फेसबुक स्टाटसले विपन्नलाई विद्यार्थीलाई सहयोग

कृष्ण खनाल 
बुटवल, १३ माघ ।


 अग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिखका दिन  रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक स्थानियले फेसबुकमा एउटा स्टाटस रखिन् । सबैले नयाँ बर्षको शुभकामना दिदै भरिएको फेसबुको वालमा उनको एउटा फरक खाले स्टाटस थियो । अग्रेजीमा  बाडिँएको उक्त फेस बुक स्टाटस थियो–‘हामीले यो नयाँ बर्ष लाई यसरी मनाउँदा कस्तो होला,  बुटवलको एक विद्यालयमा अध्यायनरत ३ जना विद्यार्थीहरु आर्थिक अभावको कारण  शिक्षाको न्यानो घामबाट बञ्चित हुदै छन्, कृपया उनीहरुको लागि केही सहयोग गरौं ।’ यो स्टाटस बाढेकी थिईन् स्थानिय यशोदा थापाले । ५ वटा कमेन्ट र मात्र ७५ लाईक पाएको उनको स्टासको प्रभाव  ठिक एक महिनापछि परेको छ । 
विद्यार्थीको तस्वीर सहित पोष्ट भएको स्टास पढेपछि कतारबाट रमेश  काउचाले उक्त विद्यार्थीहरुको लागि ५ हजार नगद सहयोग गरेका छन् । केही समय पहिला बाबा  गुमाएका विद्यार्थी हिमाल आले नहरपुर माविमा कक्षा ८ मा पढ्छन् भने पर्वत आले बुद्धनगरमा रहेको मायादेवी जनजागृती सामुदायिक प्रावि कक्षा ३ मा पढ्छ् र अविसा आले कक्षा १ मा पढ्छीन्। 
केही समय पहिला  बाबालाई गुमाएका यि विद्यार्थीहरुलाई पढाई खर्च समेत जुटाउन आमाले ज्याला मजदुरी गर्दै आएकी थिईन् । तर लेख्ने कापी कलमको समेत अभाव झेल्दै आएका ति विपन्न विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि  करिव ३ हजार बराबरको स्टेशनरी र नगद २ हजार पोसाक सिलाउनको लागि खर्च हस्तान्तरण गरिएको छ । जसमा केही स्टेशनरी फेसबुक स्टाटस पढि सुदन ज्ञवालीले समेत सहयोग गरेका छन् ।   पोशाक विद्यालयबाट नै उपलब्ध हुने भएपनि  विद्यालय पोशाक सिलाउनको लागि उनीकी आमा संग पैसा थिएन् । 
बुटवलको ट्राफिक चोकमा सजिलो मनि ट्रान्र्फरका सञ्चालक हाल कतारमा रहेका रेशम काउचाले आफ्नो सानो सहयोगबाट  ३ जना विपन्न विद्यार्थीहरुको  शिक्षामा सहयोग पुग्छ भने किन सहयोग  नगर्ने सन्देश पठाएका छन् । 
उता, उक्त फेसबुक स्टाटस मार्फत सहयोग जुटाएकी  यशोदा थापाले फेसबुकलाई सामान्य मनोरञ्जनको रुपमा मात्र  प्रयोग नगरि फरक ढंगको कार्य गर्न सकिने भन्दै आफुले उक्त कार्य गरेको बताएकी छिन् । उनी भन्छन्–‘हाम्रो एउटा फेसबुकको स्टाटसले विपन्न विद्यार्थीको भविश्य बन्छ भने किन त्यस्तो रचनात्मक कार्य नगर्नै ।’
उता, माया देवी जनजागृती सामुदायिक प्राविकी प्रध्यानाध्यापक माधव लोहनीले विद्यालय सुकुम्बासी बस्तीमा रहेको  र उक्त विद्यालयमा  दैनिक ज्यालादारी गरेर आफ्नो  जिविका चलाउने व्याक्तिका छोराछोरीहरुले पढ्ने विद्यालय भएपनि  सरकारी निकाबाट सहयो न्युन रहेको बताउछन् । उनका अनुसार अहिले गत भदौ महिना देखि एउटा राहात दरबन्दीमा कोटा र बाल शिक्षकबाहेक अन्य शिक्षकहरु स्वयमसेवक रुपमा  बस्ती विकास समितिले दिने तलबबाट काम गरिरहेका छन् ।
 वि.स. २०६३ सालमा भाडाको घरबाट  सुरु भएको विद्यालय अहिले बाल शिक्षा(शिसु) देखि कक्षा ३ सम्म सञ्चालन भएको छ ,  विद्यालको भौतिक पुर्वाधार समेत कमजोर रहेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य  नेत्र बहादुर राना भन्छन्–‘सरकारी निकायबाट गरिब र विपन्न विद्यार्थीहरु पढ्ने विद्यालयलाई हेलाको व्यवहारले हेर्नु भएन् ।’ पछिल्लो समयमा केही सामाजिक क्षेत्रमा काम गर्ने व्याक्तिहरुको सहयोग केही बढ्दै गएको उनको भनाई रहेको छ । 

तस्वीरः सहयोग प्रदान गर्दै विद्यायका प्रध्यानाध्यापक र यशोदा  थापा । तस्वीरःकृष्ण खनाल÷बुटवल । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ