Posts

परिवार नियोजनको अवस्था, पहाडमा पुरुष तराईमा महिला बढि

Image
कृष्ण खनाल बुटवल, १५ पुस ।  परिवार नियोजनाको सेवा लिनेहरु पहाडमा पुरुषको संख्या र तराईमा महिलाहरुको संख्या उच्च भएको पाइएको छ  । नेपाल परिवार नियोजना संघ शाखा  रुपन्देहीका अनुसार पहाडी जिल्लामा परिवार नियोजनाको सेवा लिनेहरुमा पुरुषहरुले भ्यासेक्टोमी बढि मात्रामा गराउने गरेका छन् भने तराईका जिल्लाहरुमा अधिकांस महिलाहरुले मिनिल्याप  गराउने गरेको पाइएको हो ।  नेपाल परिवार नियोजन संघ बुटवल रुपन्देही शाखा प्रबन्धक मोहन बस्यालका अनुसार तराईका जिल्लाहरुमा पुरुष बन्ध्याकरण सेवा  भ्यासेक्टोमी गर्नेहरु कम रहेका छन् भने महिलाहरुका संस्या उच्चरुपमा बढिरहेको छ ।  उनी भन्छन्–‘तराईमा पुरुषहरु काम गरेर जिविकोपार्जन गर्नुपर्ने धारणा अहिले सम्म कायम रहेको कारणले महिलाहरुलाई बढि मात्रामा बन्धयाकरणको लागि दबाब दिने गरेको पाईन्छ ।’  उनका अनुसार अधिकांस तराईका जिल्लाका महिलाहरुले शिविरमा परिवार नियोजना गराउने गरेको पाईन्छ भने पहाडका जिल्लाहरुमा भने पुरुषहरुले शुविधासम्पन्न अस्पतालमा गएर बन्ध्याकरण  गराउने गरेका पाईन्छ ।  नेपाल परिवार नियोजन सं...

ब्रेलमा प्रश्नपत्र हुने भएपछि दृष्टिविहिन विद्यार्थीमा उत्साह

Image
कृष्ण खनाल बुटवल, १२ पुस ।  त्रिवेणी सुस्ता गाविस–३ नवलपरासीका १९ बर्षका राजन मल्लाह अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम मा रहेको शान्ती नमुना उच्च मावि कक्षा ९ का विद्यार्थी हुन । विगत ९ बर्ष देखि उनी उक्त उच्च माविमा आवाशियरुपमा अध्यायन गर्र्दै आएका छन् । पुर्णरुपमा दृष्टिविहिन मल्लाहले दजानौ पटक साथीहरुले  पढेर सनाइएको प्रश्नको आधारमा परिक्षा दिदै आए । तर आईतबारको दिनबाट मल्लाहले अव कहिल्यै पनि साथीहरुको परिक्षा दिनको लागि साहारा लिनुपर्ने छैन । कारण हो विद्यालयमा एक गैरसरकारी संस्था रुपन्देही नेत्रहिन पुर्नस्थापना कार्यक्रममा ब्रेलमा नै प्रिन्ट हुने र छामेर अध्ययन गर्न सकिने खालको प्रीन्टर हस्तान्तरण गरेको छ । मल्लाह भन्छन्–‘कयौ परिक्षा साथीहरुले पढेर सुनाएको आधारमा दिए, कयौ पटक साथीहरुले समेत प्रश्न स्पष्ट रुपमा पढ्न नजानेको कारण पटक परिक्षा समेत बिग्रीएको छ ।’ आगामी दिनमा विद्यालयले ब्रेलमा नै प्रश्नपत्र र आवश्यक शैक्षिक सामग्री प्रिन्ट गरेर दिने भएपछि उक्त विद्यालयमा अध्यायनरत २९ जना दृष्टिविहिन विद्यार्थीहरु उत्साहित बनेका छन् । उनी थप्छन्–‘पहिला...

सार्वजनिक बस: अपाङ्गता भएका महिला लाई असहज

Image
कृष्ण खनाल बुटवल, ११ पुस । मैया लम्साल, रुपन्देहीमा अपाङ्गताको क्षेत्रमा क्रियाशिल नाम हो । ह्वीलचियर प्रयोगकर्ता लम्सालको यात्राको क्रममा कयौ पटक तितो अनुभव बटुलेकि छन् । करिव ४ बर्ष पहिला बहिनीको घर नवलपरासीको कावासोती जाँदा उनी चितवन जाने बस कुरेर बसिन । एक्लै  उनी बस चढ्नको लागि आँट गरेकी थिईन । कयौ पटक माईक्रो उनकै अगाडीबाट हुईकिन्थे तर उनलाई अधिकांस बस चालक र सहचालकले ‘समय छैन ’ भन्दै बस हुईकाउथे । निकै बेरको पर्खाईपछि एकवटा बसले रोक्यो र सहचालकले ह्वीलचियर गाडीमा राखिदिए र उनी बसको अघिल्लो सिटमा बसीन् । सिटको छेवैमा एक जना मधेसीमुलका व्याक्ति थिए । उनलाई भुमहि कतिबेला आउला जस्तो भयो, कारण सिटको छेवैमा बसेका व्याक्तिलाई उनलाई  मानसिक र शररिक रुपमा टर्चर दिईरहे । यति मात्र होईन,  केही समय पहिला  उनी लम्साल बुटवल देखि नवलपरासीको भुमही जाँदा एउटा माईक्रोमा चढिन,  माईक्रो मा के चढेकी थिईन, उनलाई  माईक्रोको सहचालक(खलासी)ले नराम्रो संग गालि गरे। अपशब्द प्रयोग गरि होच्याएर गालि गलौच गरेको कारण उनले तत्काल प्रहरीलाई खबर गरिन् । देवदह प्रहरीले सहचालकला...

जोखिममा लुम्बिनी अञ्चलको सडक सञ्जाल

Image
कृष्ण खनाल बुटवल, १ पुस ।   –जिल्ला प्रविधिक कार्यालय पाल्पाका अनुसार १ सय ४२ वटा सडकमा ८ करोड १० लाख रुपैया“  खर्च गरिएको छ । सोही बर्षमा  ६० लाख रुपैया“ पुल निमार्णका लागि खर्च गरिएको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा कुल २ हजार २ सय किलोमिटर सडक खनिएको छ । तर बर्षभरी नै  गाडी चल्ने बाटो जम्मा ७१ किलोमिटर मात्र छ ।  – लुम्बिनी अञ्चलको सबै गाविसहरुमा सडक सञ्जालले जोडिएको जिल्ला हो अर्घाखाँची ।  जुन जिल्लामा करिव १८ सय किलोमिटर सडक खनिएको छ । ६८ किलोमिटर पक्की बाहेक बर्सातको समयमा पक्की बटो बाहेक अन्य बाटोमा गाडी गुड्न सक्दैनन्   – लुम्बिनी अञ्चलको तराईको जिल्ला नवलपरासीमा ६९ वटा गाविस र ६ नगरपालिका रहेका छन् । जिल्लामा अहिले सम्मा  २ सय २६ किलोमिटर कालेपत्रो गरेको सडक रहेको छ । जसमा मुख्य राजमार्गले करिव १ सय किलोमिटर ढाकेको छ । तराईको जिल्ला भएपनि ५० प्रतिशत सडकमा  बर्ष भर गाडी  गुड्छन् । अन्यसडकमा बर्सातको समयमा गाडी गुड्न संभव छैन ।  –प्रमुख व्यापारीक नगरबुटवल भएको रुपन्देही जिल्लामा जिल्ला विकास समिति, नगरपाल...

स्वावलम्बी बन्दै ग्रामिण भेगका महिलाहरु

Image
कृष्ण खनाल बुटवल, १० पुस । रुपन्देहीको सैनामैना नगरपालिका (साविक पर्रोहा गाविस) –३ की २४ बर्षिय  अञ्जना राना मागर करिव ३ बर्ष पहिला घरबाट बाहिर नस्कन पनि अफ्ठारो हुन्थ्यो । आम्दानीको बाटो  नदेखि बेरोजगार  बनेकी  उनको समुदायमा मानिसहरु एक आपसमा मिलेर सामुहिक कार्य  गर्न हिच्कीचाउथे । रानामगरलाई अन्य समुहका आमा समुहको पोसाक लगाएर बाटोमा हिडेको कार्यक्रममा गएको देख्दा लाग्थ्यो ति महिलाहरु ठुलै मानिसहरु हुनकी क्या हो । एक दुई रुपैयाको लागि पनि श्रीमान्कै भर पर्नुपर्ने बाध्याता थियो उनलाई । तर पछिल्लो समयमा सैनामैना  नगरपालिकाका १४ सय ४० घरपरिवारका १७ सय २८ जना महिलाहरु आफै स्वाबलम्बी बनेका छन् । कसैले सामुहिक रुपमा धान खेती, कसैले तरकारी खेती, त कसैले बाख्रा पालन, कुख्रा पालन, भैसी पालन गरी मनग्य आम्दानी गरेका छन् । अञ्जना रानामगर भन्छीन्–“ पहिला १÷२ रुपैयाको लागि पनि श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो , तर अहिले त्यस्तो छैन ।’ जागृती  आमा समुहमा आवद्व रहेकी उनले  होली, तिहार र कुनै गाउमा विदेशबाट मानिस आउदा, विवाह तथा अन्य उत्सवमा प...

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

Image
बुटवल संवाददाता/ बुटवल, ७ पुस । यस क्षेत्रमा सामुदायिक विद्यलय तर्फ नमुना विद्यालयको रुपमा रहेको बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविले ५४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस–२०७१ मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गालामीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कालिका उच्च मावि नेपालकै नमुना उच्च मावि बन्नको लागि शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले अहिले कालिका उच्च माविको नतिजा उत्कृष्ठ भएको भन्दै अझै प्रगतीको पथमा लम्कीनको लागि सुझाव दिए । कार्यक्रममा विशिष्ट आतिथीको रुपमा रहेको उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका प्रमुख सुवास पन्तले उच्च मावि तह कालिका उच्च माविले साुमदायिक  विद्यालयमा राम्रो नतिजा ल्याएको भन्दै अझ प्रगतीको कामना व्याक्त गरेका थिए । कार्यक्रममा विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य घनश्याम पाठकले अवको केही समयमा विद्यालयमा स्मार्टबोड बाट अध्यायन अध्यापन हुने जानकारी दिएका थिए । उनले केही समयमा कुनै पनि विद्यार्थी विद्याल...

विद्यालयको अक्षय कोषबाट विद्यार्थी र शिक्षकहरु पोत्साहन

Image
कृष्ण खनाल बुटवल, पुस ।  यस  क्षेत्र लगायत नेपालमै सामुदायिक  उच्च माविमा आफुलाई अब्बल उभ्याउदै आएको कालिका उच्चमा स्थापना गरेको अक्षयकोषबाट बार्षिक रुपमा दजर्नौ गरिब तथा जेहेन्दार विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् । अहिले सम्म उक्त उच्च माविमा २० वटा अक्षयकोष स्थापनाभएको छ । विद्यालयमा स्थापना भएको  अक्षयकोषबाट बार्षिक करिव १ सय जना  जेहेन्दार, गरिब विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् ।  अहिले विद्यालयले ५४ औं बार्षि उत्सव मनाउन लागिरहेको छ । ५० औं बार्षिक उत्सव तथा स्वर्णमहोत्सवबाट अक्षयकोष स्थापना गर्ने क्रम बढेको बताईन्छ । उच्च माविमा अहिले न्युनतम् २५ हजार देखि अधितम १ लाख ११ हजार १ सय ११ रुपैयाँ सम्मको अक्षयकोष स्थापना गरिएको छ ।  विद्यालयमा अहिले सम्म १३ लाख ६९ हजार ४ सय ८३ रुपैया अक्षयकोषको लागि रकम जम्मा भएको छ । जसबाट आउने  व्याजबाट गरिब, जेहेन्दार तथा विभिन्न प्रतियोगीतामा प्रथम, द्धितिय  र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरु पुरस्कृत हुदै आएका छन् । नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहर...