रुपन्देहीकी महिलालाई १ लाखको अन्तरष्ट्रिय पुरस्कार
कृष्ण खनाल बुटवल, असोज । १२ बर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाधिँएकी रुपन्देहीको साविक केरवानी गाविस–९ हाल देवदह–५ केरवानीकी निर्मला थारु (चौधरी)ले अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् । ग्रामिण भेगमा काम गर्ने महिलाहरु मध्ये ‘एशियाका उत्कृष्ट ग्रामिण १ सय जना महिला’ मध्ये एकमा परेकी चौधरीलाई स्विटजरल्यान्डका ओमन्स वर्ल्ड समिट फाउन्डेसनले जनही एक हजार ड लर अर्थात् झन्डै एक लाख छ हजार राशिको पुरस्कार प्रदान गर्न लागेको हो । उक्त पुरस्कार अन्तर्रा्ष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते प्रदान गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । केही समय पहिला ‘एसियन् रुलर वुमन कलेक्सन’ नाम अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले एशियाका १०० जना उत्कृष्ट महिलाको रुपमा सम्मान समेत गरेको छ । निर्मला चौधरी अहिले परिर्वतनका लागि कार्यरत महिला समुह(वाच)को अध्यक्ष, महिला जागरण समुहकी अध्यक्ष आदिवासी जनजाती महासंघ जिल्ला संमन्वय समितिको कोषाध्यक्ष, नगरसंमन्वय समितिको अध्यक्ष लगायत एक दर्जन भन्दा बढि संघ संस्थामा आवद्व भएकी छिन् । Nirmala chaudhar...