दाताहरुको भरमा पाल्पाको दृष्टिविहिन विद्यालय


कृष्ण खनाल  
मदनपोखरा, बैशाख । 
पाल्पा जिल्लाको मदनपोखरा गाविस वार्ड नम्बर–६ मा रहेको दमकडा  उच्च माध्यामिक विद्यालयमा शिक्षकहरुले अध्यापन गराउने शैली भिन्दै रहेको छ । जब शिक्षक विद्यालयको कक्षा कोठामा प्रवेश गर्छन् र जे जे कुरा ब्ल्याकबोर्ड(व्हाईट बोर्ड) लेख्छन् ति सबै कुरा नछुटाईकन ठुलो स्वरमा उच्चरण समेत समेत बोल्दछन । 
 कुनैपनि विषय अध्यापन गराउ“दा शिक्षकहरुले ब्ल्याकवोर्डमा  कोरेको चित्र होस या कुनै पनि हिसाब  अनिवार्य रुपमा उच्चारण र व्याख्या समेत गर्दछन् । जुन विद्यालयको नियम हो । यो नियम विद्यार्थीहरुमा लोकप्रीय हुनको लागि वा विद्यार्थीहरुले बढि‘टयालेन्ट’ बनाउनको लागि विद्यालयले यस्तो विधि अपनाएका भने अवश्य होईन्न । कारण हो विद्यालयमा अध्यान गर्ने दृष्टिविहिन विद्याथीहरुलाई अन्य विद्यार्थीहरु संगै अध्यायन गर्ने गरेको कारण यसरी शिक्षक÷शिक्षीकाहरुले कुनैपनि शब्द, चित्र वा चार्ट उच्चारण गरेर अध्यापन गराउने गरेका हुन । 
पाल्पा सदरमुका देखि केही कोष टाढा रहेको दमकडा उमाविमा यसरी अध्यापन गराउदै आएको करिव १८ बर्ष भन्दा बढि भईसक्यो । ग्रामिण ईलाकामा रहेको उक्त विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि विद्यालयमै बसोवास गर्ने व्यवस्था गरेर अध्यापन गराउदै आएको छ । विद्यालयमा अहिले २६ जना विद्यार्थीहरुले अध्यायन गर्दै आएका छन । 
नेपाल सरकारले त्यस्तो दृष्टिविहीनहरुको लागि भनेर छुट्टै बजेटको व्यवस्था नगरेको भएपनि विद्यालयले वि.स.२०५२ सालबाट यता जेनतेत विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको दृष्टिविहिन विद्यार्थी संयोजक शिक्षक कृष्ण प्रसाद पराजुलीले जानकारी दिए । आफैमा दृष्टिविहिन रहेका शिक्षक पराजुलीले सरकारी निकायबाट विद्यायको लागि छुट्टै कुनै पिन व्यवस्था नगरेको कारण स्थानिय जनता र दाताको भरबाट  दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यानको व्यवस्था गरिएको जानकारी दिए ।   विद्यालयमा दृष्टिविहिन कक्षा सञ्चालन गर्नको लागि विद्यालयले उदाहरणीय कार्य समेत गरेको छ ।
 वि.स. २०६२  सालमा महायज्ञ लगाएर आएको आर्थिक सहयोगले विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुको लागि अध्यायन र आवासको लागि व्यवस्था गर्दै आएको छ । शिक्षक पराजुलीका अनुसार महायज्ञबाट करिव २२ लाख रुपैया संकलन भएको थियो । त्यसबाट खर्च कटाएर १७ लाख  रुपैया बचेको थियो । त्यहीबाट विद्यार्थीहरुको लागि चाहिने आवश्यक शैक्षिक सामाग्रीहरु खरिद गर्नुको साथै दृष्टिविहिन विद्यार्थीहरुकै हितको लागि उक्त रकम खर्च गरिएको छ । 
अहिले विद्यालयमा ११ वटा आमा समुहहरुले नियमित रुपमा विद्यार्थीहरुको लागि सहयोग गर्दै आएका छन । उदाहरणीय कुरा के छ भने उक्त विद्यालयको वरीपरिको क्षेत्रमा कुनै पनि पूजापाठ, विवाह तथा अन्य कुनैपनि सामाजिक काम भएमा त्यहाको स्थानिय समुदायले दृष्टिविहिन विद्यार्थीहरुको लागि खान खुवाउनुको साथै विभिन्न सहयोग समेत गर्दै आएका छन् । अहिले  सम्म उक्त विद्यालयबाट ३० जना विद्यार्थीहरुले माध्यमिक तह(एसएलसी) उत्र्तीण गरेका छन भने यस बर्ष ४ जना विद्यार्थी सम्मिलित भएका छन ।  अहिले सम्म परिक्षामा सहभागी भएका विद्यार्थीहरु सबै प्रथम श्रेणीमा उत्र्तीण भएको विद्यालयलले जनाएको छ । 
वि.स.२०५४ सालमा नेदरल्याण्डको एक गैरसरकारी संस्थाले सहयोग गर्ने भनेर सम्झौता गरेको भएपनि उक्त संस्थाले पनि हात झिकेपछि वि.स.२०६५ सालबाट विद्यायलले नै विद्यार्थीहरुको अध्यायनको जिम्मेवारी लिदै आएको छ । विद्यायमा पाल्पा जिल्लको अतिरिक्त  स्याङ्जा, अर्घाखा“ची, नवलपरासी, गुल्मीबाट समेत विद्यार्थीहरुले आएर अध्यान गरिरहेका छन् । 
विद्यालयमा अहिले अध्यायनरत विद्यार्थीहरुको लागि एक जना विद्यार्थी बरावर ३२ रुपैया दैनिक रुपमा स्टेशनरीको लागि मात्र खर्च हुने गरेको विद्यालयको भनाईछ । विद्यार्थीहरुको लागि लेख्नको लागि प्रयोग गरिने ब्रेल बोर्ड (खोपेर लेख्ने अनि छामेर पढ्ने)को लागि चाहिने बाक्लो कागचको लागि महङ्गो पर्ने गरेको छ । 
विद्यालयमा भेटिएकि  दृष्टिविहिन विद्यार्थी सन्ध्या मैनालीले  दृष्टिविहिन विद्यार्थीहरुको  अध्ययनको लागि  सहज वातावरण निर्माण गरेर विद्यालयले अनुकरणीय काम गरेको जानकारी दिईन । उनले अन्य (साधारण) विद्यार्थीहरु र आफुहरुलाई संगै राखेर अध्ययन गराउदै आएकोमा कुनै पनि अफ्ठ्यारो नभएको समेत  बताईन । उनले भनिन्–‘सरले  देखेको कुरा बोलेर स्ष्ट पार्नु हुन्छ त्यती ग्राहे हुदैन ।’ सामान्य विद्यार्थीहरु जस्तौ  सामन्य कागजमा लेख्दा अफ्ठारो हुने भन्दै उनले परिक्षाको समयमा अलि गह््रो हुने समेत जानकारी दिईन । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ