म्यालमा ग्राफ्टङ्गी गरी हजारौको आम्दानी

कृष्ण खनाल
मदनपोखरा, (पाल्पा) बैशाख २४ ।
करिव   २३ बर्ष पहिला  पाल्पा जिल्लाको मदनपोखरा गा“उ विकास समिति वार्ड नम्बर ७ को बराङ्गदीकोल सामुदायिक वन बगरको रुपमा थियो ।
त्यतिबेला कसैले पनि सोचका पनि थिएन्न की उक्त वन हरियाली होला र त्यही  वनबाट नै आम्दानी गर्न सकिएला भनेर । कल्पना समेतगर्न नसक्ने अहिलेको त्यो  ठाउ“का जनताहरु त्यही वनबाट राम्रो आम्दानी मात्र गरेका छैन्न सम्पुर्ण वननै ‘हरित वन’को  रुपमा परिरण भएको छ ।
वि.स.२०४७  सालमा बगर रहेको ठाउ“लाई स्थानिय बासिन्दाहरुको पहलमा अहिले हराभरा बनाइएको छ । बगर रहेको स्थानमा वि.स. २०५०  सालबाट विस्तारै म्याल(नासपाती प्रजातीको जंगली फल)का बोटहरु उम्रीएका थिए । त्यतिबेला जंगलमा पहिला जस्तो बगर त रहेन तर अधिकांस क्षेत्रमा का“डा भएको म्याल उम्रीएपछि स्थानिय वासिन्दामा थप समस्यामा परे र कसरी उक्त क्षेत्रलाई आम्दानीको स्रोत बनाउने भन्न तर्फ लागे । ९. ५ हेक्टर क्षेत्रफल रहेको उक्त क्षेत्रमा नया“ जुक्ती निकाले स्थानियबासिन्दाहरुले । उक्त जुक्ति थियो म्यालको बोटमा नास्पाती को ग्राफिफ्टीङ्ग (कलमी)गर्ने  र आर्थिक आर्जन गर्ने । सोही अनुसार अहिले उक्त बराङ्गकोल  सामुदायिक बनमा ३.५० हेक्टरमा  ग्राफ्टीङ्ग गरिएको छ ।  ४ हजार म्यालको बोट रहेकोमा ति सबैमा ग्राफ्टीङ्ग गरिएको छ  ।
जिल्ला कृषी विकास कार्यालय को कृषि सेवा केन्द्रबाट सहयोगमा प्राविधिक सहयोगमा २०५२ ÷०५३  सालबाट ग्राफ्टीङ्ग गरेको  थियो । ग्राफ्टीङ्ग गरिएको ३÷४ बर्ष पछि उत्पादन दिन सुरु गरेको  म्यालको बोट बार्षिक रुपमा १५ देखि २० हजार रुपैया नाफा गर्दै आएको छ  ।  एक सिजनमा अलि बढि र एक सिजनमा अलि कम उत्पादन हुने नास्पाती प्रतिबोरा  बोराको ३ देखि  ५ सय रुपैया सम्ममा विक्रि गर्दै आएको सामुदायिक बनका उपाध्यक्ष कमला केसीले जानकारी दिईन । उनले भनिन्–‘ यहाका उपभोक्ताहरु आफैले नै बुटवल सम्म बेच्नको लागि लान्छौ ।’ उक्त सामुदायिक बनमा फुस्रे, लाम्चो खैरो  प्रकारको स्थानिय  जातको नासपातीहरु उत्पादन हुदै आएको छ । सुरुमा म्यालमा ग्राफ्टीङ्ग गर्नको लागि त्यहाका उपभोक्ताहरुलेनै आफै घर घर बाट नासपातीको हांगा ल्याएर  गरेका थिए ।
दुई प्रकारले (बोट गोलो गरी काटेर) र टप्स(छड्के गरी काटेर) ग्राफ्टीङ्ग गर्दै आएको टङ्ग  गरिन्छ । यो खासगरी पुस र माघ महिनामा गरिने गरेको छ । जसको लागि प्राविधिक सहयोग  कृषी सेवा  केन्द्रले गर्ने गरेको छ ।  उक्त सामुदायिक बनमा सुरुमा १६ वटा उपभोक्ताबाट सुरु भएको थियो भने अहिले १२० घर धुरी रहेका छन । खुल्ला जंगलमा नासपाती रहेपनि कसैले पनि नझार्ने तथा नोक्सान नगर्ने गरेको उपभोक्ता समितिले जनाएको छ । यदि अनुमती विना नोक्सा गरेको वा वन भित्र प्रवेश गरेमा ५ सय रुपैया जरिमाना तिर्ने नियम भएपनि कसैले पनि नोक्सान  गर्ने गरेका छैन्न । मदनपोखरा गाविसमा ११ वटा  सामुदायिक वन रहेपनि बराङ्गदीकोल सामुदायिक बन नमुना बनको रुपमा विकसीत भएको छ । वनको वारेमा अवलोकन गर्नको लागि बार्षिक रुपमा १ सय ५० वटा सम्म अनुगमन टोली आउने गरेका छन । स्वदेशबाट यस प्रविधीको वारेमा जानकारी लिनको लागि विभिन्न  सामुदायिक वन प्रतिनिधी  तथा कृषकहरु आउने गरेका छन भने विभिन्न विदेशी राष्ट्रहरु  जर्मन, श्रीलंकाबाट  समेत  अवलोकनमो लागि आउे गरेको जनाईएको छ ।

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ