८ मा स्पष्ट व्यवस्था भएअनुसार कुनै पनि बचत तथा ऋणको काम गर्ने सहकारीहरुले कर्जा प्रवाह (ऋण लगानी) र निक्षेप संकलन (बचत स्वीकृत) अन्तर ६ प्रतिशत भन्दा बढि गर्न नपाईने स्पष्ट व्यवस्था रहेको छ ।  अर्थात कुनै पनि सहकारीले बचतकर्तालाई कति प्रतिशत व्याज प्रदान गर्ने हो त्यसको दर र सदस्यहरुलाई ऋण दिँदा सहकारीले लिने ब्याजदरको अन्तर अधिकतम् ६ प्रतिशत मात्र हुनु पर्दछ ।  तर यस क्षेत्रका सहकारीहरुले मापदण्ड भन्दा बढि नै ब्याज लिने अशुल्ने गरेको पाईन्छ । डि...