डेढ अर्व खर्चमा बन्ने भयो नेपालकै नमुना सडक


कृष्ण खनाल
बुटवल, मंसिर ।
विचमा नहर, छेऊ छाऊमा फोरलेन पक्की सडक,नहर छउमै हरियाली वातावरण, मंगलबार  पुर्व अर्थमन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु प्रसाद पौडेलले शिलन्यास गरेको बुटवल वेलबास–बेथरी सडकको परिकल्पना हो यो । निर्माणको ठेक्का सम्झौता भएको यो सडक नेपालकै नमुना सडकको रुपमा विकास गर्ने गरी योजना बनाइएको छ । 
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आएका पर्यटकहरुलाई नहरको पानीमा  मोटरबोट तथा ढुङ्गामार्फत बुटवल बेलबास हुदै  पाल्पाको नुवाकोट सम्म पु¥याउने गरी दिर्घकालिन योजनाका साथ अगाडी बढाइएको यो सडकको समयमा नै सम्झौता अनुसार काम भए अवको तिन बर्षमा पुरा हुने छ । 
दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ ।

नेपालका अन्य स्थानमा यस्तो प्रकृतिको सडक निर्माण नभएको सन्र्दभमा नेपालकै नमुना सडकको रुपमा यो सडकलाई लिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी बताउछन् । 
नेपालकै नमुना सडकको रुपमा लिइएको बुटवल उपमहानगरपालिका–१४ बेलबास देखि बेथरी सम्म  पुग्ने २१. ३८ किलोमिटर सडक  यस्तो प्रकृतिको सडक हुनेछ । 
दुईवटा प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको यो सडकको पहिलो प्याकेज अन्र्तगत ११ किलोमिटर र दोस्रो प्याकेज अन्र्तगत १०.३८ किलोमिटर गरी कुल २१.३८ किलोमिटर सडक निर्माण हुने छ । 
पहिलो प्याकेज  अन्र्तगत ६० करोड ९१ लाख ९० हजार ३ सय  ८३ रुपैयाँ ७५ पैसा लगातमा सडक निर्माण पुरा हुने छ । जसको निर्माण ठेक्का बज्रगुरु कान्छाराम जेभि सानेपा काठमाण्डौले जिम्मा पाएको छ । 
आर्थिक बर्ष २०७२÷०७३ मा  सुरु भएको यो नमुना सडक योजनाको ठेक्का सम्झौता २०७३ असार ३० गते भएको छ । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनी भन्छन्–‘२०७६ साल साउन १४ गते पहिलो प्याकेजको सडकको निर्माण पुरा गर्नुपर्ने गरी ठेकेदार संग सम्झौता भएको हो ।’
उनले अहिले सम्म विचमा नहर र छेउ छाउमा पक्की सडक सहितको सडक निर्माण नभएको परिपक्ष्यमा यसलाई नमुना सडकको रुपमा लिन सकिने  डिभिजन प्रमुख मरासेनीको भनाई रहेको छ । 
यस्तै दोस्रो प्याकेज अन्र्तगत  ६८ करोड ६२ लाख ६९ हजार ३ सय १० रुपैयाँ ८३ पैसामा रामन–जेजीईसीसीएल जेभिले निर्माणको जिम्मा लिएको छ ।  उक्त प्याकेज अन्र्तगतको सडक १०.३८ किलोमिटर सडक २०७६ साउन १५ गते पुरा गर्ने गरी निर्माण कम्पनी संग सम्झौता गरिएको छ । 

नहरपुर–मोतिपुर–अमवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिनेछ । दुवैतिर सात÷सात मिटर फराकिला सडक र त्यसबाहिर पौने दुई मिटरको साइकल लेनसमेत बन्नेछ । नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइनेछ । दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउनेछन् ।
नहरमा बानीको मात्रा बढाई र लामो दूरीक ¥याफ्टिङ्गवा बोटिङ्गसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ । यो सडकलाई विमानस्थलसँग जोड्ने महŒवपूर्ण पूर्वाधारमध्येको नमूना पूर्वाधार बनाउन खोजिएको  पुर्व अर्थमन्त्री पौडेलले बताउछन् ।  यो सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसँग जोड्ने महत्त्वपूर्ण आयोजनाका रूपमा लिइएको छ । 
दुबै प्याकेजको खर्च कुल १ अर्ब २९ करोड ५४ लाख ५९ हजार ६ सय ९४ रुपैयाँ ६० पैसा लागत लाग्ने छ ।
पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल पुग्ने वा विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग निस्किने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक र व्यवस्थित सडकमध्ये महत्त्वपूर्ण सडकका रूपमा यसलाई लिइएको  छ । भविष्यमा यो सडकलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्ने लक्ष्य छ । लुम्बिनी आउने पर्यटक लुम्बिनीबाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमूना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।
शान्ती मार्गको सपना हुने भयो पुरा 
करिव आधा दशक पहिला देखि निर्माणको कुरा उठाइएको बुटवलको बेलाबस देखि पाल्पाको नुवाकोट हुदै झुम्सा सम्म जोड् शान्तीमार्गको सपना पुरा हुने भएको छ । मंगलबर  रुपन्देही क्षेत्र नम्बर ४ का संसाद तथा पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले  उक्त शान्तीमार्ग निर्माणको शिल्न्यास गरेपछि योजना पुरा हुनेमा यस क्षेत्रका स्थानियहरु विश्वक्त भएका छन् । 
बुटवल–बेलवास, नुवाकोट झुम्सा(शान्ती मार्ग)को महालक्ष्मी कन्र्टक्सन कम्पनीले निर्माणको ठेक्काको जिम्मा पाएको छ ।
 कुल १२ करोड ९३ लाख २२ हजार १ सय सत्ताईस रुपैयाँ ३७ पैसामा २०७५ साउन १५ गते पुरा गर्ने गरी सम्झौता गरिएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जीनियर जयलाल मरासेनीले जानकारी दिए ।  पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सडक समयमा नै पुरा गर्नको लागि कुनै पनि कसर बाँकी नराखिने  बताएका थिए । उनले भने–‘सडक निर्माणको लागि बजेट अभाव हुदैन, समयमा नै  पुरा गर्नको लागि  मेरो पहल जारी जहिले पनि सकारात्मक हुने छ  ।’
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ