Posts

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

Image
कृष्ण खनाल बुटवल, २४ बैशाख ।  कुनै पनि यौनजन्य हिंसा तथा घरेलु हिंसाबाट पिडीत हुनुभएको छ, आवश्यक स्वाथ्य उपचार तथा मानोपरामर्स पाउनुभएको छैन भने अव तपाईहरुको लागि खुुसिको कुरा छ । पहिला लैङ्गिक  हिंसामा परेका व्याक्तिहरु प्रहरी कार्यालयमा न्याय माग्न पुग्दछन् । तर त्यहाँबाट पनि उचित न्याय नपाएका, उचित उपचार तथा मनोपरामर्स  पाउनबाट बञ्चिात भएकाहरुको लागि पनि लुम्बिनी अञ्चल अस्पातलमा नयाँ सेवा सुरु भएको छ ।  कुनै पनि प्रकृतिको  लैङ्गिक हिंसाबाट पिडीत भएका महिला वा पुरुषहरुको लागि ‘लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र’ सुरु भएको हो । जसमा  कुनै पनि लैङ्गिक हिंसामा परेका महिला तथा पुरुष हरुले निःशुल्क रुपमा उचित स्वाथ्य उपचारको साथै अस्थायी तथा स्थायी प्रकृतिको आवासको समेत सुविधा पाउछन्  ।  हिंसा पिडकलाई आवश्यक कारवाहीको लागि  सोही केन्द्रमा खटिएको संमन्वय समितिबाट नै कार्य हुन्छ ।  यस क्षेत्रकै पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा आईतबारबाट नयाँ सेवा थपीएको छ ।  नेपाल  सरकार स्वाथ्य मन्त्रालयको केन्द...

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

Image
कृष्ण खनाल बुटवल, बैशाख ।  कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) को संयुक्त लगानीमा बुटवलमा निर्माण भ एको विषादी परीक्षण केन्द्र सञ्चालनमा आउन सकेको छैन । बुटवलको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नेपालका सातवटा प्रदेशमा सात स्थानमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने केन्द्रीय कार्यक्रम अनुसार स्थापना भएको केन्द्र सञ्चालनमा आउन सकेको छैन ।  यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको संयोजनमा केन्द्रको स्थापना गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रको दोस्रो तल्लामा उपकरण जडान कार्य, प्रयोगशाला स्थापना गर्नुको साथै कर्मचारी समेत व्यवस्थापन गरिए पनि  निर्वाचन आचारसंहिताको कारण समुद्घाटनमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाकाअनुसार उपज केन्द्रमा उपकरण जडान तथा कर्मचारीको समेत व्यवस्थापन भैसकको छ । उनी भन्छन्– ‘एकजना अधिकृतस्तरको कर्मचारी, एक जना प्राविधिक र एकजना कार्यालय सहयोगीको...

नियम मिच्नेलाई ‘कक्षा’

Image
कृष्ण खनाल बुटवल, बैशाख ।   मितिः २०७४।०१।०४ गते  समयः विहानको ठिक १०ः १५ बजे सोमबार स्थानः पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालय परिषर  एक हुल सवारी चालकहरु पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय परिषरतर्फ हिडिरहेका हुन्छन्, केही अहिल पहिला नै गएर प्रतिक्षालयमा बसेका हुन्छ । यि सबै सवारी चालकहरुमा एउटै मात्र जिज्ञास हुन्छ के हुन्छ होलॉट्राफिक कक्षा’ मा ।  कसैको हातमा  कापी र कलम समेत हुन्छ भने कोही खालीहुन्छ । सवारी चालकहरु कापी कलम बोकेर विद्यालय वा अन्य कक्षमा सहभागी नभई  ट्राफिक नियम मिचेको कारण सचेतना कक्षामा सहभागी हुन आएका हुन ।  जुन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको अनिवार्य नियम हो ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यसरी नै  सवारी साधनचेकजांचको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरु ल्गायत ट्राफिक नियम मिच्नेहरुलाई नियमति रुपमा  ‘सचेतना कक्षा’ सञ्चान गरेको छ ।   गत बैशाख ४ गते मदक पदार्थ सेवन गरी सवारी चलाएका १४ जनाको कागज पत्र नियन्त्रणमा लिई...

कृषिजन्य उत्पादन प्रर्वद्धन गर्दैै मेला महोत्सव

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  अहिले मेला महोत्सवको मौसम छ । मेला महोत्सवमा कृषि जन्य उत्पादनलाई अहिले  विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवहरुले प्रथमिकताको रुपमा राखेका छन् ।  बुटवलमा  बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस ८ गते देखि  व्यापार महोत्सव आयोजना हुदै छ । उक्त मेलामा पनि कृषि जन्य उत्पादनलाई विशेष  प्रथमिकताको साथ अगाडी बढाईने बुटवल  उद्योग बाणिज्य संघका महासचिव हरि प्रसाद अर्याल बताउँछन् । उनका अनुुसार कृषिजन्य उत्पादनको प्रर्वद्धन लागि छुट्टै प्रर्दशनी पेभिलियनको व्यवस्थापन गरिने छ ।  यहि मंसिर २४ देखि पुस ४ गते सम्म तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा प्रथम राष्ट्रिय औद्योगीक व्यापार मेला, कृषि एव्म पर्यटन प्रर्वद्धन महोत्सव–२०७३’ आयोजना हुदै छ । मेलाको कृषि तथा पर्यटन प्रर्वद्धन समितिका संयोजक राजकुमार पाण्डेका अनुसार मेलमा कृषिलाई पहिलो प्रथमिकता लिइएको छ ।  मेलामा  जिल्ला कृषि विकास कार्यालय, पशु विकास कार्यालय र मत्स्य विकास केन्द्र तथा मत्स्य व्यवसायीहरुको संयोजनमा विभिन्न प्रतियोगीता, कृृषि ...

बुटवल–वेलहिया दुई बर्षमा सररर...

Image
कृष्ण खनाल बुटवल, मंसिर ।  करिव ५ बर्ष पहिला सुरु भएको बुटवल–वेलहिया व्यापारिक मार्ग नदिजन्य पदार्थ प्राप्त मात्रामा  उपलब्ध भएमा अवको करिव २२ महिनामा पुरा हुने आयोजनाले जनाएको छ ।  आर्थिक बर्ष वि.स.२०६८÷०६९ मा मा सुरु भएको व्यापारिक मार्ग विस्तार आयोजनाले काम सुरु भएको करिव ५ बर्ष पुरा भएको छ । नदिजन्य पदार्थको अभावको कारण समयमा नै व्यापारिक मार्ग विस्तारमा अवरोध हुने भएको कारण ‘बुटवल –बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना’ले प्राप्त मात्रमा नदिजन्य  पदार्थको लागि माग समेत गरेको छ । करिव ७ बर्षमा पुरा गर्ने गरि आयोजना सुरु भएको  व्यापारिक  मार्ग विस्तार आयोजना प्रमुख सालिकराम रेग्मी बताउछन् ।  उनका अनुसार बुटवल देखि सिद्धार्थनगर नगरपालिकाको बेलहिया नाका सम्म पुग्ने सिक्स लेनको सडक आर्थिक बर्ष ७५÷७६ मा सम्पन्न हुने छ ।   आयोजना प्रमुख रेग्मी भन्छन्–‘प्राप्त मात्रामा नदिजन्य पदार्थको आपुर्ती हुन सकेकमा अवको करिव २२÷२३ महिनामा आयोजना पुरा हुन्छ ।’ बुटवल वेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका ईन्जीनियर लिला बहादुर भण्डारीका अनुसार...

सिक्स लेन सडकका विरुवा, ‘जोगाउन हम्मे हम्मे’

Image
कृष्ण खनाल बुटवल,  पुस ।  केही दिन पहिला बुटवल–वेलहिया व्यापारिक मार्ग अन्र्तगत भैरहवाको डिभाईडरमा रोपीएका करिव ३० वटा विरुवा मानसिक सन्तुलन गुमाएका एक जना व्याक्तिले भटाभट भाँचे ।  लामो समय देखि रेखदेख गरी  हुर्किनै लागेका ति विरुवा भटाभट भाँचेको देखेपछि व्यापारिक मार्ग विस्तार आयोजनाका सुपरभाईजर कृष्ण प्रसाद पाण्डेले देखेपछि ति व्याक्तिलाई हप्काएर हटाए अन्यक्षतीहुन पाएन ।  यो एउटा उदाहरण मात्र हो, अहिले निर्माण सम्पन्न भएको करिव ८ किलोमिटर  सडक क्षेत्रका विभिन्न स्थानमा विरुवा रोपीएको छ । तर ति अधिकांस विरुवा जोगाउनको लागि व्यापारिक मार्ग विस्तार  आयोजना र सडक डिभिजन कार्यालय बुटवल लाई मुस्कील परेको छ ।  बुटवल–बेलहिया  व्यापारिक मार्ग विस्तार आयोजनका ईन्जीनियर लिला बहादुर भण्डारी भन्छन्–‘कहिले कस्ले क्षती पु¥याउछ, कहिले कस्ले, जोगाउन हम्मे हम्मे परेको छ ।’ निर्माण सम्पन्न भएको सडकको विभिन्न स्थानमा भिन्दा भिन्दै संघ संस्थाले ‘स्थान माग गरी’ विरुवा रोप्ने गरेको भएपनि रोपे पछी ‘फर्केर नर्हेने’ परिपाटीको कारण विरुवा संरक्षणमा अफ...

भष्ट्राचार विरुद्व गुञ्जीए साहित्यकार

Image
कृष्ण खनाल बुटवल, २४ मंसिर ।  ‘हिजो जंगलमा पाडो चराउने हरु आज ‘प्राडो’ चढेर हुईकीन थाले । हिजो खेतबारीमा पतेरो धपाउनेहरु आज ‘पजेरो’ चढ्ेर सुईकीन थाले ।।’ यहाँ उल्लेख गरिएको कविताको वाक्यांस बुटवलमा भष्ट्राचार विरुद्वको रचना वाचन कार्यक्रममा एक जना साहित्यकारले प्रस्तुत गरिएको हो ।  कवितामा मानिसले भष्ट्राचार गरेर हिजो जंगलमा गाई बस्तु चराउदै गर्ने आज  सबैभन्दा  महङ्गो गाडी  चढेर हिड्न थालेको छ, त्यही अकुत सम्पत्तीको कारण मानिस हिजो खेतबारीमा थियो तर आज महङ्गो गाडी चढेर हुईकीन थालेको छ भनीएको छ । नेपाली समाजको स्पष्ट तस्वीरको एक अंशको रुपमा   प्रस्तुत गरिएको यो कविताले नेपाली समाजको भष्ट्राचार सम्बन्धी  प्रतिविम्ब गर्दछ ।  बुटवलमा शुक्रवार यस्तै प्रकृतीको कार्यक्रम आयोजना गरियो । गत बर्ष बुटवलको सडकमा सडक कविता बाचन कार्यक्रम आयोजना गरेको भष्ट्राचतार विरुद्ध कार्यरत संस्था पारदर्शी सरोकार समुहले ‘भष्ट्राचार विरुद्वको अन्र्तराष्ट्रिय दिवस’को अवसरमा रचना बाचन कार्यक्रम गरेको  हो   ।  रचना बाचन कार्यक्रममा नवपालुवा...