पर्यटन प्रवद्र्धनको लागि १ सय ५१ फिटको हनुमान मुर्ति
कृष्ण खनाल बुटवल, २७ साउन । बुटवलमा अन्तरिक तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटनहरु भित्र्याउने उदेश्यका साथ बुटवलमा विश्वकै सबैभन्दा अग्लो हनुमानको मुर्ति स्थापना हुने भएको छ । नेपाल विश्वकै सबैभन्दा अग्लो सिखर सगरमाथा भएको देश भनेर चिनिदै आएकोमा अब विश्वकै सबैभन्दाअग्लो हनुमानको मुर्ति भएको भएको देश भनेर समेती चिनने भएको हो । विश्वकै अग्लो १ सय ५१ फिटको हुनुमानको मुर्ति स्थापनाको लागि संकटमोचन हनुमान धाम सेवा समितिले गुरुयोजनाको काम समेत सम्पन्न गरिसकको छ । धाम सेवा समितिका अध्यक्ष अशोक कुमार वर्माका अनुसार बुटवल–१४ तिजगढीमा हनुमानको मुर्ति स्थापनाको लागि अहिले गुरुयोजनाको काम सम्पन्न भएको जानकारी दिए । उनले हनुमानको मुर्ति स्थापनाबाट यस क्षेत्रमा अन्तरिक तथा वाह्य पर्यटन आगमनका विशेष टेवा पु¥याउने बताएका छ । ‘हामीले धार्मीक सद्भाव कायम गर्नुको साथै विश्वको सामु नेपालम सबैभन्दा अग्लो हनुमानको मुर्ति छ भनेर चिनाउनको लागि समेत यो अभियान सुरु गरेका हौ ।’ उनले भने–‘यसको साथ साथै विश्वमा शान्तीको सन्देश समेत फैलाउने उदेश्य रहेको छ ।’ धामक...