मानवअधिकार उलंग्घनका घटना घटेपनि उजुरी नपर्नै खुलासा
कृष्ण खनाल बुटवल, जेठ । पछिल्लो समयमा मानवअधिकार उलंघन र यौनजन्य अपराधका घटनाहरु बढ्दैगएपनि विभिन्न मानवअधिकारवादी संघ–संस्थाहरु तथा प्रहरी प्रशासनमा कम मात्रामा उजुरी पर्ने गरेको पाईको छ । मानवअधिकारको क्षेत्रमा काम भनेर स्थापना भएका विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले पीडितले आफ्नो समाजमा बेईज्यतीहुने तथा पिडकबाट थप पिडा पाउने भयको कारण सम्बन्धीत न्यायिक निकायमा उजुरीदिनको लागि डराउने गरेको राष्ट्रिय मानवअधिकार आयोग उप–क्षेत्रीय कार्यालय बुटवलका प्रमुख दीपकजंग ध्वजकार्कीले जानकारी दिए । उनले पछिल्लो समयमा युद्धजन्य मानवअधिकार उलंघनका घटनाहरु भन्दा महिला हिंसा र यौनजन्य हिंसाका घटनाहरु बढेको उनको भनाई छ । पछिल्लो समयमा यौनजन्य हिंसा रोक्नको लागि कानुनको अभाव रहेको उनको धारणा छ । उनले भने–‘कानुनको समेत अभाव छ हामले अध्यायन अनुसन्धान गर्दैछौ तर कारवाही पक्रियामा जा“दा ढिला हुन्छ ।’ विगत १३ बर्षयता मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आएको राष्ट्रिय मानवअधिकार आयोगमा अहिलेसम्म नेपालभरबाट लगभग ११ हजार उजुरी परेपनि अहिलेसम्म ६५० सिफारीसहरु गरिएको छ भने करिव ...