अव घोडा र डोली चढेर विहे गर्ने दिन आउलान् र ?

जीवनका रङ्गहरु
हिरा प्रसाद श्रेष्ठ
मेरो जन्म २०००  साउन १५ गते पाल्पाको भैरवस्थान गाविसमा भएको हो । बुटवलमा वि.स.२०17 सालामा झरियो ।  बुटवलमा मेरो दाई आउनुभएको थियो । बुटवलामा आएपनि मैले किराना दोकान खोले । २०१७ सालमा जनता विद्यालयबाट प्रवेशिका परिक्षा दिएर बुटवल आएका  थिए । २०१७ सालमा मैले प्रवेशिका परिक्षा दिदाँ जनता उच्च मावि को तेस्रो व्याच थियौं ।  म  बुटवल आएपछि  फटकर व्वयवसाय गरे । बुटवलमा जमघट धेरै थियो । पछि मैले २०३० साल देखि पशुपती  विस्कुट विराटनगरको डिलर लिएर काम गर्न थाले । 

बाल्यकालमा भैरव जनता विद्यालयमा मैले पढेको हु । मुस्ठी दान उठाएर घर घरघमा गएर विद्यालयमा यसरी पढियो । वि.स.२०१२ सालबाट मैले ७ कक्षाबट जेभिटिमा पढे । मैले एसएलसी दिएपछि हालको बाणिज्य क्याम्पस कान्ती स्कुलमा लुम्बिनी बाणिज्य ्रक्याम्पस भनेर खोलेको  थियौं । त्यहा भर्ना भएर केही महिना बढे । मोदनाथ प्रश्रित हुनुहुन्थ्यो त्यहा । 
बाल्यकालमा २०००७ सालको क्रान्तिको विषायमा केही याद छ । हामी विद्यालयबाट प नि सहभागीता भएको थिए । त्यतिबेला पहाडबाट आउने स्थानियहरु समुहगतरुपमा किन्न आउने चलन थियो । त्यतिबेला बाढि, पहिरोको क्रास दिएन । एकै गाउका गुप्रु गुप्र भएर आउथे । दैनिक उपभोग्य सामानहरु  नुन मट्टिीलतेलको व्यापार हुन्थ्यो । 
वि.स.२्र०२० सालमा मैले स्याङ्यामा माग विवाह गरे । त्यसतिबेला हामी दुलहिलार्य लिन  जाँदा    घोडा  चढेर गएको थियो । विवाहको बेला घोडा मा चढेर दुलाहा दुलाई जाने र आउने प्रचलन थियो । कसैले तामगाम(डोली)मा वुहारी ल्याने परिपाटी छ । 
मेरो अहिले २ वटा छोरा  । सुरेन्द्र श्रेष्ठ र देबेन्द्र श्रेष्ठ रहेको छन् । नेपालको ईतिहासमा बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचन हुने बाबु र छोरा पहिलो पटक हो जस्तो मलाई लाग्छ । छोरा सुरेन्द्र कुमार श्रेष्ठ पनि उद्योग बाणिज्य संको अध्यक्ष भयो भने म पनि दुई पटक सम्म अध्यक्ष बने । म वि.स.४५    सालमा एक पटक ३ बर्ष र अर्कोपटक २ बर्षे कार्याशालमा चुनाव  नै लडेर अध्यक्ष बनेको हु ।  वि.स.२०२५ साल देखि उद्योग बाणिज्य संघमा  लागेको म पहिला सचिव, कोषाध्यक्ष हुदै अध्यक्षमा जितेको थिए  । 

 लोकदोहोरीको  क्षेत्रमा पनि मेरो विशेष झुकाव रहेको छ । नेपालको ईतिहासमा पहिलो पटक बुटवल नगररपालिकाले पहिलो लोक दोहोरी गीतको प्रतिस्पर्धा गराएको थियो । बुटवल लले लोक दोहोरी गीतको उत्थानको लागि  विशेष भुमिका खेलेको छ । त्यतिबेला लोक दोहोरी गीतमा लागेका मान्छेहरुलाई टाठाबाठा धनीहरुले ‘यी झाम्रैहरु हुन’ भन्दै होच्याउने समेत  गर्दथे । अहिलेको जस्तो सोच थिएन् । लोक दोहोरीको क्षेत्रमा सोच गाजृत गराने परिपाटी थिएन । म लोक दोहोरी प्रतिस्ठानको आजिवन सदस्य तथा सल्लाहकारको रुपमा रहेर काम गरेको छु । हामी अहिलेको गीत गाउने शैलीमा  फरक थियो । एक तर्फमाट पछिल्लो शब्दले मात्र जवाफ फार्कउने चलन थियो । जस्तै पारी बन पालेमा ठुलो रुख त साझै हो, भेटभएको आजै हो । भनिन्थो । पहिला  टुक्का पनि खासै  नमिलेको जस्तो पनि हुँन्थो । पहिला लोक दोहोरीमा हामीले विउ रोपेर अगाडी बढाइएयो । हा म्रो संस्कृती पाखा पखेरा, कन्दरामा दुख विसाउने लोक दोहोरी गीत हो । धेरै दुख आयो भने कसैलाई भनिदिनु, या रोईदिनु या कुनै ठुलो जंगलको विचमा गएर गीत गाएर मनको बह  पोख्ने गरिन्थ्यो । पहिलाको गीतको तुलनामा पक्कै पनि प्रगति भएको छ । हाम्रो श्वर भाषा विर्सीर कता कता पश्चिमा संस्कृतीको सिरोधारणा गर्ने चलन बढ्दै गएको छ । त्यसो गर्नु भएन, हाम्रो परम्परा , सस्कृतीलाई ख्यालमा राखेर अगाडी बढनु पर्दछ । 

म बुटवलमा  रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध छु । बुटवलमा रहेको बलेश्वरधाम केरवानी धर्मशालाको संस्थापक अध्यक्ष हुँ, यस्तै लायन्स, लियो, रोटरी क्लव सबैमा आवद्ध छु । राधा कृष्ण अमरकृतन मन्दिरमा २२ बर्ष सम्म अध्यक्ष भएर काम गरेको छु । उद्योगा बाणिज्य संघको अध्यक्षमा हुँदा बुटवल अञ्चल अस्पताल भित्र मेरो कार्याकालमा प्रसुती गृह निर्माण गरेका हुँ । 

विर्सन नसक्ने क्षण । म तानेशनमा पढ्दा खेरी म्यालधारमा एउटा पोखरी थियो । त्यतिबेला एक मोहरमा टीन पाईन्थो । त्यति टिन किनेर  शरिरमा बाधेर म पोखरीमा पसे । तर पोखरीमा पस्नसाथ मेरो बाधेको रशी छिनेछ । त्यतिबेलाको दुई मिनेट जतीमा महिले मानिस मर्ने बेलामा के के सोच्छ, भन्ने किसिमको अनुभव पाएको छु । साथीहरुले हातको औला देखेर मलाई त्यहाबाट निकालेछन् । तर भाग्यले म बाच्न सफल भए । पानी टिनमा पेसेको थिएन, टिन माथि भयो कम्बरमा बाँधेको रसि छुटेछ । उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा मैले प्रसुती गृह बनाउदा धेरै मिहिनेत गर्नुपरेको थियो । 

पुरस्कार सम्मानको कुरा गर्दा पञ्चायतको समयमा गोर्खा दणिक्षबाहु दिएको थियो । मैले प्रशुती गृह बनाएकै कारणले गर्दा मलाई दिएको थियो । समाजिका क्षेत्रमा काम गर्दा पाईने सम्मान धेरै छन् । अहिले म सिद्धार्थ गौतम बुद्ध क्याम्पसको अध्यक्ष पनि छु  । ब्रहाकुमारी ऐश्वरीय विश्व विद्यालयको भवन निर्माण संमितिको संयोजक छु । बुटवल उपमानगरपालिकाले पहिलो पटक नेपालमा  शौय उर्जाबाट सडक उज्जायलो बनाउने काम गरेको छ । त्यसको पनि संयोजकको रुपमा रहेर काम गरेको छ ु ।  
मेरो अहिलेको दिनचर्या समयको अभाव रहेको छ की जस्तो लाग्छ । म विहान करिव साढे ४, ५ बजे उठ्छु । म पहिला व्याम गर्दथे । अहिले विहान उठेपछि विहान कालिकानगरमा गएर पशुपालन गरिएको छ । त्यहा गएर गाई दुहुने घरमा ल्याउने का गर्दछु । ताजा दुध खान पाईन्छ । 

म सानोमा पाल्पाको जनता माविलाई सरकारको स्वीकृत थिएन, हामी पाल्पामा जात्रा, महोत्सव आयोजना गर्दा नाटक आयोजना गर्दथ्यो । हामीले नाटक देखाएकै कारण तत्कालिन शिक्षा मन्त्री कृतिनिधि विष्टले म अध्यन गर्ने जनता विद्यालयलाई स्वीकृती प्रदान गरेका थिए । पाल्पा भैरवस्थानमा बोलाएर विद्यालयलाई स्वीकृत प्रदान गरेका हुन ।  म कक्षामा जहिले पनि प्रथम, दोस्रो भए ।  शिक्षा राम्रो थियो । प्रवेशिका पछि म उच्च शिक्षा पढ्न पाईन्। विचमै छोड्नुप¥यो, व्यवसायको कारणले । 
सरकारी जागिरमा कुनै पनि चोसो भएन । भैरव जनता माविमा तीन महिना जती भोलिन्टरको रुपमा शिक्षण पेशा गरेको छु । 
अव मलाई कसैले जिम्मा दिन्छ भने नामाको लागि मात्र होईन की काम फत्ते गर्नुपर्दछ भन्ने मेरो मान्ययता छ । ईमान जामान भन्ने कुरा महत्वूर्ण हो । यसलाई आत्मसाथ गर्दैै आगाडी बढेको छु । ‘हिरा दाई, बोलेपछि काम फत्तै गर्छ’ भन्ने छाप पार्न सफल भएको छुु ।  अहिले सामाजिक क्षेत्रमा, सामाजको उत्थानको लागि कुनै पनि बेला, आफ्नो बुद्धि विकेकले  र स्वाथ्यले भ्याए सम्म उपस्थिती हुनेछु । 
काम गर्ने हो फलको आस गर्ने होईन, भावि सम्पतीलाई म के भन्न चाहान्छु भने कसैको ललाची भावना राख्नु हुदैन । काम गर्ने हो एक दिन फल अवश्यक पनि आउछ । अनि मात्र देश बन्छ । 


Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ