जोखिममा लुम्बिनी अञ्चलको सडक सञ्जाल

कृष्ण खनाल
बुटवल, १ पुस । 
–जिल्ला प्रविधिक कार्यालय पाल्पाका अनुसार १ सय ४२ वटा सडकमा ८ करोड १० लाख रुपैया“  खर्च गरिएको छ । सोही बर्षमा  ६० लाख रुपैया“ पुल निमार्णका लागि खर्च गरिएको छ । पछिल्लो तथ्यांक अनुसार जिल्लामा कुल २ हजार २ सय किलोमिटर सडक खनिएको छ । तर बर्षभरी नै  गाडी चल्ने बाटो जम्मा ७१ किलोमिटर मात्र छ । 
लुम्बिनी अञ्चलको सबै गाविसहरुमा सडक सञ्जालले जोडिएको जिल्ला हो अर्घाखाँची ।  जुन जिल्लामा करिव १८ सय किलोमिटर सडक खनिएको छ । ६८ किलोमिटर पक्की बाहेक बर्सातको समयमा पक्की बटो बाहेक अन्य बाटोमा गाडी गुड्न सक्दैनन् 
 – लुम्बिनी अञ्चलको तराईको जिल्ला नवलपरासीमा ६९ वटा गाविस र ६ नगरपालिका रहेका छन् । जिल्लामा अहिले सम्मा  २ सय २६ किलोमिटर कालेपत्रो गरेको सडक रहेको छ । जसमा मुख्य राजमार्गले करिव १ सय किलोमिटर ढाकेको छ । तराईको जिल्ला भएपनि ५० प्रतिशत सडकमा  बर्ष भर गाडी  गुड्छन् । अन्यसडकमा बर्सातको समयमा गाडी गुड्न संभव छैन । 
–प्रमुख व्यापारीक नगरबुटवल भएको रुपन्देही जिल्लामा जिल्ला विकास समिति, नगरपालिका र सडक विभाले बाटो निर्माण गर्ने काम गर्दछन् । पछिल्लो तथ्यांक अनुसार रुपन्देही जिल्लामा जिल्ला विकास र नगरपालिकाले ग्राभेल कच्ची सडक गरी कुल  १ हजार किलोमिटर सडक निर्माण  गरेका छन् । भने सडक विभाग करिव ४ सय किलोमिटर पक्की सडक निर्माण गरेको छ । 
– गुल्मीजिल्लामा अहिले सम्म करिव १२ सय किलोमिटर सड निर्माण गरिएको छ । एउटा नगरपालिका र ७५ वटा गाविसहरु रहेको उक्त जिल्लामा पक्की सडक मात्र ५०  किलोमिटर, ग्राभेल करिव ५० किलोमिटर मात्र रहेको छ । 
–लुम्बिनी अञ्चलको तराईको जिल्ला कपिलवस्तुमा  कुल २६६ किलोमिटर पक्की सडक रहेको छ । हजारौ किलोमिटर सडक खनिएपनि आधा सडक पनि ग्राभेल वा पक्की हुन सकेको छैन । 

यहा, उल्लेख गरिएको लुम्बिनी अञ्चलका, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लामा रहेको सडक सञ्जालको नमुना मात्र हो । पहाडी जिल्लाहरुमा जिल्ला प्राविधिक कार्यालय र जिल्ला विकास समितिको अनुमती विना नै गाउ गाउमा उपभोक्ता समिति निर्माण गरि सडक खन्ने प्रवृत्ती रहेको छ भने तराईका जिल्लाहरुमा गुरुयोजना विना नै खनिएका साँगुरा सडकको कारण जोखिम बढ्दो छ ।  लुम्बिनी अञ्चलका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घखाँची जिल्लामा  अनुमती विना जिल्ला विकास समितिले र गाविसबाट उपभोक्ता समिति निर्माण गरी सडक निर्माण गर्ने होड नै चलेको देखिन्छ । 
जिल्ला प्राविधिक कार्यालय पाल्पाका एक ईन्जीनियरका अनुसार पाल्पा जिल्लामा १ हजार किलोमिटर राम्रो सडक भए पुग्छ । तर उक्त जिल्लामा तर आवश्यक नै नभएको स्थानमा गाउ“लेहरु हठले र नेताहरुले भोट तान्नको लागि धमाधाम सडक खनिरहेका छन् ।  पाल्पा जिल्लामा १ सय २१ वटा ग्रामिण  सडक मात्र रहेका छन । ति ग्रामिण सडकको लम्बाई लम्वाई ७ सय २४ किलोमिटर  ६ मिटर रहेको छ । अहिले सम्म जिल्लाको सडकमा अरबौ रुपैया“ खर्च गरिएको छ । अघिल्लो आर्थिक बर्Èमा मात्र १ सय ४२ वटा सडकको लागि ७ करोड ५० लाख रुपैया खर्च गरिएको थियो । यस बर्ष पनि सोही अनुपातमा सडक खन्ने क्रम रोकिएको छैन । 
आफुखुी सडक खनिएको कारण जिल्ला प्राविधिक कार्यालय पाल्पाले मस्याम गाविसको चरचरे देखि कोलडा“डा गाविस भवन सम्म पुग्नेको लागि ९ किलोमिटर बाटो । मस्याम गाविस–४ को जोरधारदेखि पाताल गाउ“ जोड्ने  मात्र ३ किलोमिटर बाटोलाई अनमती नै दिएको छैन । उक्त सडक विच  स्थान जंगलको विचमा गएर टुंगीएको छ । 
एक तथ्यांक अनुसार पाल्पा जिल्लामा आथिर्क बर्È ०६५÷०६६ मा १ सय ३० वटा सडक खनिएको थियो जसमा १६ करोड ३७ लाख ६६ हजार रुपैया“ खर्च भएको थियो । त्यस्तै आथिर्क बर्È ०६६ ÷०६७ मा १ सय १९ वटा सडक खनिएको थियो जसमा ४ करोड ३१ लख १९ हजार रुपैया“ खर्च गरिएको ।  आथिर्क बर्È ०६७ ÷०६८ मा १ सय ४२ वटा सडक खन्नको लागि ५ करोड ९३ लाख २८ हजार रुपैया र आथिर्क बर्È २०६८ ०६९ मा १ सय ९ वटा सडक खन्नको लागि १९ करोड ७४ लाख रुपैया“ खर्च गरिएको छ । त्यस्तै आथिर्क बर्È ०६९ ÷ ०७० मा गरिव २६ करोड रुपैया“ सडकमा खर्च भएको छ । 
उता पाल्पा जिल्ला ले  पाँच बर्र्षे गुरुयोजना निर्माण गरी सबै गाविस कार्यालयमा स्तरिय  बाटो पु¥याउने लक्ष्य लिएको छ । उक्त गुरुयोजनाको लागि १ अर्ब ५५ करोड रुपैया“ प्रस्तावित गरिएको छ भने ३८ वटा सडकहरु गुरुयोजना अनुसार रहेका छन् ।  त्यस योजनाका ६ वटा सडक ५ वर्È भित्र कालोपत्रे गर्ने बा“की ३२ वटा सडकमा ग्राभेल गर्ने लक्ष्य लिएको छ । 
अर्घाखाची जिल्लाको हालतपनि उस्तै छ । ३५ वटा गाविस र एउटा नगरपालिका रहेको जिल्ला नेपालमै एक मात्र सबै गाविसमा सडकबाटो निर्माण भएको जिल्ला हो । तर उक्त जिल्लाको राजमार्गबाहेका अन्य स्थानमा भने बर्सातको बेला गाडी नै गुड्दैनन् । विगतका बर्षहरुमा महिनौ दिन सम्म पनि हिलाम्मे सडको कारण कायौ सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । जिल्ला विकास समिति र स्थानिय रुपमा गाउ विकास समितिबाट विनियोजना हुने बजेट सक्नको लागि पछिल्लो समयमा उक्त जिल्लामा डोजर लगाएर बाटो निर्माण गर्ने कार्य तिब्र रुपमा अगाडी बढ्ने गरेको छ । 
आवश्यक नै नभएको स्थानमा नेताहरुको पायकको लागि भौगोलीक जोखिमता र पर्यावरणलाई नै ख्याल नै नगरी सडकहरु निर्माण भईरहेका छन् ।आरएआईडीपी परियोजनाअन्तर्गत जिल्लाभर करीब ५० किलोमिटर सडक ग्राभेल गरिएको छ । जिल्ला विकास  समितिले चालु आर्थिक बर्षमा सडकको लागि १ करोड २० लाख रकम विनियोजन विनियोजन गरेको छ । 
अहिले सम्म ३५ गाउ विकास  समिति र एउटा नगरपालिका रहेको जिल्लामा करिव १८  सय  किलोमिटर सडक निर्माण भएको छ । ६८ किलोमिटर पक्की सडक निर्माण भएको  छ भने नगरपालिका भित्र पक्की सडक निर्माणको कार्य जारी रहेको छ । गाउमा  मात्र २ किलोटिर पक्की गरिएको छ । 
नवपरासी जिल्लामा प्रत्येक बर्ष  जिल्ला विकास समितिको कुल बजेटको ५० प्रतिशत बजेट सडक निर्माणको लागि खर्च गर्ने गरेको छ । ६९ गाविस र  ६ नगरपालिका रहेको नवलपरासी िजिल्लामा २ सय २६ किलोमिटर  सडक कालेपत्रो भएको छ भने ९ सय ६४ किलोमिटर सडक कच्ची सडक रहेको छ भने धुले ५ सय ९४  किलोमिटर रहेको छ । पक्कि सडक मध्ये  १ सय किलोमिटर सडक मुख्य राजमार्गले ओगटेको छ । एक तथ्यांक अनुसार नवलपरासी जिल्लाको करिव ५० प्रतिशत सडकमामात्र गाडी १२ महिना गुड्छन् । १ हजार ८ सय ४३ किलोमिटर ससडक रहेको नवलपरासी जिल्लाकोभित्री सडकहरु अतिक्रमण भई सागुरा र हिले सडक सडक रहेका छन्  जसको कारण सडकमा यात्रा गर्ने मानिसहरुले उच्च   जोखिम मोलेर यात्रा गर्नुपर्दछ । 
रुपन्देही जिल्लामा पनि अवस्था उस्तै छ । जिल्ला विकास समिति रुपन्देही र विभिन्न नगरपालिकाहरुले सडक निर्माणको कार्य गर्दै आएका छन् । जिल्ला विकास समिति र नगरपालिकाले अहिले सम्म जिल्लामा ग्राभेल, कच्ची र पक्की(कालोपत्रे) सडक करिव १ हजार किलोमिटर मात्र निर्माण गरेका छन् भने सडक विभाग ४ सय किलोमिटर पक्की  सडक निर्माण कार्य कतै पुरा गरेको छ भने कतै जारी राखेको छ । 
गुल्मी जिल्लामा पनि सडक यातायात पहुच पुगेपनि भरपर्दो सडकको संख्या ज्यादै न्युन रहेको छ । एउटा नगरपालिका र ३५ वटा गाउ विकास समिति रहेको गुल्मी जिल्लामा १२ सय किलोमिटर सडक निर्माण भएको छ । जसमा करिव ५० किलोमिटर मात्र सडक पक्की छ भने अन्य करिव ५० किलोमिटर सडक ग्राभेल गरिएको छ । 
अन्य सबै सडकमा भने बर्सभरी नै सवारी साधन गुड्ने अवस्था छैन । प्राकृतीक प्रकोप, पहिरोको उच्च जोखिममा रहेको गुल्मी जिल्लामा पनि कयौ सडक अनुमती विना नै  खनिएको छ । जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयको अनुमती विन  नै खनिएका सडकमा यातायात सञ्चालनको  लागि स्वीकृती नैदिएको छैन ।तर यातायात व्यवसायीहरुले जोखिम मोलेर यातायातको साधानहरु सञ्चालन गरिरहेका छन् । 
पश्चिम सडक डिभिजन कार्यालय ५ नम्बर कपिलवस्तुका अनुसार जिल्लामा कुल कालेपत्र गरिएको सडक २६६ किलोमिटर रहेको छ भने अन्य सबै सडक कच्ची र ग्राभेल गरिएका सडक रहेका छन् । बर्सेनी जिल्ला विकास समिति र सडक डिभिजन ले करोडौ रुपैया खार्च गरेर सडक निर्माण गरिरहेको हुन्छ । जिल्लाका कायौ स्थानमा सडक निर्माण गरिएपनि पक्की  हुन सकेका छैन भने निर्माण भएका सडकहरुको बेलैमा मर्मत संहार नहुदा उच्च जोखिम मोलेर यात्रा गर्नको लागि  यात्रुहरु बाध्य छन् ।  कपिलवस्तु जिल्लामा कोठी नदीदेखि धानखोलासम्म पूर्वपश्चिम लोकमार्ग ५१ किलोमिटर कालोपत्रे गरिएको छ । त्यस्तै जीतपुर–खुनुवा सडकखण्ड ३३ किलोमिटर, तौलिहवा–लुम्बिनी सडकखण् १८ किलोमिटर, चन्द्रौटा–कृष्णनगर सडकखण्ड २० किलोमिटर, कृष्णनगर–शिवगढी आरटीओ रोड २० किलोमिटर ग्राभेल गरिएको छ  र गोरुसिंगे–तौलिहवा सडकखण्ड १३ किलोमिटर ग्राभेल गरिएको छ भने बहादुरगञ्ज–तौलिहवा हुलाकी मार्ग २१ किलोमिटर पनि ग्राभेल गरिएको छ । टिक्कर–बुड्ढी–तौलिहवा सडकखण्ड २२ किलोमिटर भने पक्की गरिएको छ भने अन्य जिल्लाका सबै सडकहरु कच्ची रहेका छन् । जुन सडकहरु साँगुरा हुनुको साथै ग्रेड नमिलेको कारण  जोखिम  मोलेर यातायात सञ्चालन हुने गरेको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ