कृषि प्रविधीमा फड्को मार्दै रुपन्देही

कृष्ण खनाल
बुटवल, २० साउन । 
 केही बर्ष पहिला खेत जोत्नको लागि गोरु, राँगा तथा पाडाको प्रयोग गर्दथे ।  तर अहिले भने किसानहरुले आफ्नो कृषिलाई व्यवसायीकरण संगै यान्त्रीकरण समेत गर्दै लगेका छन् । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट आर्थिक बर्ष २०७१÷०७२ मा ७ वटा पावर टेलर मेसिन वितरण भएको छ । जुन अनुदानको रुपमा उपलब्ध गराइएको हो ।  त्यस्तै सोही अवधीमा रोटाभेटर मेसिन, थे्रेसर मेसिन, सिड ड्रिल  मेसिन, रिपर मेसिन, धान दाउने थ्रेसर मेसिन समेत १÷१ वटा किसानले सहुलियतमा  लगेका छन् । 

यो केही उदाहरण मात्र हो ।  यसरी अनुदानको रुपमा विभिन्न यान्त्रहरु किसानले लैजाने क्रममा रुपन्देही प्रत्येक बर्ष जसो जारी रहन्छ । सिंचाहीको लागि यान्त्रीक ट्युवेल होस वा खेत  जोत्नको लागि पावर टेलर समेत किसानहरुले अनुदानको रुपमा जिल्ला कृषि विकास कार्यालयबाट लैजाने गरेका छन् भने आफै समेत खरिद गर्ने गरेका छन् । 

जिल्ला कृषि विकास कार्यलय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारीले अनुदानमा विभिन्न यान्त्रीकरण कृषि औजारको लागि बर्षेनै सयौ संख्यामा निवेदन पर्ने गरेका छन् । उनी भन्छन्–‘हामी बास्तविक किसानहरुलाई समेटर कृषी जन्य औजार र यन्त्र  सहुलियतमा प्रदानग गर्दैै आएका छौं ।’
यस्तै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले कृषि यन्त्र पावर टिलर अनुदानमा प्राप्तिका लागि कृषि ईन्जिनियरिङ्क निर्देशनालयमा ७० जना किसानहरुलाई सिफारिस गरेको छ ।  जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत जय बहादुर महत्राका अनुसार यसरी सिफारिस  गरिएको  कृषि यन्त्रहरुमा पावेर टेलर, एन्टी सिक्ट व्हील  सिफारिस गरिएको हो । 
आर्थिक बर्ष २०७१÷०७२ मा साना सिंचाई, सहकारी खेती तथा मल वीउ ढुवानी कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले ८७ जना किसानहरुलाई पम्सेट, बोरिङ्ग, मोटर डेलीभरी, ढिकी पम्प समेत वितरण गरिएको हो ।  किसानहरुले स्वतस्फुर्त रुपमा कृषिमा प्रयोग हुने विभिन्न यन्त्रहरु प्रयोग गर्र्दै आएका छन् । 

Popular posts from this blog

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

कालिका उच्च माविको ५४ औं बार्षिक उत्सव, नेपालमै नमुना विद्यालय बन्न सुझाव

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ