आत्मनिर्भरबनाउदै साझेदारी वन


कृष्ण खनाल 
बुटवल, २ जेठ । 
रुपन्देहीको पश्चिम क्षेत्रमा रहेको  वनलाई बैज्ञानिक ढंगले ‘साझोदारी वन कार्यक्रम’ अन्र्तगत वनको दिगो व्यवस्थापन गर्न दिर्घकालिन योजना प्रस्तुत गरिएको छ । 
१ हजार १ सय १८ हेक्टर क्षेत्रफलमा रहेका सालझण्डी र रुद्रपुर गाविसमा रहेको ‘लुम्बिनी साझोदारी वन कार्यक्रम’ मार्फत स्थानिय उपभोक्ता र सरकारले साझेदारीरुपमा स्वीकृत व्यवस्थापन योजना अनुसार अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यकासाथ  दिर्घकालिन योजना प्रस्तुत गरिएको हो । 
त्यस क्षेत्रका १८ वटा गाउविकास समितका  २१ हजार ८ सय ८४ घर धुरीका उपभोक्ताहरुलाई मध्यानजरमा राख्दै वन क्षेत्रमा भएका पुराना, थोत्रा भएका र अनावश्यक रुखहरु हटाए त्यसको सट्टामा नया“ उम्रीएका विरुवाहरुलाई संरक्षण गर्ने र विरुवा नभएको स्थानमा नया“ बृक्षरोपण गरी वनको दिगो व्यवस्थापन गरी राज्य पक्ष र स्थानिय उपभोक्ताहरुले आम्दानी गर्न गरी गरिवी न्युनिकरण र स्थानिय स्तरको आर्थिक विकासमा टेवा पु¥याउन सकिने योजना प्रस्तुत गरिएको हो । उक्त  योजनाबाट वनलाई चार खण्डमा र ८ आवधिक खण्डमा विभाजन गरी वनको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न लागिएको ईलाका वन कार्यालय बुटवलका प्रमुख बसन्त बाबु श्रेष्ठ जानकारी दिए ।  उनका अनुसार उक्त वनको ३३ प्रतिशत र संरक्षीत क्षेत्र १ सय १३ हेक्टर वाहेकको सम्पुर्ण क्षेत्रमा  साझेदारी वन कार्यक्रम लागू गरिएको छ । अहिले उक्त वनमा साल, असन, बा“झि, कर्मा र जामुन जातका बनस्पती र बाघ, चित्तल, दुम्सी, खरायो, बा“देल, र बन विरालो लगायतका बन्यजन्तुहरु पाईन्छ । 
वनमा अहिले ६ हजार २ सय ६६ वटा प्रतिहेक्टर विरुवाको संख्या रहेको छन् भने औसत लाथ्रा संख्या ४ सय ३६ प्रतिहेक्टर रहेका छन्  । आगामी १० बर्ष आर्थिक बर्ष २०६६÷०६७ देखि २०७५÷७६ सम्ममा उक्त योजना पुरा हुनेछ ।  उक्त वनको १ लाख ७१ हजार २ सय ५ जना उपभोक्ताहरु रहेका छन । 
लुम्बिनी साझोदारी वन व्यवस्थापन समितिका अध्यक्ष जेविउल्लाह खा“ले वनमा रहेका अनावश्यक रुखहरुलाई हटाएर त्यस क्षेत्रमा रहेका नय“ा पालुवा विरुवाहरुलाई हुकाई हराभरा वन बनाउने योजनामामा लागिएको छ । अहिले वनलाई १० किलोमिटरको फरकमा फायरलाईन(अग्नीरेखा) निर्माण गरी आगलागीबाट वनलाई बचाउने योजनामा रहेको छ । जुन अहि आर्थिक बर्षमा पुरा हुने उपभोक्ता समितिका अध्यक्ष खा“ले बताए । उनले भने–“अहिले वनमा अनावश्यक रहेका रुखहरुलाई हटाउनको लागि नम्बरिङ्ग गर्ने काम सम्पन्न भएको छ ।’ यहि आर्थिक मसान्त सम्ममा काम सक्नको लागि टेण्डर प्रक्रिया समेत अगाडी बढेको उनको भनाई छ । करिव ५६ देखि ६० प्रतिशत सम्म सालको मात्र रुख रहेको उक्त वनबाट कटान गरी निकालिएको काठको ६० प्रतिशत उपभोक्ता र ४० प्रतिशत खरिद अधिकार रहेको हुन्छ ।  वनबाट निकालिएका काठ उपभोक्ता समिति भित्रका कुनै पनि सदस्यलाई काठ आवश्यक परेमा बनमा रकम बुझाएपछि उपभोक्ताहरुले काठ लैजान  पाउने व्यवस्था रहेको छ । अन्य सामुदायिक बनको आम्दानी तथा बन संरक्षण गर्ने अधिकार स्थानिय उपभोक्ता र उपभोक्ता समितिमा रहने भएपनि साझेदारी वनको ४० प्रतिशत राजश्व सरकारले उठाउने व्यस्था रहेको ईलका बन कार्यालय बुटवल प्रमुख बसन्त बाबु श्रेष्ठले जानकारी दिए । 
उता जिल्ला बन कार्यालय रुपन्देहीका अधिृकत दिपक ज्ञवालीले  रुपन्देही जिल्लामा २० प्रतिशत  वन रहेको भन्दै सामुदायमा हस्तानान्तरण भएपनि यसको उपभोगक्ताहरुको क्रियाशिलता कम भएकोले सरकार र उपभोक्ता  समुहको  सहकार्यमा साझेदारी बन को अवधारणा सुरु गरिएको जानकारी दिए । त्यस्तै खाली विरुवाहरु नभएको करिव ५ दशमलभ ४ हेक्टर क्षेत्रफलमा नया वृक्ष रोपण गर्ने समेत योजना अगाडी ल्याइएको हो । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ