प्रदेशिको पैसा कुम्लाउने पक्राउ

कृष्ण खनाल 
बुटवल, १९ साउन । 
युनाईटेड अरव अफ ईमरेष्ट युइएईका प्रवासी नेपालीहरुबाट  १० लाख दिराम (झण्डै तीन करोड रकम) उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलबाट पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं हनुमान ढोकामा परेको उजुरीको आधारमा उनलाई बुटवलबाट पक्राउ गरी  काठमाण्डौ पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) महेन्द्र खड्काले जानकारी दिए । उनले भने–‘हनुमान ढोकाबाट उस्लाई पक्राउ गर्नुभन्ने आदेश आएको थियो हामीले पक्राउ गरेर काठमाण्डौ पठाएका छौं ।’ भण्डारीलाई मंगलवार साँझ बुटवलको ट्राफिक चौकबाट  ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 
भण्डारीले युएईमा थुप्रै नेपालीको लाखौं रकम उठाएर भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजि गरिरहेको थियो । भण्डारीले आफूहरुसँग लाखौं रकम लिएर भागेको भन्दै पीडितहरुले उजुरी हालेका थिए । गुल्मी सेवा समाज, युएईका अध्यक्ष र लुम्विनि वेलफेयर सोसाइटीका उपाध्यक्षका रुपमा सामाजिक अभियन्ताको परिचय बनाएका भण्डारीले रकम उठाएर सम्पर्क विहिन भएपछि उनको खोजि सुरु गरिएको थियो । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि बुधवार विहान काठमाडौं पठाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । 
युईएमा रहेका  छविलाल पन्थसंग ‘परिवारको सदस्य जस्तै बनेर बस्ने र खाने गरेका भण्डारीले नेपाल उडेपछि पैसा लिएका व्याक्तिसं सम्पर्कमा आएका थिएनन् । अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिराम(४२ लाख) लिएर फरार भएको भन्दै न्यायको लागि उजुरी दिएकी थिईन् ।

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ