अविरल बर्षाकोकारण देशभरको जनजिवन प्रभावित भारी बर्षा अझै केही दिनःमौसमविद्



कृष्ण खनाल 
बुटवल, ४ असार  । 
शुक्रवारबाट सक्रिय रहेको मनसुनको प्रभावले अविरल बर्षा हुदा देशभरको जनजीवन प्रभावीत भएको छ । भारतको पुवीय क्षेत्रबाट नेपालमा प्रवेश गरेको मनुसनी वायुले  आईतबार र सोमवार  पुर्ण सक्रियाता देखाउदा देशभरको  वाढि, पहिरोको  कारण सर्वसाधारणहरुले सास्ती खेपेका छन् । भारी बर्षाभएपछी आएको बाढि, पहिरोको कारण कायौ स्थानहरुमा घरहरु बगाउनुको साथै मनिसहरुको समेत मृत्यू भएको छ ।
तर जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाले मंगलबारबाट मौसममा सुधार आउने बताएको छ । सामान्य रुपमा पानी पर्ने क्रम जारी रहेपनि अविरल र भारी बर्षा भने रोकीने अनुमान गरेको छ । जल तथा मौसम विज्ञान पुर्वामानुमान महाशाखा काठमाण्डौका बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले शुक्रवारबाट नेपालमा मनसुनीवायु प्रवेश गरेको भएपपनि यसले शनिवार सा“झबाट मात्रै पुर्णरुपमा सक्रिय भएको हो । 
बुटवल टुडेसंगको टेलिफोन कुराकानीमा बरिष्ट मौसमविद् श्रेष्ठले भने–‘अहिले मनसुनी वायु पुर्णरुपमा सक्रिय रहेको छ यसको प्रभाव अmझै केही दिन रहने हाम्रो अनुमान छ ।’  नेपालमा मनसुन १० जुन (जेठको अन्तीम हप्ता) देखि २३ सेप्टेम्बर (अशोजको पहिलो हप्ता) सम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ ।  जुन समयमा बर्षा हुने गर्दछ । 
मौसमविद् श्रेष्ठले करिव मंगलबारबाट नेपालको पुर्वी र मध्य क्षेत्रको मौसममा  सुधार आउने जानकरी दिए । उनले अहिले पुर्णरुपमा सक्रिय रहेको मनसुनी वायु एक दिन जती रहेने छ भने त्यसपछीका दिनहरुमा भारी बर्षा कम हुनेछ । मौसमविद् श्रेष्ठले अहिले सम्म नेपालको पुर्व भागमा यो मन्सुनी वायुले केही कम प्रभाव देखाएको भएपनि नेपालको मध्य र पश्चिमी क्षेत्रहरुमा भने पुर्णरुपमा सक्रिय रहेको छ । 
जल तथा मौमस विज्ञान पुर्वानुमान महासाखाका अनुसार भैरहवामा आईतबार यसबर्षकै सबैभन्दा बढि बर्षा भएको छ ।  गौतम बुद्ध विमानस्थल मौसम साखाका अनुुसार उक्त क्षेत्रमा १ सय ४४ दशमल ६ मिलिमिटर बर्षा भएको थियो । आईतबार भैरहवामा १ सय ४४ दशमलब ६ मिलिमिटर पानी परेकोमा सोमवारर भने केही कम पानी परेको छ । जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाका वेभसाईटमाउल्लेख गरिए अनुसार आईतबार डडेल्धुरामा १ सय ४ दशमलब ४ पानी परेकोमा  सोमवार भने २५.३ मिलीमिटर बर्षा भएको छ । त्यस्तै  दिपायलमा आईतबार ६७ दशमलव ८ मिलिमिटर र सोमवार ११.३ मिलिमिटर बर्षा भएको छ । धनगढीमा आईतबार ९२ दशमलब ६ र सोमवार ४.९ बर्षा भएको छ । सुर्खेतमा आईतबार ६० दशमलब १  र सोमवार ४.९ मिलिमिटर बर्षा भएको पाईएको छ । नेपालगञ्जमा आईतबार ७१ दशमलब ४ बर्षा भएको थियो ।  जुम्लामा आईतबार  १० दशमलब ५ र सोमवार २.७ मिलिमिटर र दाङमा  आईतबार ७७ मिलिमिटर पानी परेको छ । सोमवार पोखरामा सबैभन्दा बढि ४८ मिलिमिटर बर्षा भएको जल तथा मौसम विज्ञान पुर्वानुमान महासाखाले जनाएको छ । त्यस्तै काठमाण्डौमा १९.७, धनकुटामा २८.३, जोमसोममा ५.५ मिलिमिटर बर्षा भएको छ । 
तीनाउले बगाएर एक जनाको मृत्यु
वाढीले बगाएर ल्याएको दाउरा संकलनको लागि  गएका एकजनाको  तीनाउ नदीले बगाएर ज्यान गएको छ ।  सोमवार विहान बाढीले बगाएर ल्याएका काठ देखेपछी टिप्नको लागि नदिमा प्रवेश गरेका बुटवल वार्ड नं. ७ का हकिज अन्सारी मुल्लाहको मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई बुटवलको पारी बुटवल जाने झोलुङगे पुल नजिकैबाट उनलाई बगाए थियो ।  उद्दार गर्न प्रयास गर्दा गर्दै उनको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन । 
बुटवल–पाल्पा सडक अवरुद्व
बर्षाको कारण पहिरो झरेपछी  सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडकको तल्लो सिद्धबाबा सोमवार विहानबाटै उक्त सडक अवरुद्वभएको थियो । सोमबार विहानैबाट अवरुद्वभएको सडक करिव ६ घण्टा पछी दिउसोबाट अवरोध खुलाएपछी सवारीसाधन सुचारु भएको थियो । पहिरोको कारण कुनै मानविय क्षेती नभएपछि उक्त क्षेत्रमा पटक÷पटक सडक अवरोध हुने गरेको छ ।  
घर घरमा बाढी
बुटवलमा निर्माणाधिन फोरलेन सडकको कारण यस आसपासका घर तथा पसलहरुमा वाढी पस्दा लाखौको क्षेती भएको छ । सडक निर्माण गर्ने क्रममा उचीत ढल निकासको प्रबन्धनै नगरी लथालिङ्ग छोडीएको कारण वाडी घर तथा पसलहरुमा पसेको हो । बुटवलको कालिकानगर, ट्राफिक चोक, राजमार्ग चौराह लगायतका पसलहरुमा वाढी पस्दा करिव एक करोड बराबरको क्षती भएको स्थानियहरुले बताएका छन । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ