सन्र्दभः विश्व सौचालय दिवस सार्वजनिक सौचालय आमा समुहको कार्यालय !!

कृष्ण खनाल
 बुटवल, मंसिर । 

सार्वजनिक सौचालय सौचको लागि प्रयोग हुनुपर्ने हो, तर  बुटवलको पुरानो बस पार्कमा रहेको सार्वजनिक सौचालय मासु पसल हुदै अहिले टोल विकास समितिको कार्यालयमा परिणत भएको छ । बुटवल उपमहानगरपालिकामा सार्वजनिक सौचालयको अभाव भएको बेला पहिला प्रयोगमा आएको सार्वनजिक सौचालय अहिले अघोषित रुपमा टोल विकास संस्था र आमा समुहको ‘कब्जामा’ रहेको छ । 
केही बर्ष पहिलो बुटवल उपमहानगरपालिको संरक्षकत्वमा रहेको  बुटवल–८ पुरानो बसपार्कमा रहेको सार्वजनिक सौचालयमा केही समय पहिला मासु पसल सञ्चालन गरिएको थियो । अहिले मासु पसललाई हटाएर‘माईती टोल विकास संस्था र माईती टोल आमा समुहको काार्यलय स्थापना भएको छ । पुरानो सार्वजानिक सौचालयको ‘बोर्ड’ मेटाएर  टोल विकास समिति र आमा समुहको भवनको बोड राखिएको छ । तर बुटवल उपमहानगरपालिकाले भने चासो देखाएको छैन । 
करिव ३ बर्ष पहिला ११ लाख २५ हजार रुपैयाँ मा बुटवल–४मा रहेको मणिमुकुन्द सेन उद्यान  फुलबारीमा राखिएको घुम्ती सौचालय पुर्णरुपमा प्रयोगमा छैन । वि.स. २०६९ असार १४ गते सम्झौता गरी नगरपालिकाको ७ लाख ५० हजार र मणिमुकुन्द सेन उद्यान को ३ लाख ७५ हजार कुल ११ लाख २५ हजार रुपैयाँको लगानीमा ल्याइएको उक्त घुम्ती शौचालय  अहिले नियमित रुपमा प्रयोग हँुदैन भने कहिलेकाही मेला महोत्व आयोजना हुँदा प्रयोग हुने गरेको भएपनि पुर्णरुपमा प्रयोगमा आएको छैन । 
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका व्यवस्थापक विक्रम बस्यालका अनुसार उक्त घुम्ती सौचालय मेला महोत्व हुँदा मात्र प्रयोग हुन्छ । उनले भने–‘हामीले एक दिनको १ हजार रुपैया लिएर, यस्तै मेला,महोत्सव लाग्दा दिने गरेका छौं तर नियमित रुपमा प्रयोग गरिएको छैन ।’ उनका अनुसार उक्त घुम्ती सौचालय सञ्चालनको  लागि त्यसैमा  ईन्जिन नजोडिएको कारणले ट्याक्टरको सहायताले हिडडुल गराउँदा समेत समस्या परेको  छ । 
घुम्ती सौचालयमा एकपटक ३ जना पुरुÈ र ३ जना महिला गरी कुल ६ जनाले एकै पटक शौच गर्न  सक्दछन् । 
यसरी यो सौचालय सञ्चालन गरे बापत उद्यानले  बुटवल नगरपालिकालाई बार्षिक २७ हजार रुपैयाँ रकम बुझाउनुपर्ने सम्झौता रहेको छ । उक्त शौचालयमा १८ सय लिटरको शौच संकलन हुने टंकि र २ हजार लिटर Ôमता भएको पानी टंकी रहेको छ ।
बुटवलका अधिकांस सार्वजनिक सौचालयको स्थिती विजोग रहेको छ । बुटवल र यस आसपासका विभिन्न क्षेत्रमा रहेका सार्वजनिक सौचालयहरु कतिपय भत्कीएर कामै नलाग्ने भएका छन्  भने केही मात्र सार्वजनिक सौचालयहरु ‘धुकधुकी’मा चलेका छन् । 
बुटवल–७ हाटबजार, बुटवल ११ नयाँ बसपार्क र बुटवल १२ राजमार्ग चौराहा रहेका  सौचालयको अवस्था दयनिय छ । दिसा गरेको १० र पिसाव गरेका ५ रुपैैँया लिएर  सञ्चालन गरिएको भए पनि उक्त सौचालय प्रयोग गर्नमा उपयुक्त छैन्न । 
पानिको अभाव र सरसफाईको अभावको कारणले गर्दा कुनै समय वाध्याताले सौचालय प्रयोग गर्नुपरेमा उल्टै प्रयोग कर्ता नै विरामी हुनुपर्ने अवस्था आउन सक्छ । 
वडा नं ४ को मैनाबगर, ७ को हाटबजार,  राजमार्ग चौराहा ११ को नया बसपार्क, ९ को दीपनगर, १३ को देविनगर लगायतका स्थानमा गरि १० वटा सार्वजनिक शौचालय रहेपनि ६ वटामात्रै प्रयोगमा रहेका छन् । 
उता, बुटवल नगपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले बुटवल नगरपालिका खुला दिशा मुक्त घोषणा गरेसंगै सार्वजनिक सौचालयको अवस्था सुधारको लागि लागेको बताउँछन् । बरिष्ठ अधिकृत लुईटेलले भने–‘अहिले हामी यस क्षेत्रमा भएका सार्वजनिक सौचालयरु, पुर्न निर्माण तथा नयाँ स्थानमा  निर्माणको लागि प्रक्रिया सुरु गरिसकेका छौं ।’  

बुटवल वडा नम्बर–३ पारी बुटवलमा रहेको सौचालय पुरानो मात्र प्रयोगमा आएको छ । नयाँ सौचालय निर्माण गरिएको भएपनि त्यसमा भोटे ताल्चा लागेको छ । ३ वटा नयाँ सौचालय निर्माण भएको भएपनि  अहिले सम्म प्रयोगमा नआएको स्थानिय बताउछन् ।

तस्वीरः 
बुटवलको पुरानो बसपार्कमा रहेको सार्वजनिक सौचालय जुन अहिले आमा समुह र विकास समितिको कार्यालय स्थापना गरिएको छ ।  तस्वीरः कृष्ण खनाल÷बुटवल टुडे । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

१० करोडको विपद् कोष लुम्बिनी प्रदेश सरकारलाई सिरानी