विदेशको सीपले स्वदेशमा पशु फर्म

कृष्ण खनाल
बुटवल, मंसिर ।
रोजगारीको शिलशिलामा जापान मा करिव १८ बर्ष विताएका एक जना  उद्यमीले  स्वदेशमा फर्किएर पशु फर्म  स्थपना गरेका छन् । रोजगारीको  शिलशिलामा  जापानमा रहेको बेला त्यहाँ  सिकेको सिपलाई सदुपयोग गरि स्वदेशमा नै गाई तथा भैसी फर्म स्थापना ग
रेका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ नयाँमिलमा करिव १ करोडको लागतमा  उद्यमी राम बहादुर बस्नेत ले गाई भैसी फार्म सञ्चालन गरेका हुन ।  उनी संगै फर्ममा यमबहादुर थापाले समेत लगानी गरेका छन् । 
१ करोडको लागानी, भविश्यमा बायोप्लान्ट खोल्ने तयारी 
वि.सं. २०७२ साल माघ महिनाबाट सञ्चालनमा आएको भएपनि हालै मात्र औपचारिक रुपमा शुभारम्भ भएको बस्नेत गाई भैंसी फार्ममा अहिले गाई र भैसी गरी ५० वटा रहेका छन् । सञ्चालक बस्नेतले जापानमा काम गर्दाको अनुभवलाई लिएर फार्म सञ्चालन गरेको बताए । 
मुर्रा, हरियाणा, जातका भैसी र होल्टोन र जर्सि गाई समेत फममा रहेका छन् ।  ४० वटा उन्नत भैसी भारतबाट ल्याइएको हो छ । 
सञ्चालक बस्नेत भन्छन्–‘विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरौ भनेर फर्म स्थपाना गरेका हौं ।’ अहिले ६ जनाले प्रत्यक्ष रुपमा फर्ममा रोजगारी पाएको जानकारी दिदै उनले दैनिक २ सय लिटर दुध संकलन हुन र घरबाट नै विक्रि वितरण हुने गरेको जानकारी दिए ।

आफ्नै जग्गामा रहेको फार्मका लागि आवश्यक घाँस जग्गा भाडामा लिएर घाँस खेती गर्दै आएका छन् । डेढ बिघा क्षेत्रफल रहेको फार्मले घाँस खेतीकै लागि ३ विघा भाडामा लिई खेती गर्दै आएको छ । 
निकट भविश्यमा बायोग्यास र डेरी खोल्ने योजना रहेको बताउदै सञ्चालक बस्नेतले डेरी उद्योग स्थापनाको लागि प्रक्रिया अगाडी बढिसकेको जानकारी दिए । उनले भने–‘अवको केही दिनमा नै डेरी उद्योगको लागि प्रक्रिया अगाडी बढ्ने छ ।’

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ