सिक्स लेन सडकका विरुवा, ‘जोगाउन हम्मे हम्मे’
कृष्ण खनाल बुटवल, पुस । केही दिन पहिला बुटवल–वेलहिया व्यापारिक मार्ग अन्र्तगत भैरहवाको डिभाईडरमा रोपीएका करिव ३० वटा विरुवा मानसिक सन्तुलन गुमाएका एक जना व्याक्तिले भटाभट भाँचे । लामो समय देखि रेखदेख गरी हुर्किनै लागेका ति विरुवा भटाभट भाँचेको देखेपछि व्यापारिक मार्ग विस्तार आयोजनाका सुपरभाईजर कृष्ण प्रसाद पाण्डेले देखेपछि ति व्याक्तिलाई हप्काएर हटाए अन्यक्षतीहुन पाएन । यो एउटा उदाहरण मात्र हो, अहिले निर्माण सम्पन्न भएको करिव ८ किलोमिटर सडक क्षेत्रका विभिन्न स्थानमा विरुवा रोपीएको छ । तर ति अधिकांस विरुवा जोगाउनको लागि व्यापारिक मार्ग विस्तार आयोजना र सडक डिभिजन कार्यालय बुटवल लाई मुस्कील परेको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनका ईन्जीनियर लिला बहादुर भण्डारी भन्छन्–‘कहिले कस्ले क्षती पु¥याउछ, कहिले कस्ले, जोगाउन हम्मे हम्मे परेको छ ।’ निर्माण सम्पन्न भएको सडकको विभिन्न स्थानमा भिन्दा भिन्दै संघ संस्थाले ‘स्थान माग गरी’ विरुवा रोप्ने गरेको भएपनि रोपे पछी ‘फर्केर नर्हेने’ परिपाटीको कारण विरुवा संरक्षणमा अफ...