Posts

दुर्घटनापश्चात हुने मृत्युबाट जोगाउन‘क्वीक रेस्क्यु युनिट’

Image
कृष्ण खनाल बुटवल, १६ पुस ।  रुपन्देहीको सबैभन्दा बढि दुर्घटना स्थल देवदहमॉ क्वीक ईमेरजन्सी रेक्यु युनिट’  स्थापना गर्न सबै यातायात व्यवसायीहरुले प्रतिवद्वता जनाएका छन्  । सुरक्षित यात्रा अभियान नेपालको  संमन्वयमा निकट भविश्यमा स्थापना हुने उक्त युनिटको लागि यस क्षेत्रका यातायात व्यवसायी तथा यातायात क्षेत्र संग सम्बन्धी व्याक्तिहरुले चसो देखाएका हुन । पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले दुर्घटना भएर भन्दा पनि दुर्घटनापछि समयमा नै उपचार पाएर मानिसको मृत्यु हुने गरेको भन्दै यसको लागि तिब्र रुपमा उृद्धार गर्ने व्याक्ति साधान र संयन्त्रको आवश्यकता रहेको बताउछन् । नेपालमा  नै सबै भन्दा बढि  बस सञ्चालन गर्दे  आएको व्यवसायी संस्था पश्चिम नेपाल बस व्यवसायी संघमा करिव २२ सय बसहरु गुड्ने गर्दछन् भने सोही अनुपातमा व्यवसायीहरु आवद्व रहेका छन् ।  संघका अध्यक्ष खरेले भन्छन्–‘दुर्घटनापछि  व्याक्तिको उद्धार भन्दा पनि दुर्घटना नै हुन नदिनको लागि विभिन्न यातायता व्यवसायी र सम्बन्धीत निकाय लाग्नु पर्दछ ।’ उनले थपे –‘दुर्घटना  हुन ...

रोगी माटो–उत्पादन कम

Image
कृष्ण खनाल बुटवल, १४ पुस । अयन्त्रत्रिरुपमा प्रयोग भैरहेको विषादीको कारण रुपन्देहीको कुल उत्पादनशिल  माटोको करिव ५० प्रतिश माटो प्रदुशित बन्दै गएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको अधिकांस माटोमा अम्लीय पनि र क्षयरियपनको मात्रा बढ्दै गएको हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका  प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार अहिले रुपन्देहीको अधिकांस माटोमा अम्लीयर र क्षारिय पदार्थ बढि पाइएको छ । रुपन्देही जिल्ला कृषि विकास कार्यालयमा स्थापना भएको माटछो परिक्षण ईकाईबाट कम पि.एच. अर्थात अम्लिय माटोः करीब २० प्रतिशत माटो रहेको पाइएको छ भने बढि पि.एच. अर्थात क्षारीय माटोः करीब २५ प्रतिशत  माटो रहेको पाईएको छ । यस्तै  प्रागांरिक पदार्थ १ प्रतिशत भन्दा कम भएको माटोः करीब ७७ प्रतिशत रहेको छ । जुन रुपन्देहीको कृषि क्षेत्रको लागि ठुृलो चुनौतिको विषय हो ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सापकोटा भन्छन्–‘रुपन्देहीको माटोको उर्वराशक्ति नास हुदै गएको छ, अवको केही बर्षमा माटो...

सार्थकता पायो नेत्रहिनको ‘एक एक व्याक्ति एक इँटा’ अभियानले

Image
कृष्ण खनाल बुटवल, १६ पुस ।   ‘दृष्टिविहिनता भएका व्याक्तिहरु’ एक जुट भएर लाग्ने हो भने अनुकरणीय काम गर्न सक्छन् भने उदाहरण पछिल्लो समयमा रुपन्देहीका दृष्टिविहिनहरुले प्रस्तुत गरेका छन् । अन्य अपाङ्गता भएका व्याक्तिहरुको आफ्नै कार्यालय भवन नभएको बेला रुपन्देही नेत्रहिन संघले सञ्चालन गरेको ‘एक व्याक्ति एक इंट्टा’ अभियान अन्र्तगत आफ्नै भवन निर्माण पुरा गरेका छन् । यद्यपी भवनमा अझै  केही पुर्वाधारहरुको विकास गर्न आवश्यक रहेको छ ।जुन भवनको मंगलबार नेपाल सरकारका  उप प्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझिले उद्घाटन गरे ।   केही बर्ष पहिला देखि सुरु भएको ‘एक व्याक्ति एक ईंट्टा अभियान’ अन्र्तगत अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिहरु संग चन्दा संकलन गरिएको थियो । सो अभियानमा बुटवल उपमहानगर पालिका र जिल्ला विकास समितिले पनि केही साथ दिएको थियो । बुटवल–१४ तामनगरमा दृष्टिविहिनहरुले अपाङ्गता भएका व्याक्तिहरुको लागि पश्चिमाञ्चल क्षेत्रीय स्तरिय तालिम तकेन्द्रको तथा आश्रय    स्थलको रुपमा रुपमा विकास गर्ने गरी ४ कोठा र एउटा कार्यक्रम हल सहितक...

कृषि पकेट क्षेत्र संभाव्यता अध्ययन सुरु

Image
कृष्ण खनाल  बुटवल, १५ पुस ।  खाद्यान्न बीउ उत्पादनमा आत्मनिर्भ बन्दै गएको रूपन्देही जिल्लामा कृषिको थप विकासको लागि विभिन्न क्षेत्रमा पकेट क्षेत्रको संभाव्यता अध्ययन सुरु गरिएको छ । यस भन्दा पहिला पकेट क्षेत्रको रूपमा रहेका विभिन्न स्थानको अलवा अन्य क्षेत्रमा पनि यसको विकासको लागि थप अन्य क्षेत्रमा पकेट क्षेत्रको स्थापना संभाव्यता सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय रूपन्देहीले जनाएको छ ।  जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाका अनुसार रूपन्देहीको देवदह नगरपालिका, पर्रोहा, सालझण्डि, सैनामैना नगरपालिकामा च्याउ, मौरीको लागि पकेट क्षेत्रको संभावना रहेको क्षेत्र रहेको छ । यस्तै धान, गँहुको पकेट क्षेत्रको रूपमा धकधई, गंगोलिया, प्रांगारिक तरकारीको पकेट क्षेत्रको रूपमा धमौली, सिक्टहन, देवदहलाई संभाव्यता स्थानको रूपमा छनोट गरिएको छ ।  यस्तै, माछाको थप पकेट क्षेत्रको लागि पर्रोहा, गंगोलियालाई लिइएको छ । त्यस्तै तेलहनवालीको लागि करहिया, आनन्दवन, भगवानपुर क्षेत्रलाई लिइएको छ । 

समस्यमा डेरी व्यवसाय लागत बढ्दो,दक्ष कामदार अभाव

Image
कृष्ण खनाल बुटवल, ११ पुस ।  स्वदेशमा काम गर्ने दक्ष कामदारहरु विदेश पलायन भएसँगै डेरी व्यवसायमा काम गर्ने दक्ष कामदारहरूको अभाव सुरु भएको छ । स्वदेशमा नै कृषि कर्मगरी मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने धारणाको विकास नभएको कारण पछिल्लो समयमा कृषि कार्यको लागि कामदार अभाव भएसँगै डेरी व्यवसाय पनि प्रभावित भएको नेपाल डेरी एशोसियसनका केन्द्रीय अध्यक्ष सुमित केडिया बताउँछन् । उनका अनुसार अहिले पछिल्लो समयमा डेरी व्यवसायमा कटिबद्ध भएर लाग्ने मानिसको अभाव छ ।  कृषि क्षेत्रमा बढेको लागत सँगै डेरी व्यवसाय समेत संकटमा रहेको नेपाल डेरी एशोसियसनले जनाएको छ । पछिल्लो समयमा कृषि क्षेत्रबाट मानिसहरू पलायन हुने क्रम बढे सँगै डेरी व्यवसायमा लागत बढ्दै गएको हो। किसानहरूले समयमा नै दाना तथा अन्य कृषिजन्य उत्पादनको अभावको कारण कृषिमा विस्तारै लागत बढ्दै गएको छ । यसको अलवा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भनेर बजेट भाषणमा पटक पटक उल्लेख गरेपनि कृषि क्षेत्रको लगि एथेष्ट लगान हुन नसक्दा दुग्ध व्यवसाय समस्यामा परेको नेपाल डेरी एशोसियसनका केन्द्रीय महासचिव प्रल्हाद दाहल बताउँछन् । उनी ...

आकाशेपुलको आशमा बुटवलवासी

Image
कृष्ण खनाल बुटवल , ११  पुस ।   बुटवल उपहानरपालिकाले आफ्नो बार्षिक कार्ययोजनामा सात बर्षदेखि आकाशेपुल निर्माणलाई योजनामा राख्दै आएको छ । योजनामा राखिने गरेको आकाशे पुलले भने मूर्त रुप लिन सकिरहेको छैन् । अकाशे पुल नबन्नुको जवाफ उपमहानगर पालिकाले सहजै दिने गर्छ– भौतिक योजना तथा निर्माण मन्त्रालयमा माग गरेको हो बजेट स्वीकृत भएन बनेन । आर्थिक बर्ष  ०६५÷०६६ बाट उपमहानगर पालिकाले आकाशे पुललाई योजनामा राख्ने र नबनको जवाफ दिने क्रम चलिरहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा पनि नगरपालिकाको निर्णय नम्बर ६० को बुँदा नम्बर ११ मा आकाशेपुल निर्माण अञ्चल अस्पताल अगाडि, ट्राफिक चोक, मिलन चोक र राजमार्ग चौराहामा को लागि केन्द्रीय मन्त्रालय संग बजेट माग गर्ने  भनेर निर्णय गरेको थियो । यो क्रम चालु आर्थिक बर्ष ०७२÷०७३ को मा पनि चलिरहेको छ । नगरपालिकाको बार्षिक बजेट कार्ययोजनाको निर्णय नम्बर ६५ को बुँदा नम्बर ९ मा सोही बुँदा दो¥याएको छ ।  नगरपालिकाले प्रत्येक बर्षिक योजनामा आशेपुल निर्माणको लागि पहल गर्ने  गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।   आकासेपुलको...

आँखै अगाडी डाईनोसर ! ! (भिडियो सहित)

Image
कृष्ण खनाल बुटवल, ८ पुस ।  बुधवार बुटवलको कालिका उमावि कक्षा ८ मा पढ्दै गरेका अनिस क्षेत्री बुटवलमा सुरु भएको मेलामा पुगे ।  करोडौं बर्ष  पहिला पृथिवीबाट लोप भएको डाईनोसर राखिएको छ,भन्ने प्रचार सुनेका उनी सिधैउक्त स्थानमा गए । टिकट काटेर डाईनोसर राखिएको स्थानमा प्रवेश गरेका उनले अचम्मीत हुदै भने–‘यस्तो पो हुदो रहेछ डाईनोसर ।’ सुनको र  किताबमा बढेको आधारमा अनुमन लगाउदै गएका उनले भिन्दै अनुभव गरेको प्रतिक्रिया दिए । उनले भने–‘घर भन्दा ठुलो हुन्छ डाईनोसर भन्ने सुनेका थियौँ ।’  अहिले  बुटवलमा जारी मेलामा युर्निर्भसल एमेन्मेन्ट प्रालिले डाईनोसर जस्तै देखिने गरी ईलेक्टोनिक्स प्रतिमा बनाएको छ । डाईनोसर जस्तै देखिने गरी  ईन्जीनियरिङ्गका व्याक्तिहरुले बनाएको हेर्नको लागि दर्शकहरुको घुईचो लागेको छ । नेपालमा नै पहिलो पटक प्रर्दशनीमा राखिएको उक्त दृश्य साच्चै वास्तविक जस्तै बनाइएको छ । विज्ञान प्रविधि मार्फत सेन्सर प्रयोग गरी निर्माण गरिएको उक्त डाईनोसरको आकृती निर्माण गरिएको छ ।