राहात आयो राहात गयो - गोर्खा स्थलगत रिर्पोटिङ्ग
कृष्ण खनाल बैशाख-२६, ताप्ले(गोर्खा) । गोरखा सदरमुकाम देखि ४३.६५ किलोमिटर उत्तरमा रहेको ताप्ले गाविसी नेवार गाउँकी ३५ बर्षिय लालमी श्रेष्ठको घर भुकम्पको कारण जरै देखि उप्कीएको छ । २ जना छोराछोरी सानै रहेका कारण उनी गाउँदेखि माटरबाटोमा झर्नको लागि करिव १ घण्टा लाग्छ । लालमी श्रेष्ठले अहिले सम्म राहतको नाममा पाएको भनेको, चिउरा ४ किलो, ७ पोका चाउचाउ, १ वटा त्रिपाल मात्र हो । उनको गाउको लागि भनेर अहिले सम्म दर्जान भन्दा बढि व्याक्ति तथा संघ संस्थाहरुले राहत समग्री बाँडेर फर्किएका छन् । तर उनको पोल्टामा अहिले सम्म एक किलो चामल समेत परेको छैन । विहिवार बुटवलबाट गएको मुस्लिम समितिको राहात वितरण कार्यक्रममा सहभागी हुनको लागि पालमा नै छोराछोरी सुताएर आएकी उनी भन्छदैथिईन्–‘राहात कति आउछ आउछ तर हाम्लाई थाहा नै दिदैनन्, लुटेर टाढा बाठाहरुले लैजान्छन ।’ श्रीमान् बैदेशिक रोजगारमा रहेको छोराछोरी सानै भएको कारण भन्दा वित्तीकै १ घण्टाको बाटो हिडेर आउन नसक्ने उनी जस्ता कयौ बास्तविक पिडीतहरुले राहतको नाममा ‘रा’ सम्म पनि पाएका छैनन् गोर्खामा । राहात वितरण कार्यक्रम सदुर मुकाम र जहा स...