फुलवारीमा दैनिक ५ हजार पर्यटक
कृष्ण खनाल बुटवल, १६ कार्तिक यस क्षेत्रको प्रमुख आन्तरिक पर्यटक आउने स्थान, मणिमुकुन्द सेन उद्यान ‘फुलवारी’ मा पर्यटक आउने क्रम बढेको छ । पर्यटकहरु आउने सिजनको रुपमा समेत र हेको यो मौसममा दैनिक ४ देखि ५ हजार सम्म पर्यटकहरु आउने गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका व्यवस्थापक विक्रम बस्यालले जानकारी दिए । उनका अनुसार अव फुलबारीमा आउने पर्यटकको संख्या विस्तारै बढ्नेछ । दसैं तिहार पछिको समय आन्तरिक पर्यटक बढि मात्रामा आउने गर्दछन् । तिहारको पिकनिको लागि पनि आन्तरिक पर्यटकहरु फुलवारी आउने गर्दछन् । व्यवस्थापक बस्यालले भने–‘यो सिजन भनेको आन्तरिक पर्यटक बढि मात्रामा आउने सिजन हो, अवको केही महिना यहा भिडभाड हुन्छ ।’ खासगरी विद्यालय विदाको समय पारेर छिमेकी मुलक भारतबाट समेत पर्यटकहरु आउने गर्दैछन् । आईतबार भारतको युपि, गुजरात तथा महराष्ट्रका करिव १ दर्जन विद्यालयका विद्यार्थीहरु समेत उद्यानमा आएका थिए । त्यस्तै पुर्वको हेटौैडा देखि लिएर पश्चिमको नेपालगञ्ज सम्मका उच्च माविका विद्यार्थीहरु समेत उद्यानमा आएका थिए । पछिल्लो समयमा उद्यानमा ...